माओवादी केन्द्र गुल्मीको संयोजकमा युवराज केसी

0
277

भदौ २,२०८० गुल्मीः नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज केसीलाई तोकिएको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले उनलाई संयोजक तोकेको हो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका केसी नेकपा माओवादी केन्द्रमा बौद्धिक नेताका रुपमा परिचित छन् ।

 

साउन ३० गते दाङको देउखुरीमा बसेको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले उनी सहित ४ जनालाई संयोजक तोकेको हो । यस भन्दा पहिले नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा बुद्धि जिसी थिए । उनी प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएर जिल्ला बाहिर बस्नु पर्ने भएपछि केसीलाई संयोजक तोकिएको हो ।

 

केशी जिम्मेवारी तोकिएर आए पछि संगठनलाई थप सुदृढीकरण गर्ने बताए ।

SHARE