गुल्मीमा घाँस झार्ने क्रममा रुखबाट लडेर कुमाल गम्भीर घाइते

0
213

साउन २७,२०८० गुल्मीः गुल्मीमा शनिबार रुखबाट लडेर एक जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको इश्मा गाउँपालिका वडा नम्वर ६ बुल्मका ३० वर्षीय गोरे कुमालले आफनै बारीमा रहेको टुनीको रुखबाट घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

घाइते कुमालको गुल्मी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि पाल्पा पठाइएको पाण्डेले बताए ।
कुमालको चिउँडो र शरिरको भित्री भागमा चोट लागेको छ भने कुमाल बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

SHARE