
साउन २६,२०८० मकवानपुर :मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परी मृत्यु भएको छ । जाजरकोट जिल्लाको शिवालय गाउँपालिका ८ घरभएका कृतिबहादुर नेपालीको पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
भैँसे बजारबाट हेटौँडा बजारतर्फ मोटरसाइकलमा प्रहरी जवान नेपाली र सुनिल मेचे आउँदै गर्दा बिहीबार राति त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित हेटौँडा–भैँसे सडक खण्डको बुलबुलेमा माथिबाट पहिरो खस्दा उनीहरु घाइते भएका थिए ।

घाइते प्रहरी जवान नेपालीको हेटौँडा उपचारको क्रममा मृत्यु भएको हो छ भने अर्का घाइते प्रहरी जवानको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।






