Saturday, June 6, 2026

पुल्चोक कप २०८० को उपाधि रिडर्स पब्लिक हाई स्कुललाई

0

असोज १३,२०८०गुल्मी : गुल्मीको तम्घासमा संचालन भएको पुल्चोक कप २०८० को उपाधि रिडर्स पब्लिक हाई स्कुलले जितेको छ । गत चार दिनदेखि चलिरहेको पुल्चोक कप छात्रा फुटबल को फाइनल खेलमा महेन्द्र नमुना माध्यमिक विद्यालयलाई ४(० गोल अन्तरले रिडर्स पब्लिक हाई स्कुलले पराजित गरेको हो ।

कक्षा १० सम्मका ११ विद्यालय सहभागी खेलमा सेमिफाइनल चरणमा सिद्धबाबा माध्यमिक विद्यालय र रिडर्स पब्लिक हाई स्कुल खेलेका थिए । जसमा पेनाल्टी सुट आउटमा ४(१ गोल अन्तरले रिडर्स पब्लिक हाई स्कुलले फाइनल खेलको लागि पक्का गरेको थियो । त्यस्तै सेमिफाइनल चरणमा महेन्द्र नमुना माध्यमिक विद्यालय र अर्जुन आवसीय इङलिस बोर्डिङ स्कुल खेलेका थिए । उक्त खेलको पेनाल्टी सुट आउटमा ६(५ गोल अन्तरले महेन्द्र नमुना माध्यमिक विद्यालयले अर्जुन बोर्डिङ स्कुललाई पराजित गरेको थियो ।

 

त्यसपछि, पुल्चोक कप २०८० को फाइनलमा महेन्द्र नमुना माध्यमिक विद्यालय र रिडर्स पब्लिक हाई स्कुलले फाइनल खेलको लागि पक्का गरेका थिए । फाइनल खेलमा रिडर्स पब्लिक हाई स्कुलले महेन्द्र नमुना माध्यमिक विद्यालयलाई फराकिलो अन्तरमा आफूलाई पुल्चोक कप २०८० को उपाधि हासिल गराएको हो ।

पुल्चोक कप २०८० को बिजेता रिडर्स पब्लिक हाई स्कुलले नगद ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता महेन्द्र नमुना माध्यमिक विद्यालयले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

जिल्ला समन्वय समिति गुल्मीको सातौं जिल्ला सभा सम्पन्न

0

अनिल खत्री
असोज १४,२०८० गुल्मी : जिल्ला समन्वय समिति गुल्मी सातौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा सम्पन्न सभामा वार्षिक समिक्षासँगै आगामी दिनमा गरिने विभिन्न नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा निमित्त जिल्ला समन्वय अधिकारी सृजना मिश्रले जिल्ला समन्वय समितिले गुल्मीले गरेका कामहरु र स्थानीय तहबाट सम्पादन भएका बिभिन्न कार्यहरुको जानकारी प्रस्तुत गरेकी थिइन् । त्यस्तै सभामा सभाअध्यक्ष जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले आगामी दिनमा गरिने नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

प्रस्तुत नीति कार्यक्रममा सभा सदस्यहरुले केहि विषयहरुमा सम्शोधन सहित पारित गर्न सुझाव दिएका थिए । पहिलो पटक जिल्लाका स्थानीय तहबाट भएका कार्यहरुको जानकारी दिनेगरि समन्वय समितिले सुरुवात गरेको छ ।

स्थानीय तहमा विभिन्न जानकारीहरु लिनका लागि ठाउँठाउमा जानकारी लिनुपर्ने बाध्यताको अत्य यसपटकबाट जिल्ला समन्वय समितिले गरेको छ । स्थानीय तहबाट कार्यसम्पादन भएका १ दर्जन बढि कार्यहरुको जानकारी जिल्ला समन्वय समितिले दिने गरि सुरुवात पनि गरेको छ।

सभाले गुल्मी जिल्ला अस्पतालमा रिक्त रहेको कार्यालय प्रमुखसँगै डक्टरहरुको पदपूर्तिका लागि संघिए सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । कार्यक्रम कटौती भएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लाई सुचारु गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु सबै स्थानीय तहले पर्याप्त मात्रामा प्रचारप्रसार गरेर धेरै भन्दा धेरै पर्यटक भित्राउन पहल गर्ने निर्णय समेत भएको छ । सभामा गुल्मी अस्पतालाई नागरिकको अस्पताल बनाउन रिक्त दरबन्दीका डक्टरहरुको पदपूर्ति गर्नमा बिशेष छलफल गरिएको थियो ।

गुल्मी अस्पतालाई नागरिक मैत्री अस्पताल बनाउन सबै स्थानीय तहले हरेक हिसाबले सहयोग गर्न सकिने सभा सदस्य स्थानीय तहका प्रमुखहरुको भनाइ थियो ।

गुल्मीमा प्रथम ऐतिहासिक महोत्सव हुँदै

0

असोज १३,२०८० गुल्मी : गुल्मी चिनाउनका कार्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीको ऐतिहासिक प्रथम महोत्सव संचालन हुन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

गुल्मीको समग्र पहिचानका लागि यसपटक उपल्लो तम्घासमा महोत्सव हुँदैछ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ९ तम्घासस्थान मन्दिर नजिकै गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

दशै र तिहारको बीचमा बिदामा गुल्मी आउनेहरूको लागि मौका पारेर गुल्मी चिनाउनका कार्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीको ऐतिहासिक प्रथम महोत्सव संचालन हुन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

रेसुंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले तम्घासस्थान मन्दिरबाटै तम्घासको नाम रहेकोले र मन्दिरमा सफल दाम्पत्य जीवनको लागि भाकल चढाउने भएकोले यो महोत्सव निकै महत्त्वपूर्ण रहेको उनले बताए । उनले दशै र तिहारको बीचमा गुल्मी आउनेहरूको लागि अवसर पारेर समग्र गुल्मेली र अर्घाखाँचीबाट दर्शक भित्र्याउने गरी महोत्सवमा सहजीकरण हुने बताएका छन् ।

मालिका पहिरोको जोखिममा

0
फाइल फोटो

असोज १२,२०८० म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–४ महभिरको बस्ती पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुुई वटा घर भत्किनुुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुुगेको छ । वडासदस्य गर्वे गुुरुङले काले कामी र तुलबहादुुर घर्तीको घर भत्किएको र १३ घर जोखिममा परेको जानकारी दिनुुभयो ।

“पहाडको फेदीबाट सुुरु भएको दुुई वटा पहिरो फेदीमा रहेको रितुुङखोला सम्म पुुगेको छ”, उहाँले भन्नुुभयो, “ट्याङ्की, मुुहान र पाइपलाइनमा क्षति पुुगेकाले २५ घरधुरीले प्रयोग गर्ने खानेपानी आयोजना अवरुद्ध भएको छ ।”

फूलबारी–महभिर–च्युरीबोट सडक अवरुद्ध भएको छ । पहिरोले गाउँको बिचमा ठूलाठूुला खोल्सी बनाएको छ । खोल्सा छेउछाउको जमिन चिरा चिरा भएको छ । दुुई सय रोपनी भन्दा बढी खेतीयोग्य जमिनमा पनि पहिरोले क्षति गरेको छ ।

गत बुुधबार राति आएको पहिरोले तुुलबहादुरको गोठमा रहेका एक वटा राँगो र एक वटा गोरु मरेका थिए । “हामी त्यो दिन घरमा नभएकाले पहिरोबाट बचियो”, तुलबहादुुर भन्नुुभयो, “११ जनाको परिवार आफन्तकोमा आश्रय लिएर बसेका छौ ।”

काले कामीले पहिरोले पुुरिएकोबाहेक अर्को ठाउँमा रहेको घडेरीमा पनि पहिरोको जोखिम भएकाले कहाँ बस्ने भन्ने चिन्ताले सताएको बताउनुुभयो । पूर्णदेवी घर्र्ती, सहबहादुुर घर्र्ती, सहबहादुुर सुुनार, लालबहादुुर कामी, तिलक कामी, गोेरे कामी, पोविसरा सुुनार, वीरबहादुुर कामी, मुक्तिराम सुुनार, कुुलप्रसाद घर्ती, भीमप्रसाद सुुनार, रहमन घर्ती र कुुमारी घर्तीको घर जोखिममा रहेका वडासदस्य गुुरुङले बताउनुुभयो ।

सो ठाउँमा गत हिउँदमा पनि सुुक्खा पहिरो खसेर एक वटा घरमा क्षति गरेको थियो । पहिरो प्रभावित क्षेत्रको बिहीबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले निरिक्षण गर्नुुभएको थियो ।

“पहिरोबाट घरवास गुुमाएकालाई जिल्ला प्रशासन कार्यालय मार्फत राहतको व्यवस्था हुुन्छ”, उहाँले भन्नुुभयो, “घर पुुनःनिर्माणका लागि तिनै तहका सरकारको साझेदारीमा रु पाँच लाखका दरले अनुुदान उपलब्ध गराउने व्यवस्था भएकाले सोहीअनुुसार सहयोग गर्छौं ।”

तत्कालीनरुपमा खानेपानी आपूर्ति र सडक मर्मत तथा पहिरोबाट थप क्षति हुुन दिने र दीर्घकालीन रुपमा पहिरो नियन्त्रण तथा बस्ती संरक्षण अथवा स्थानान्तरणको योजना कार्यान्वयन गरिने उहाँले बताउनुुभयो । रासस

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीको कार्यक्रम सार्वजनिक

0

असोज ११,२०८० गुल्मी :भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले चालु आर्थिक वर्षका कर्यक्रम सार्वजनिक गरेको छ ।

कार्यालयले एक कार्यक्रमका बीच आर्थिक वर्ष २०८०।०८१ मा कार्यालयबाट संचालन हुने कार्यक्रम सार्वजनिक गरेको हो । कार्यालयका प्रमुख हुमकान्त पाण्डेयले यस आर्थिक वर्षमा चार करोड ९६ लाख ५८ हजार रुपियाँको कार्यक्रम सार्वजनिक गरेका थिए ।

कार्यक्रममा खाद्य तथा पोषण सुरक्षा ,स्मार्ट कृषि गाउँ ,मत्स्य विकास तथा प्रवद्र्धन ,पशुपन्छी स्रोत प्रविधि सेवा,पशुस्वास्थ्य नियमन र पशुसेवा विभाग सशर्त अनुदान जस्ता कार्यक्रमहरु रहेको पाण्डेयले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीराज भुसालले कार्यालयको कार्यक्रम र थप बजेटको ब्यबस्था गर्न आफूले पहल गर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्ण खत्री, रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, अन्य स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षहरु, स्थानीय तहका पशुसेवा शाखाका प्रमुख तथा प्रतिनिधिहरु, कृषक तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

 

गुल्मीमा दुई सय कुुकुरमा रेविज विरुद्धको खोप,एक सय १९ मा स्थायी बन्ध्याकरण

0
कुकुरलाई रेविज विरुद्धको खोप लगाउँदै । तस्बिर :तिलाचन पाण्डे

असोज ११,२०८० गुल्मीः गुल्मीमा दुई सय कुकुरमा रेविज विरुद्धको निशुल्क खोप लगाइएको छ ।

एकको लागि सबै र सबैका लागि एक स्वास्थ्य भन्ने नाराका साथ असोज ६ देखी ११ गतेसम्म साताब्यापी रुपमा चलेको अभियानमा ६० र चालु आर्थिक वर्षमा एक सय ४० गरी कूल दुई सय कुकुरमा रेविज विरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका सूचना अधिकारी मदन भण्डारीले जानकारी दिए ।

साताब्यापी रुपमा चलेको अभियानमा दूई वटा बिद्यालयमा जनचेतना स्वरुप कक्षा संचालन, पम्प्लेट वितरण र जिल्ला प्रशासनको गेट अगाडी जनचेतनामूलक ब्यानर राखिएको भण्डारीले बताए ।
रेविज रोगबाट बच्न छाडा कुकुरहरुको ब्यबस्थापन संगै बन्ध्याकरण , जनचेतना र खोप नै मुख्य रहेको भण्डारीको दाबी छ ।

गत वर्ष कार्यालयको तर्फबाट चार सय ५७ कुुकुरमा रेविज विरुद्धको खोप लगाइएको थियो । सदरमुकाम तम्घासमा भुस्याहा कुकुरको सङख्यामा वृद्धि भएपछि रेसुङगा नगरपालिकामा ६९ र रुरुक्षेत्र गाउँपालिकामा ५० गरी एक सय १९ कुकुरहरुमा स्थायी बन्ध्याकरण गरिएको कार्यालयले जनाएको छ ।

 

चार किलो सुनसहित ३ जना पक्राउ

0

असोज ११,२०८० काठमाडौं : दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ।

चीनबाट अवैध रूपमा ल्याएको चार किलो सुनसहित ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाले जानकारी दिइन्।

‘बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित ३ जनालाई नियन्त्रण लिएको छ।प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने भएको छ ।

गत आइतबारदेखि चीनले रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ। तर यी नाकाबाट सुन तस्करी हुन नसक्ने स्थानीयले बताएका छन्। चीनले बन्दगरेको लप्ची नाकाबाटै सुन तस्करले भित्राएको हुन सक्ने प्रहरीको अनुमान छ।

बाँकेको नरैनापुर र खजुरा गाँउपालिकामा आज सार्वजनिक बिदा

0

असोज ११,२०८०बाँके : इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहु वलैहिवसल्मको जन्मजयन्ती (मोहम्मद डे)को अवसरमा बाँकेको नरैनापुर गाँउपालिकाले आज बिहीबार सार्वजनिक बिदा दिएको पालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिए ।

इस्लामिक महिना रविउलऔवलको १२ तारिकको बिहान हजरत पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्का मदिनामा भएको थियो । पैगम्बर मोहम्मदले आफ्नो जीवनको सम्पूर्ण लक्ष्य समाज सुधार र व्यावहारिक धर्मको प्रचारप्रसारमा केन्द्रित गरेका थिए ।

समाजमा रहेका रुढीवादी सोच, परंपरा, अन्धविश्वास र विकृतिहरूका विरुद्ध उनले संघर्ष गरेका थिए । नेपालसहित विश्वभरिका मुस्लिम समुदायले ‘मोहम्मद डे’ धुमधामका साथ मनाउने भएकाले नरैनापुर गाँउपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो ।

यस्तै खजुरा गाँउपालिकाले पनि मोहम्मद डे को अवसरका पालिका भित्र सार्वजानिक बिदा दिएको पालिका अध्यक्ष डम्मर विक तुफानले जानकारी दिए ।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले बिहीबार मुस्लिम समुदायलाई मात्र बिदा दिएको भन्दै चौतर्फी रुपमा सरकारको आलोचना भईरहेको छ ।

आज मोहम्मद डे, नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा शुभकामना व्यक्त

0

असोज ११,२०८० बाँके : इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मजयन्ती (मोहम्मद डे) बिहीबार परेको छ ।

नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीले बिहिबार धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लहू अलैही वसल्लम जन्म दिन अर्थात् मोहम्मद जयन्ती (मोहम्मद डे) मनाउँदै छ ।

बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले इस्लाम धर्मावलम्बीको पर्व मोहम्मद डेले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष शाहले मोहम्मद पर्वले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना ब्यक्त गरे।

अध्यक्ष शाहले मोहम्मद दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

एक महिनाभित्र बिद्युतको समस्या समाधान हुन्छ : उर्जामन्त्री बस्नेत

0

असोज १०,२०८० बाँके : उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेतले १ महिना भित्रमा बाँकेको नरैनापुरमा विद्युतको पोल र ट्रान्सफर्मरको समस्या समाधान हुने बताएका छन् ।

नरैनापुर गााउपालिका र वडा नं १ को कार्यालयले मंगलबार छुट्टाछुट्टै आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सिक्टा सिचाईको मूल नहर र शाखा नहरहरुको द्रुत गतिमा काम सूचारु गर्ने प्रतिबद्धता जनाउदै नरैनापुरमा उर्जा जल स्रोत तथा सिचाईको सबै प्रकारको समस्या समाधान गर्न तर्फ भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

माओबादी केन्द्रको तिन महिने अभियानको क्रममा नरैनापुरमा प्रशिक्षण दिन पुग्नु भएका मन्त्री बस्नेतले विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसारण र वितरण प्रणालीका पूर्वाधारलाई सुदृढीकरण तथा विस्तार गरी खपत क्षमता विस्तार गरिने उल्लेख गरे ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले मन्त्री बस्नेतलाई स्वागत गर्दै नरैनापुरको विबासका लागि १२ सय वटा विद्युतका पोल,१८ वटा ट्रान्सफर्मर,१८ वटा डिप बोरिङ्ग,केरुनिया खोला र सौरी नालामा तटबन्ध निर्माण,सिक्टा सिचाईको मूल नहर र शाखा नहरहरुको द्रुत गतिमा कार्य सूचारु गर्न, राप्ती नदिमा तटबन्ध निमार्ण, र नरैनापुरमा इलाका प्रशासन कार्यालय तत्काल स्थापना गर्न मन्त्री बस्नेतलाई माग पत्र हस्तान्त्रण गरेका थिए ।


यसै गरी वडा नं। १ का अध्यक्ष इसाक जोलाहले शौर्य उर्जा सहितको वोरिङ्गको व्यवस्था गरी दिन मन्त्री बस्नेत संग आग्रह गरे ।

नरैनापुर गाँउपालिकाले गरेका स्वागत कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलबहादुर केसी, लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना,संविधान सभा सदस्य अशोक रोकाय, नरैनापुर १ का अध्यक्ष इसाक जोलाह, वडा नं। २ का अध्यक्ष मसूद शाह, ४ का अध्यक्ष मनोज शर्मा, वडा सदस्यहरु,नेकपा माओबादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे,सचिव डिल्ली बराल, नेता प्रकाश सुबेदी, दामोदर अधिकारी, कस्मीरा खातुन, नरैनापुर गाँउपालिकाको महिला विकास शाखा प्रमुख कृष्ण चन्द, लेखापाल प्रकाश अधिकारी, जिन्सी शाखा प्रमुख भरत महतो लगायतको सहभागिता रहेको थियो ।