गुल्मीमा प्रथम ऐतिहासिक महोत्सव हुँदै

0
97

असोज १३,२०८० गुल्मी : गुल्मी चिनाउनका कार्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीको ऐतिहासिक प्रथम महोत्सव संचालन हुन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

गुल्मीको समग्र पहिचानका लागि यसपटक उपल्लो तम्घासमा महोत्सव हुँदैछ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्बर ९ तम्घासस्थान मन्दिर नजिकै गुल्मी उद्योग संघले महोत्सवको आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

दशै र तिहारको बीचमा बिदामा गुल्मी आउनेहरूको लागि मौका पारेर गुल्मी चिनाउनका कार्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीको ऐतिहासिक प्रथम महोत्सव संचालन हुन लागेको उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।

रेसुंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले तम्घासस्थान मन्दिरबाटै तम्घासको नाम रहेकोले र मन्दिरमा सफल दाम्पत्य जीवनको लागि भाकल चढाउने भएकोले यो महोत्सव निकै महत्त्वपूर्ण रहेको उनले बताए । उनले दशै र तिहारको बीचमा गुल्मी आउनेहरूको लागि अवसर पारेर समग्र गुल्मेली र अर्घाखाँचीबाट दर्शक भित्र्याउने गरी महोत्सवमा सहजीकरण हुने बताएका छन् ।

SHARE