जिल्ला समन्वय समिति गुल्मीको सातौं जिल्ला सभा सम्पन्न

0
108

अनिल खत्री
असोज १४,२०८० गुल्मी : जिल्ला समन्वय समिति गुल्मी सातौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा सम्पन्न सभामा वार्षिक समिक्षासँगै आगामी दिनमा गरिने विभिन्न नीति तथा कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा निमित्त जिल्ला समन्वय अधिकारी सृजना मिश्रले जिल्ला समन्वय समितिले गुल्मीले गरेका कामहरु र स्थानीय तहबाट सम्पादन भएका बिभिन्न कार्यहरुको जानकारी प्रस्तुत गरेकी थिइन् । त्यस्तै सभामा सभाअध्यक्ष जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले आगामी दिनमा गरिने नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

प्रस्तुत नीति कार्यक्रममा सभा सदस्यहरुले केहि विषयहरुमा सम्शोधन सहित पारित गर्न सुझाव दिएका थिए । पहिलो पटक जिल्लाका स्थानीय तहबाट भएका कार्यहरुको जानकारी दिनेगरि समन्वय समितिले सुरुवात गरेको छ ।

स्थानीय तहमा विभिन्न जानकारीहरु लिनका लागि ठाउँठाउमा जानकारी लिनुपर्ने बाध्यताको अत्य यसपटकबाट जिल्ला समन्वय समितिले गरेको छ । स्थानीय तहबाट कार्यसम्पादन भएका १ दर्जन बढि कार्यहरुको जानकारी जिल्ला समन्वय समितिले दिने गरि सुरुवात पनि गरेको छ।

सभाले गुल्मी जिल्ला अस्पतालमा रिक्त रहेको कार्यालय प्रमुखसँगै डक्टरहरुको पदपूर्तिका लागि संघिए सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । कार्यक्रम कटौती भएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लाई सुचारु गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु सबै स्थानीय तहले पर्याप्त मात्रामा प्रचारप्रसार गरेर धेरै भन्दा धेरै पर्यटक भित्राउन पहल गर्ने निर्णय समेत भएको छ । सभामा गुल्मी अस्पतालाई नागरिकको अस्पताल बनाउन रिक्त दरबन्दीका डक्टरहरुको पदपूर्ति गर्नमा बिशेष छलफल गरिएको थियो ।

गुल्मी अस्पतालाई नागरिक मैत्री अस्पताल बनाउन सबै स्थानीय तहले हरेक हिसाबले सहयोग गर्न सकिने सभा सदस्य स्थानीय तहका प्रमुखहरुको भनाइ थियो ।

SHARE