Saturday, June 6, 2026

तम्घासस्थान मन्दिरको दर्शनसँगै घुमौं गुल्मी महोत्सव

0

अनिष पन्थी

असोज २०,२०८०गुल्मी : गुल्मीमा संचालन हुने ऐतिहासिक प्रथम गुल्मी महोत्सवको तयारीलाई तीब्र गतिमा अगाडि बढाइएको छ।
कार्तिक १५ गतेदेखि २५ गतेसम्म हुने गुल्मी उद्योग संघको प्रथम ऐतिहासिक महोत्सवलाइ सफल बनाउन विभिन्न सरोकारवाला हरु सङ्ग पनि अन्तरक्रिया गर्दै आएको हो।

महोत्सव हुने स्थान नजिकै गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घासमा रहेको तम्घासस्थान मन्दिरमा धार्मिक आस्थाको केन्द्र तम्घासस्थान देवी भगवतीको ऐतिहासिकता,शक्ति र प्रबर्दन सम्बन्धमा शुक्रबार पत्रकार सङ्ग भेटघाट गरि मन्दिर व्यवस्थापन समितिले उक्त मन्दिरको बारेमा चर्चा गरेका थिए।

आस्थाले भरिएको मन्दीरमा मनोकामना पूरा हुने बिश्वास 

महोत्सव को ठुलो प्रभाव तम्घासस्थान मन्दीर भएको गुल्मी उद्योग संघका महासचिव सुदर्शन खनालले बताए ।तम्घासस्थानले गुल्मी लाई उठाउन सक्ने बिश्वास सहित
उद्योग व्यवसायी सङकटमा परेको बेला मन्दिरको शरण पर्न यहीँ महोत्सव गर्न लागिएको समेत महासचिव खनालले जानकारि दिए।

मन्दिर व्यवस्थापन समितिले स्थानीय जेष्ठ नागरिकको उपस्थित गराइ पत्रकारको माझमा मन्दिरको बिशेषता चर्चा गरेको हो। २२ औ र २४ औ राजाको कालदेखि देखी नै यस मन्दीरको इतिहास रहेको स्थानीय जेष्ठ नागरिक बिष्णु प्रसाद पन्थीले जानकारी दिए।
बाहिर बाट बिहे गरेर ल्याउने र लैजानेले अनिवार्य बलि दिने चलन यो मन्दीरमा भएको जानकारी दिदै तम्घासस्थान बाट अर्जुन धागिथुम जैगिथुम जस्ता देवि उत्पन्न भएको जानकारी समेत गराए ।
महोत्सवको सफलताको कामना गर्दै महोत्सवलाई सफल पार्न सक्ने सहयोग आफुहरुले गर्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चुरामणी पाण्डेले बताए।

उद्योग कृषि र पर्यटनमा उनिएको थुङा”समुन्त गुल्मीका लागि जाउँ हिँड रेसुङ्गा ” भन्ने मुल नारा सहित सन्चालन हुन लाएको महोत्सवमा एक लाख दर्शक भित्र्याउने र ६० करोड बराबरको कारोबार गर्ने अपेक्षा गरिएको संघले जनाएको छ ।

दशै र तिहारको बीचमा बिदामा गुल्मी आउनेहरूको लागि मौका पारेर गुल्मी चिनाउनका कार्तिक १५ गतेदेखि २५ गतेसम्म गुल्मीको ऐतिहासिक प्रथम महोत्सव संचालन हुन लागेको उद्योग संघ गुल्मीका उपाध्यक्ष जनक पन्थले जानकारी दिए ।

रेसुंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले तम्घासस्थान मन्दिरबाटै तम्घासको नाम रहेकोले र मन्दिरमा सफल दाम्पत्य जीवनको लागि भाकल चढाउने भएकोले यो महोत्सव निकै महत्त्वपूर्ण रहेको उनले बताए।

गुल्मीमा १ लाख २१ हजार १ सय २१ राशिको क्रिकेट प्रतियोगिता हुने

0
इस्वरी बस्याल

असोज २०,२०८० गुल्मीः गुल्मीमा सर्वाधिक राशिको खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बलेटक्सार युवा क्लब रुरु क्षेत्र ४ बलेटक्सार गुल्मीको आयोजनामा “बलेटक्सार क्रिकेट कप २०८०” संचालन हुने भएको हो ।

प्रतियोगिता कार्तिक १३ गते देखि रुरु क्षेत्रको गाउँपालिका ४ को खेलमैदान घिउँवेसीमा हुने भएको छ । प्रतियोगितामा सहभागी हुने समूहलाई दर्ता गर्नको लागि ६ हजार ५ सय लाग्ने आयोजकले जनाएको छ । दर्ता गर्ने अन्तिम मिति कार्तिक १० गते सम्म रहेको क्लब अध्यक्ष रामु श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु १ लाख २१ हजार १ सय २१ ट्रफी मेडल र प्रमाणपत्रप्राप्त गर्नेछन् भने द्वितीय हुनेले नगद रु ६१ हजार १सय ६१ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगितामा म्यान अफ द म्याचलाई मेडल , म्यान अफ द टुर्नामेन्ट नगद ५ हजार र मेडल , बेस्ट ब्याटम्यान अफ द टुर्नामेन्ट नगद २५सय र मेडल, बेस्ट बलर अफ द टुर्नामेन्टले नगद २५ सय र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खेल टेनिस बलले खेलाइने र पहिलो चरण चिट्टा र त्यसपछीका खेलहरु टाइ सिट सिष्टममा खेलाइने आयोजकले जनाएको छ । खेल १२ओभरको खेलाइने र फाइनल खेल भने २० ओभरको खेलाइने खेल संयोजक प्रविन श्रेष्ठले बताए।

एमाले सुन गाल्ने भाँडा राखेर बस्ने पार्टी होइन : ओली

0

असोज १८,२०८०काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन गाल्ने पाँचवटा भाँडा राखेर बस्ने पार्टी एमाले नभएको बताएका छन्। उनले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै उक्त भनाई राखेका हुन्।

बिहीवार पार्टी कार्यालय च्यासलमा नेकपा एमालेको वागमती प्रदेशको शपथग्रहण तथा कार्यभार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘हामी सार्वजनिक सम्पत्ति छलछाम गरेर खल्तीमा हाल्ने नीतिमा कहिल्यै लागेनौँ। सुन तस्करी गर्ने र सुन गाल्ने पाँचवटा भाँडा राखेर बस्ने खालको पार्टी होइन। हामी देश बनाउने पार्टी हो।’

उनले आफूले बुधवार संसदमा बोलेको कुरालाई लिएर विपक्षीहरूको मन भतभती पोलिरहेको बताए। उनले एमालेको विरोध गर्न गिरिबन्धु टी स्टेट भने पनि गिरिबन्धु टी स्टेटको छानबिन गर्न चुनौती दिए। उनले कुनै पनि प्रकरणको छानबिन गर्दा सत्तापक्षकै नेताहरू मुछिने दाबी गरे।थाहाबाट

स्क्रब टाइफसबाट भण्डरीको मृत्यु

0

असोज १८,२०८०बैतडी : स्क्रब टाइफसबाट बैतडीमा बिहीबार एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका(६ गौकुराका ६८ वर्षीय शोभानसिंह भण्डारी रहेको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा भानु चालिसेले जानकारी दिए।

उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका बृद्धको स्वास्थ्य जाँच गर्दा स्क्रब टाइफस देखिएको थियो। यसका साथै उनको रगतमा अक्सिजनको कमी र मिर्गौलामा समेत समस्या देखिएको डा चालिसेले बताए।

अक्सिजनको कमी र थप उपचारका लागि आइसियू आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा बाटामै उनको मृत्यु भएको आफन्तले बताएका छन्।

माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने गर्छ। झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउँछ। टाउको दुख्ने, पसिना धेरै आउने,

गुल्मी प्रशासन नेपालकै उत्कृष्ट

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

असोज १७,२०८०गुल्मी ।:जिल्ला प्रशासन गुल्मी देशभरमै सर्वोत्कृष्ट कार्यालय बनेको छ । गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार पत्रकार सम्मेलन गरेर आफूहरु कार्यसम्पादन मापकका सुचकबाट देशभरमै पहिलो बनेको जनाएको छ । गृहमन्त्रालयका गृह सचिव र प्रमुख जिल्ला अधिकारी बीच आर्थिक वर्ष २०७९/०८० मा भएको कार्यसम्पादन सम्झौता (CPAS) मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय गुल्मीले गतवर्ष जस्तै अति उत्कृष्ट सहित प्रथम स्थान (९६.४४ अंक) हाँसिल गरेको हो ।

यस अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाका सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, अर्धवार्षिक कार्यसम्पादनकाे समयमा कार्यरत प्रजिअ/ सप्रजिअ, सुरक्षा निकायहरु, स्थानीय तहहरु, कार्यालय प्रमुखहरु, जिल्लामा क्रियाशील राजनीतिक दलहरु, पत्रकार महासंघ गुल्मी र सम्पूर्ण मिडिया क्षेत्र तथा सञ्चारकर्मीहरु, गैर सरकारी संघ संस्थाहरु लगायत सरोकारवाला सम्पूर्ण निकायहरुलाई बिशेष धन्यवाद दिएको छ ।

यसअवधिमा गुल्मीमा प्रमुख जिल्ला अधिकारीको रुपमा पुण्यविक्रम पाैडेल, सागरमणि पाठक र टेकबहादुर केसी रहनुभएकाे थियो । केसी हाल पनि गुल्मीमा प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

भुकम्पका कारण एक जनाको मृत्यु, ११ घाइते

0

असोज १७,२०८० : बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।

बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ ।

ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

0

असोज १७,२०८० : धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ ।

सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए ।

घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ । रासस

पौडेलको शब मिर्मीमा फेला, थापा अझै बेपत्ता

0

असोज १७,२०८० : चार दिन देखि पर्वतको कुस्मा नगरपालिका ८ समादी खोलाबाट बेपत्ता एक जनाको शब स्याङ्जाको मिर्मीमा फेला परेको छ । बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप गत १३ गते शनिवार साँझ बगाएको थियो ।

कालीगण्डकी गाउँपालिका ७ मिर्मी कालीगण्डकी पावर हाउस ड्याममा जिपबाट बेपत्ता कास्कीको अन्नपूर्ण गाउँपालिका ३ नौ डाँडा बस्ने २६ वर्षीय माधव पौडेलको शव फेला परेको थियो । समादी खोला भुमिशेरचन राजमार्गमा अविरल वर्षाको कारण बाढीले बगाएकोमा पौडेल सोही जिपमा सवार थिए।

जिपमा सवार पौडेलकै साथी रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का ३४ बर्षीय गोपाल बस्यालको शव फेला परिसकेको छ भने बागलुङको तारा खोला गाउँपालिका–३ का ५० वर्षीय डम्बरबहादुर थापा भने अझै पनि बेपत्ता छन्।

लुम्बिनी सहित पाँच प्रदेशमा भारी वर्षा

0

असोज १७,२०८०काठमाडौं : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बुधबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

यी पाँच प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। राति कोशी, मधेश र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

गुल्मीमा सडक दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैं दुर्घटनामा

0
दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैं दुर्घटना ग्रस्त अवस्थामा । तस्बिर : तिलाचन पाण्डे

तिलाचनन पाण्डे
असोज १६,२०८० गुल्मीः गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफैं दुर्घटना परेका छन् ।

गुल्मीको मुख्य सडक रिडी तम्घास सडक अन्र्तगत सडक दुर्घटना न्यूनीकरण गर्न राखिएका १४ वटा सडक ऐनाहरु मध्ये ११ वटा सडक ऐना दुर्घटना परेका छन् भने तीन वटा मात्रै सकुशल छन् ।

११ वटा ऐना मध्ये केही फुटेका छन् भने केहीको नाम निसाना नै छैन ।सडक डिभिजन कार्यालय पाल्पाले तम्घास–रिडी सडकमा आर्थिक वर्ष २०७२÷७३ को आर्थिक वर्षमा १४ स्थानमा सडक ऐना राखेको थियो । कुनै ऐना राखेको हप्ता दिन नबित्दै हराए भने कुनै महिना दिनमै गायव भएका थिए । तत्कालिन समयमा तीन लाख ९२ हजार रुपियाँ लागतमा जडान गरिएका ऐनाको संरक्षण नहुँदा लगानी यसै खेर गएको हो । तत्कालिन समयमा एउटा सडक ऐनाको मूल्य २८ हजार रहेको थियो ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले सरकारी सम्पतीको पनि आफनो सम्झेर संरक्षण गर्नु आम नागरिकको दायीत्व भएको बताए । पछिल्लो समयमा नागरिकहरु अराजक भएका कारण यस्तो अवस्था अवस्था आएको उनको तर्क छ ।
गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले दुर्घटना न्यूनीकरण गर्न राखिएका सडक ऐना आफंै दुर्घटनामा पर्नु दुःखद भएको भन्दै बाँकी रहेका ऐनालाई संरक्षण गर्न आफूहरु लाग्ने बताए

जिम्मेवारीबाट पन्छिदैँ कार्यालय

सडकमा राखिएका सडक ऐना संरक्षण नहुनु , तोडफोड र गायव हुनु दुःखद भएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख बाबुराम सापकोटाले बताए । हाल सो सडक मदनभण्डारी राजमार्ग अन्र्तगत पर्ने भएकाले त्यसको ब्यबस्थापन सो कार्यालयले गर्नुपर्ने उनको तर्क छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका प्रमुख माधव अधिकारीले पहिले सडक साँघुरो हुँदा दुर्घटना बढी हुने भएकाले सडक ऐना आवश्यक भएको बताए । सडक चौडा पार्ने क्रम जारी रहेकाले सडक ऐनाको आवश्यकता कम पर्ने उनको तर्क छ ।

रिडीदेखी भेडुवासम्म मदन भण्डारी राजमार्ग अन्र्तगत रहेको बताउँदै त्यस सडक यता तम्घाससम्म भने सडक साँघुरै रहने भएकाले सडक ऐनाको आवश्यक पर्ने र आफूहरु अन्र्तगत सो सडक नरहेको उनको भनाई छ ।