गुल्मीमा १ लाख २१ हजार १ सय २१ राशिको क्रिकेट प्रतियोगिता हुने

0
258
इस्वरी बस्याल

असोज २०,२०८० गुल्मीः गुल्मीमा सर्वाधिक राशिको खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बलेटक्सार युवा क्लब रुरु क्षेत्र ४ बलेटक्सार गुल्मीको आयोजनामा “बलेटक्सार क्रिकेट कप २०८०” संचालन हुने भएको हो ।

प्रतियोगिता कार्तिक १३ गते देखि रुरु क्षेत्रको गाउँपालिका ४ को खेलमैदान घिउँवेसीमा हुने भएको छ । प्रतियोगितामा सहभागी हुने समूहलाई दर्ता गर्नको लागि ६ हजार ५ सय लाग्ने आयोजकले जनाएको छ । दर्ता गर्ने अन्तिम मिति कार्तिक १० गते सम्म रहेको क्लब अध्यक्ष रामु श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु १ लाख २१ हजार १ सय २१ ट्रफी मेडल र प्रमाणपत्रप्राप्त गर्नेछन् भने द्वितीय हुनेले नगद रु ६१ हजार १सय ६१ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगितामा म्यान अफ द म्याचलाई मेडल , म्यान अफ द टुर्नामेन्ट नगद ५ हजार र मेडल , बेस्ट ब्याटम्यान अफ द टुर्नामेन्ट नगद २५सय र मेडल, बेस्ट बलर अफ द टुर्नामेन्टले नगद २५ सय र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खेल टेनिस बलले खेलाइने र पहिलो चरण चिट्टा र त्यसपछीका खेलहरु टाइ सिट सिष्टममा खेलाइने आयोजकले जनाएको छ । खेल १२ओभरको खेलाइने र फाइनल खेल भने २० ओभरको खेलाइने खेल संयोजक प्रविन श्रेष्ठले बताए।

SHARE