पौडेलको शब मिर्मीमा फेला, थापा अझै बेपत्ता

0
228

असोज १७,२०८० : चार दिन देखि पर्वतको कुस्मा नगरपालिका ८ समादी खोलाबाट बेपत्ता एक जनाको शब स्याङ्जाको मिर्मीमा फेला परेको छ । बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप गत १३ गते शनिवार साँझ बगाएको थियो ।

कालीगण्डकी गाउँपालिका ७ मिर्मी कालीगण्डकी पावर हाउस ड्याममा जिपबाट बेपत्ता कास्कीको अन्नपूर्ण गाउँपालिका ३ नौ डाँडा बस्ने २६ वर्षीय माधव पौडेलको शव फेला परेको थियो । समादी खोला भुमिशेरचन राजमार्गमा अविरल वर्षाको कारण बाढीले बगाएकोमा पौडेल सोही जिपमा सवार थिए।

जिपमा सवार पौडेलकै साथी रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का ३४ बर्षीय गोपाल बस्यालको शव फेला परिसकेको छ भने बागलुङको तारा खोला गाउँपालिका–३ का ५० वर्षीय डम्बरबहादुर थापा भने अझै पनि बेपत्ता छन्।

SHARE