स्क्रब टाइफसबाट भण्डरीको मृत्यु

0
137

असोज १८,२०८०बैतडी : स्क्रब टाइफसबाट बैतडीमा बिहीबार एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका(६ गौकुराका ६८ वर्षीय शोभानसिंह भण्डारी रहेको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा भानु चालिसेले जानकारी दिए।

उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका बृद्धको स्वास्थ्य जाँच गर्दा स्क्रब टाइफस देखिएको थियो। यसका साथै उनको रगतमा अक्सिजनको कमी र मिर्गौलामा समेत समस्या देखिएको डा चालिसेले बताए।

अक्सिजनको कमी र थप उपचारका लागि आइसियू आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा बाटामै उनको मृत्यु भएको आफन्तले बताएका छन्।

माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने गर्छ। झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

स्क्रब टाइफसको संक्रमण भएमा धेरै ज्वरो आउँछ। टाउको दुख्ने, पसिना धेरै आउने,

SHARE