Friday, June 5, 2026

गुल्मीमा चिया पकाउँदा जलेर घाइते

0

माघ २९,२०८० गुल्मीः गुल्मीमा चिया पकाउँदा आगोमा एक जलेर वृद्धा घाइते हुनुभएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर ५ फोक्सिङकी ८२ वर्षीय खदमकुमारी श्रेष्ठले चिया पकाउदै गर्दा सारीबाट आगो सल्किन गई दुबै खुट्टा जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइतेको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको र अवस्था मध्ययम रहेको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

 

पराल्मी र बलिथुम जोड्ने ट्रस पुलको उद्घाटन

0

माघ २९,२०८०गुल्मी : गुल्मीमा टेकुवा झिमिरे ट्रस पुलको उद्घाटन गरिएको छ । गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर १४ पराल्मी र गुल्मीदरबार गाउँपालिक वडा नम्बर १ बलिथुम जोड्ने ट्रस पुलको उद्घाटन गरिएको हो ।

 

ट्रस पुलको आइतबार रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेका छन् । उक्त ट्रस पुल २४ लाख ३१ हजार लागतमा निर्माण भएको हो । क्षेत्रगत कार्यक्रम अन्तर्गत ८५ प्रतिशत संघीय अनुदान, १३ प्रतिशत रेसुंगा नगरपालिकाको र दुई प्रतिशत उपभोक्ताको श्रमदानबाट ट्रस पुल निर्माण भएको सिर्जनशील सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक डिल्लीराज खनालले जानकारी दिनुभयो । पुलको प्राविधिक सहयोग सिर्जनशील सामुदायिक विकास केन्द्रले गरेको हो । ८ फागुन २०७९ मा निर्माण सम्झौता भई १४ असार २०८० मा निर्माण सम्पन्न भएको थियो । २८ मिटर लामो ट्रस पुल निर्माण सम्पन्न भएको हो । पुलको निर्माण टेकुवा झिमिरे ट्रस पुल उपभोक्ता समितिले गरेको थियो ।

 

निर्माण सम्पन्न ट्रस पुलको उद्घाटन गर्दै रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले इच्छाशक्ति भयो भने छोटो समयमै धेरै र गुणस्तरीय काम गर्न सकिन्छ भन्ने उदाहरण पुलले दिएको बताउनुभयो ।

 

उहाँले दुर्गम मानिएको पराल्मी सुगम बनाउन थप एक आयाम थपेको बताउँदै पराल्मी र बलिथुमबासीलाई राहत पुगेको दाबी गर्नुभयो ।

गुल्मीमा १७ हजार ५३६ बालबालिकालाई दादुरा रुवेलाको खोप दिइने

0

तिलाचन पाण्डे
माघ २९,२०८० गुल्मीः गुल्मीमा १७ हजार ५३६ बाालबालिकालाई दादुरा र रुवेलाको खोप दिइने भएको छ ।

तम्घासमा भएको दादुरा रुवेला खोप अभियान, खोप समन्वय समिति ,सञ्चारकर्मी र सरोकारवालाहरुको छलफल कार्यक्रममा उक्त जानकारी गराइएको हो ।

फागुन १६ गतेदेखी २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा जिल्लाका ३३० खोप केन्द्रहरुबाट पाँच वर्ष मुनिका १७ हजार ५३६ बाालबालिकालाई दादुरा र रुवेलाको खोप दिइने लक्ष्य रहेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो ।

अभियानका लागि ३३७ जना स्वास्थ्यकर्मी,६७४ जना स्वंयमसेवक खटिने भएका छन्। जसको प्रभावकारी अनुगमनका लागि १२ जना खटिने कार्यक्रम रहेको आचार्यले बताउनुभयो ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एंव जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले यस अभियानलाई प्रावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । पाँच वर्ष मुनिका बालबालिकाहरु खोप पाउँनबाट वञ्चित हुन नहुने भन्दै यस अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

नेपाल सरकारले सन २०२६ सम्ममा दादुरा रुवेला निवारण गर्ने लक्ष्य लिएको छ ।

गुल्मीमा कुकुरको बन्ध्याकरण

0

अनिल खत्री
माघ २७,२०८० गुल्मी : गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले छाडा कुकुरको बन्ध्याकरण गरेको छ । सार्वजनिक स्थानमा रहेका छाडा कुकुरले टोकेर रेबीज संक्रमण फैलिन नदिन पालिकाले यस्तो निति अपनाएको हो ।
गाँउपालिकाको पशु विकास शाखाद्वारा ६३ वटा सार्वजनिक कुकुरहरूको बन्ध्याकरण गरेको छ । पालिकाको बलेटक्सार र रुरु स्थित बजार क्षेत्रमा रहेका छाडा कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

बजार क्षेत्रमा छाडा कुकुरले टोकेर कैयौं मानिसहरु घाइते हुने क्रम बढि रहेको छ । सार्वजनिक स्थानमा रहेका कुकुरको संख्या बृद्धि हुदै गएपछि रेबीजÞ रोग नियन्त्रणको लागी कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
पछिल्लो समय बजार क्षेत्रमा रहेका छाडा कुकुरले टोक्ने क्रम बढ्दै गएको छ । गत वर्ष गुल्मीदरबार गाउँपालिकामा कुकुरको टोकाइका कारणले रेबीज लागेर एक जना महिलाको ज्यान समेत गएको थियो ।
त्यस्तै गाई भैसीलाइ समेत कुकुरले टोक्ने क्रम बढेको थियो । बिशेश गरि जिल्लाका मुख्य बजार क्षेत्रमा छाडा कुकुरको संख्या धेरै रहेको छ ।

नयाँगाउँमा नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन

0

माघ २७,२०८० गुल्मीः गुल्मीमा प्रहरी चौकीको उद्धाटन गरिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर १ नयाँगाउँमा निर्माण सम्पन्न गरिएको प्रहरी चौकी भवनको शनिबार उद्धाटन गरिएको हो ।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले एक औपचारिक कार्यक्रमको बीचमा प्रहरी चौकी नयाँगाउँ गुल्मीको उद्धाटन गरेका हुन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमार्फत जिल्ला प्रहरी कार्यालय गुल्मी अन्तर्गत धुर्कोट गाउँपालिकाको नयाँगाउँमा कुल दुई करोड ९९ लाखमा निर्माण सम्पन्न भएको इन्जिनियर प्रहरी नायब उपरीक्षक रोशन सारुले जानकारी दिए ।

प्रहरी चौकी नयाँगाउँको निर्माणको जिम्मा अर्जुन विल्डर्स एण्ड कन्स्ट्रक्सन गुल्मीले पाएको थियो । १४ पुस २०७९ मा सम्झौता भएको उक्त भवनको १३ पुस २०८० तोकिएकै मितिमा निर्माण सम्पन्न भएको थियो ।

व्यवस्थित र गुणस्तरीय भवन निर्माण गर्ने क्रममा प्रहरीले आफ्नै जग्गामा उक्त भवन बनाएको हो । भवनमा कार्यालय, ब्यारेक, भान्छा घर र शौचालय निर्माण सम्पन्न भएका हुन् । साढे दुई तलाको उक्त भवनमा भुँइतलामा एक सय ५७ वर्गमिटरमा चार कोठा कार्यालयका लागि, पहिलो तलामा एक सय ४३ वर्गमिटरमा तीन वटा कोठा ब्यारेकको लागि, महिला कर्मचारीका लागि छुट्टै शौचालयसहित ब्यारेक, दोस्रो तलामा ९८ वर्गमिटरमा कार्यालय प्रमुखसहित संचार शाखा तथा ब्यारेकको लागि, २९ वर्गमिटरमा भान्छा घर र ८ वर्गमिटरमा शौचालयसहित स्नान गृहको निर्माण गरिएको छ ।

प्रहरी चौकी नयाँगाउँ उद्धाटनको क्रममा तोकिएको समय अगावै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी विजय खनाललाई सम्मान गरिएको थियो । धुर्कोट गाउँपालिका उपाध्यक्ष सिता गिरीले आवश्यकता अनुसार प्रहरी जनशक्ति पुर्ण रुपमा हुनुपर्ने बताइन् । उनले नयाँगाउँमा निर्माण सम्पन्न उक्त भवनबाट प्रदान हुने सेवाले थप सुरक्षाको अनुभुती हुने बताएकी थिइन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले नागरिकको घरदैलोमा पुगेर सेवा दिने कोसिस गरिरहेको बताए । उनले गुल्मीको प्रहरी सेवाबाट नागरिक सन्तुष्ट रहेको बताएका थिए ।

प्रहरी चौकी नयाँगाउँको उद्धाटन गर्दै लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले हाल सम्पन्न भवन आम नागरिकको सेवाको लागि पर्याप्त भएको बताए । उनले तीनै तहका सरकारको सरोकारमा रहेको प्रहरीलाई अत्याधुनिक बनाउनुपर्नेमा हाल यो भवन बनेको बताए । ‘उच्च मनोबलका साथ प्रहरीले सेवा प्रदान गर्नुपर्छ’ प्रहरी नायब महानिरीक्षक कडायले भने, “अब गुणस्तरीय कार्यालयमार्फत दिने सेवामार्फत थप राहात दिने र सेवाग्राहीलाई खुसी महशुस हुनेछ ।” उनले जनताबाट सहयोग मिलेमा जनतालाई नै थप विश्वासिलो सेवा प्रदान हुने बताए ।

अनेमसंघ गुल्मीको अध्यक्षमा पन्थी

0

माघ २७,०८० गुल्मीः अनेम संघ गुल्मीको अध्यक्षमा सपना पन्थी निर्वाचित हुनुभएको छ । ११ औ गुल्मी जिल्ला सम्मेलनबाट पन्थी अध्यक्ष पदमा निर्वाचित हुनुएको हो ।

 

जसकोउपाध्यक्षमा शान्ता पोखरेल र अन्जु कँडेल,सचिवमा विष्णु विश्वकर्मा उप सचिवमा कला पाण्डे र कोषाध्यक्षमा सावित्रा खड्का निर्वाचित हुनुएको हो।

गुल्मीमा ११९ जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया

0
फाइल फोटो

अनिल खत्री
माघ २७,२०८० गुल्मीः गुल्मी जिल्लामा माघ महिनामा १ सय १९ जना मोतिविन्दु भएका विरामीको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ गुल्मीको आयोजनामा जिल्लाका ३ स्थानमा राखिएको निःशुल्क शल्यक्रिया गरिएको हो ।

स्वास्थ्य शिविरमा ६ सय २३ जनाको आँखाको जाँच तथा उपचार सेवा समेत उपलब्ध गराईको थियो । जसमध्ये तम्घासमा शल्यक्रिया कार्यक्रममा २९ जना, मदाने गाउँपालिकाको पूर्कोटदहमा आयोजित शिविरमा ४२ जना र चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा आयोजित निःशुल्क आँखा अप्रेशन शिविरमा ४८ जना गरी १ सय १९ जनाको आँखाको सफलतापूर्वक शल्यक्रिया गरीएको नेपाल नेत्रज्योति संघ गुल्मी शाखाका सचिव पदमप्रसाद पाण्डेले बताउनुभयो ।

तम्घास र पूर्कोट दहमा सम्पन्न शल्यक्रियाको नेतृत्व लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका नेत्ररोग विशेषज्ञ डा। कृति जोशी र चन्द्रकोटमा सम्पन्न शल्यक्रियाको नेतृत्व नेत्ररोग विशेषज्ञ सह–प्रध्यापक डा। शुशिला पटेलले गरेका थिए । निःशुल्क शल्यक्रियाको आर्थिक सहयोग सेभा नेपालको रहेको थियो ।

स्थानीय रुपमा रुपमा सम्बन्धीत स्थानीय तहको सहयोग तथा मदाने आँखा उपचार केन्द्र र शान्तिपुर आँखा उपचार केन्द्रको स्थानीय आयोजना रहेको थियो । नेपाल नेत्रज्योति संघ गुल्मीले केही समय भित्र मुसिकोट नगरपालिकाको वामीटक्सार, मालिका गाउँपालिकाको मर्भुङ्ग र रुरु गाउँपालिकाको रिडीमा पनि निःशुल्क आँखा अप्रेशन शिविर संचालन हुने भएको संस्थाका सचिव पाण्डेयको भनाइ छ ।

चन्द्रकोट गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

0

माघ २५,२०८० गुल्मीः गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बुधबार गाउँपालिकाको सभाहल शान्तिपुरमा चालू आ।व। २०८०र०८१ को हाल सम्म संचालित योजना, कार्यक्रम तथा समग्र सार्वजनिक सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज भुसालले हाल सम्म भएका कार्य प्रगतिको जानकारी गराउनुभएको थियो ।

यस्तै स्थानियहरुले भौतिक निमार्णका क्रममा गुणस्तरीय कार्य नभएको, एक घर एक धारा कार्यक्रमले पूर्णता नपाएको, हाटबजारको संरचना निमार्ण भएर पनि सञ्चालन हुन नसकेको, बजार अनुगमन प्रभावकारी नभएको, स्मार्ट कृषि गाउँ कार्यक्रम लथालिङ्ग भएको लगायतका प्रश्न तथा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा प्रमुख जवाफदेही वक्ता गाउँपालिका अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी र प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल वडाध्यक्ष लगायतले उठेका प्रश्नको जवाफ दिनुभएको थियो । कमी कम्जोरीलाई आगामी दिन सुधार गदै लैजाने उहाँहरुको भनाई थियो ।

कार्यक्रममा कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि तथा निवर्तमान जनप्रतिनिधिहरू, विभिन्न संघ संस्था निकायका व्यक्तिहरू लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण पत्रकार टोपलाल अर्याल, डिबि खड्का र महेश बोहराले गर्नुभएको थियो ।

गुल्मीका बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा

0

माघ २५,२०८० गुल्मी : रुरुक्षेत्र गाउँपालिका वडा २ ग्वादीका ८१ वर्षीय चन्द्रमणी वराल बिहीवार गुलेली र मटेंग्रापाएपछि खुसीहुदै, बाँदर भगाउँन सजिलो हुने बताए ।

गाउँमा बाँदर आतंक वढे पछि नेपाली काँग्रेस गुल्मीको तर्फबाट, गुल्मी काँग्रेसको अठोट, सवल वडा सक्षम,अन्र्तगत समुदायमा काँग्रेस अभियानको क्रममा ग्वादीका किसानलाई गुलेली र मटेंग्रा निशुल्क विरतण गरिए पछि स्थानीय वासिन्दाहरु पार्टी र नेताहरु पनि किसानका समस्यालाई वुझेर घर दैलोमै आएको धारणा स्थानीय किसानहरुले व्यक्त गरेका छन् । बिहीवार नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले एक समारोहकाबीच किसानहरुलाई गुलेली र मटेंग्रा वितरण गरे पछि स्थानीयहरुमा खुसी छाएको हो ।

रुरु क्षेत्र गाउँपालिका वडा २ ग्वादीका वडा सभापति तथा युवा किसान ४६ बर्षका युवा किसान नारायण ज्ञवालीले गाउँमा बाँदर आतंकका कारण समस्या भएको यहाँका किसानलाई बाँदर धपाउँन गुलेली समेतको अभाव भएको गुनासोलाई मध्ये नजर गरेर,समुदायमा काँग्रेस अभियानको तर्फबाट नेताहरु गाउँ आएर यो वितरण गर्नु आफैमा अत्यान्तै महत्वपुर्ण कार्य भएको धारणा व्यक्त गरे ।
रुरु क्षेत्र गाउँपालिकाका पार्टी सभापति देविन्द्र मल्लले, बाँदर आतंकले गर्दा नेपालका पहाडी जिल्लाहरुबाट वसाई सराईका समस्याहरु दिनप्रतिदिन वढ्दै गएको र परम्परागत रुपमा बाँदर भगाउँन प्रयोग गरिने गुलेली वितरणका काम अत्यान्तै महत्वपुर्ण काम भएको बताए । नेपाली काँग्रेस रुरुक्षेत्र गाउँपालिकाका सभापति देविन्द्र मल्लले, गाउँका किसानका समस्याहरुको सम्वोधनका लागि भएको यो प्रयास अत्यान्तै प्रभावकारी रहेको बताए, बाँदर लखेट्न जादा आफुहरु माथि नै आक्रमण गर्न खोज्दै गर्दा, गुलेलीताक्यो भने, बाँदर डराएर भाग्ने हुदापनि यसबाट केही राहतहुने गरेको बताए ।

घरेलु र परम्परागत रुपमा घरेलु हतियारका रुपमा प्रयोग हुदै आएको गुलेली, र मटेंग्राको प्रयोग गर्ने काम शुरु भए पछि, अहिले अत्यान्तै यो कार्य लोकप्रियभई रहेको छ । समस्याको समाधान परम्परागत रुपमा पनि गर्न सकिन्छ भन्ने मूल्य र मान्यता अनुसार यसरी स्थानीय किसानलाई गुलेली वितरणको काम शुरुहुनु आफैमा अत्यान्तै राम्रो कामभएको रुरु गाउँपालिका रिडीबजार निवासी स्थानीय व्यवसायी किशोर श्रेष्ठले बताए ।


रुरुक्षेत्र गाउँपालिका वडाको ग्वादीका ३७ बर्षिय किसान जगत तिवारीले बाँदर आतंकका कारण समस्या भएको र आफुहरु संग गुलेली पनि नभएको गुनासो गरे पछि, नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले, एक कार्यक्रमको आयोजना गरेर त्यहाँका किसानलाई गुलेली र मटेंग्रादिनु भएकोमा धन्यावाद प्रदान गरे ।

स्थानीय समाजसेवी तथा नेपाली काँग्रेस क्षेत्र १ प्रदेश १ का उपसभापति मंगलवहादुर रेगामीले, यो एउटा नमूनाको रुपमा काम भएको भएता पनि गाउँका बाँदर पीडित किसानका समस्याहरुको समाधानमा यो कार्य एउटा महत्वपुर्ण कामहो, स्थानीय सरकारहरुले पनि यस्ता कार्यलाई प्राथमिकता दिनुपर्छ भने ।

गोली लागेर एक जना घाइते

0
सांकेतिक तस्बिर

माघ २१,२०८० नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका(१६ केराबरी गाउँ नजिकै पुलमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन्।

बर्दघाट नगरपालिका घर भइ सुस्ता गाउँपालिका(१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र बिश्वकर्मा घाइते भएका हुन्। पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

गोली प्रहारबाट घाइते विश्वकर्मालाई तत्काल स्थानीय चिसापानी अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि बुटवलस्थित तिनाउ अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो।

घाइते विश्वकर्माको पाखुरामा गोलि लागेको र गोलि प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको बोहोराले बताउनु भयो