गुल्मीमा ११९ जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया

0
79
फाइल फोटो

अनिल खत्री
माघ २७,२०८० गुल्मीः गुल्मी जिल्लामा माघ महिनामा १ सय १९ जना मोतिविन्दु भएका विरामीको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघ गुल्मीको आयोजनामा जिल्लाका ३ स्थानमा राखिएको निःशुल्क शल्यक्रिया गरिएको हो ।

स्वास्थ्य शिविरमा ६ सय २३ जनाको आँखाको जाँच तथा उपचार सेवा समेत उपलब्ध गराईको थियो । जसमध्ये तम्घासमा शल्यक्रिया कार्यक्रममा २९ जना, मदाने गाउँपालिकाको पूर्कोटदहमा आयोजित शिविरमा ४२ जना र चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा आयोजित निःशुल्क आँखा अप्रेशन शिविरमा ४८ जना गरी १ सय १९ जनाको आँखाको सफलतापूर्वक शल्यक्रिया गरीएको नेपाल नेत्रज्योति संघ गुल्मी शाखाका सचिव पदमप्रसाद पाण्डेले बताउनुभयो ।

तम्घास र पूर्कोट दहमा सम्पन्न शल्यक्रियाको नेतृत्व लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका नेत्ररोग विशेषज्ञ डा। कृति जोशी र चन्द्रकोटमा सम्पन्न शल्यक्रियाको नेतृत्व नेत्ररोग विशेषज्ञ सह–प्रध्यापक डा। शुशिला पटेलले गरेका थिए । निःशुल्क शल्यक्रियाको आर्थिक सहयोग सेभा नेपालको रहेको थियो ।

स्थानीय रुपमा रुपमा सम्बन्धीत स्थानीय तहको सहयोग तथा मदाने आँखा उपचार केन्द्र र शान्तिपुर आँखा उपचार केन्द्रको स्थानीय आयोजना रहेको थियो । नेपाल नेत्रज्योति संघ गुल्मीले केही समय भित्र मुसिकोट नगरपालिकाको वामीटक्सार, मालिका गाउँपालिकाको मर्भुङ्ग र रुरु गाउँपालिकाको रिडीमा पनि निःशुल्क आँखा अप्रेशन शिविर संचालन हुने भएको संस्थाका सचिव पाण्डेयको भनाइ छ ।

SHARE