गुल्मीका बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा

0
64

माघ २५,२०८० गुल्मी : रुरुक्षेत्र गाउँपालिका वडा २ ग्वादीका ८१ वर्षीय चन्द्रमणी वराल बिहीवार गुलेली र मटेंग्रापाएपछि खुसीहुदै, बाँदर भगाउँन सजिलो हुने बताए ।

गाउँमा बाँदर आतंक वढे पछि नेपाली काँग्रेस गुल्मीको तर्फबाट, गुल्मी काँग्रेसको अठोट, सवल वडा सक्षम,अन्र्तगत समुदायमा काँग्रेस अभियानको क्रममा ग्वादीका किसानलाई गुलेली र मटेंग्रा निशुल्क विरतण गरिए पछि स्थानीय वासिन्दाहरु पार्टी र नेताहरु पनि किसानका समस्यालाई वुझेर घर दैलोमै आएको धारणा स्थानीय किसानहरुले व्यक्त गरेका छन् । बिहीवार नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले एक समारोहकाबीच किसानहरुलाई गुलेली र मटेंग्रा वितरण गरे पछि स्थानीयहरुमा खुसी छाएको हो ।

रुरु क्षेत्र गाउँपालिका वडा २ ग्वादीका वडा सभापति तथा युवा किसान ४६ बर्षका युवा किसान नारायण ज्ञवालीले गाउँमा बाँदर आतंकका कारण समस्या भएको यहाँका किसानलाई बाँदर धपाउँन गुलेली समेतको अभाव भएको गुनासोलाई मध्ये नजर गरेर,समुदायमा काँग्रेस अभियानको तर्फबाट नेताहरु गाउँ आएर यो वितरण गर्नु आफैमा अत्यान्तै महत्वपुर्ण कार्य भएको धारणा व्यक्त गरे ।
रुरु क्षेत्र गाउँपालिकाका पार्टी सभापति देविन्द्र मल्लले, बाँदर आतंकले गर्दा नेपालका पहाडी जिल्लाहरुबाट वसाई सराईका समस्याहरु दिनप्रतिदिन वढ्दै गएको र परम्परागत रुपमा बाँदर भगाउँन प्रयोग गरिने गुलेली वितरणका काम अत्यान्तै महत्वपुर्ण काम भएको बताए । नेपाली काँग्रेस रुरुक्षेत्र गाउँपालिकाका सभापति देविन्द्र मल्लले, गाउँका किसानका समस्याहरुको सम्वोधनका लागि भएको यो प्रयास अत्यान्तै प्रभावकारी रहेको बताए, बाँदर लखेट्न जादा आफुहरु माथि नै आक्रमण गर्न खोज्दै गर्दा, गुलेलीताक्यो भने, बाँदर डराएर भाग्ने हुदापनि यसबाट केही राहतहुने गरेको बताए ।

घरेलु र परम्परागत रुपमा घरेलु हतियारका रुपमा प्रयोग हुदै आएको गुलेली, र मटेंग्राको प्रयोग गर्ने काम शुरु भए पछि, अहिले अत्यान्तै यो कार्य लोकप्रियभई रहेको छ । समस्याको समाधान परम्परागत रुपमा पनि गर्न सकिन्छ भन्ने मूल्य र मान्यता अनुसार यसरी स्थानीय किसानलाई गुलेली वितरणको काम शुरुहुनु आफैमा अत्यान्तै राम्रो कामभएको रुरु गाउँपालिका रिडीबजार निवासी स्थानीय व्यवसायी किशोर श्रेष्ठले बताए ।


रुरुक्षेत्र गाउँपालिका वडाको ग्वादीका ३७ बर्षिय किसान जगत तिवारीले बाँदर आतंकका कारण समस्या भएको र आफुहरु संग गुलेली पनि नभएको गुनासो गरे पछि, नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले, एक कार्यक्रमको आयोजना गरेर त्यहाँका किसानलाई गुलेली र मटेंग्रादिनु भएकोमा धन्यावाद प्रदान गरे ।

स्थानीय समाजसेवी तथा नेपाली काँग्रेस क्षेत्र १ प्रदेश १ का उपसभापति मंगलवहादुर रेगामीले, यो एउटा नमूनाको रुपमा काम भएको भएता पनि गाउँका बाँदर पीडित किसानका समस्याहरुको समाधानमा यो कार्य एउटा महत्वपुर्ण कामहो, स्थानीय सरकारहरुले पनि यस्ता कार्यलाई प्राथमिकता दिनुपर्छ भने ।

SHARE