Thursday, June 4, 2026

सुनको मूल्य हालसम्कै उच्च

0

वैशाख ८,२०८२ काठमाडौँ : सुनको मूल्य हालसम्मकै उच्च रहेको छ ।

सुन प्रतितोला एक लाख ९१ हजारमा कारोवार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

आइतबार तोलामा रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला एक हजार दुई सयले बढेको हो ।

गुल्मीमा राहदानीबाट एक हप्तामा आठ लाख बढी राजस्व संकलन

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

वैशाख ८,२०८२ गुल्मी : गुल्मीमा राहदानीबाट आठ लाख ६५ हजार र संस्था नविकरणबाट छ हजार गरि कुल आठ लाख ७१ हजार रुपियाँ राजस्व सङकलन भएको गैरेले जानकारी दिनुभयो ।

गत आइतबारदेखी शुक्रबारसम्म १८२ जनाले राहदानी बनाएको र रादानीबाट उक्त राजस्व संकलन भएको सहायक प्रमुुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

प्रशासनको अभिलेख अनुसार एक हप्तामा १०७ जनाले नयाँ नागरिकता बनाउँदा १०१ जनाले प्रतिलिपि बनाएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक हप्ताको अवधिमा १०७ जनाले नयाँ नागरिकता बनाउँदा १०१जनाले प्रतिलिपि बनाएको बताउनुभयो ।

नागरिकहरुले नागरिकतालाई माया नगर्ने, जथाभावी फयाक्ने र सानातीना गल्तीहरु भएका कारण पनि प्रतिलिपि बनाउँने बढेको उहाँको भनाइ छ । यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रुपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाहरुकोमा श्रीमान श्रीमती र बाबु आमाको नाम नमिल्ने कारण पनि अर्को रहेको गैरेले बताउनुभयो ।

गत आइतबार देखी शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता १०७, प्रतिलिपि १०१, नावलक परिचयपत्र १५ ,राहदानीको आवेदन सङकलन १८२, राहदानी वितरण १८२, राष्ट्रिय परिचयपत्रका लागि आवेदन ३६५, परिचयपत्र वितरण ४२०, संस्था दर्ता तथा नविकरण चार र ८४ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

पाल्पा जिप दुर्घटनामा किशोरीको मृत्यु, पाँच घाइते

0

वैशाख ८ ,२०८२ पाल्पा : पाल्पाको बगनासकाली–४, बेल डाँडामा जिप दुर्घटना हुँदा एक जना किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला कालीगण्डकी–३, बैघाकी १७ वर्षीया एलिजा सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आइतबार बेलुकी ८ बजेतिर तानसेनबाट बगनासकाली खानीछाँप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली गाउँपालिका वडा नं ४ स्थित, बेल डाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी सारूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये बगनासकाली–४, भालेबासकी ३५ वर्षीया निता दर्लामी गम्भीर घाइते हुनुभएको छ । घाइतेहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

शिशिर घिमिरे स्मृति दिवस विशेष कार्यक्रम सम्पन्न

0

वैशाख ७,२०८२ : स्व शिशिर घिमिरेको सम्झनामा स्थापित शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३० औँ राष्ट्रिय छन्द दिवसको अवसर पारेर एक विशिष्ट कार्यक्रमको आयोजना गर्‍यो, जसले बर्दिवासलाई एक दिन साहित्यिक रंगमा रंगायो ।

प्रेम घिमिरे अग्नि कवचु को अध्यक्षता र प्रदेशसभा सदस्य माननीय शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रा। डा। सुमन कर्माचार्यलाई “शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१” बाट सम्मानित गरियो। नगद १५,५५५ रुपैयाँ सहित प्रदान गरिएको यो सम्मान उहाँको साहित्यिक योगदान र समाजसेवाको कदर स्वरूप गरिएको हो ।

कार्यक्रमले सामाजिक उत्तरदायित्वको एउटा सशक्त सन्देश पनि बोकेको थियो । भारतको सितामढीबाट आएका महमद कामरुदिन नदाफले विशेष शारीरिक क्षमता भएका दुई विद्यार्थीहरू — गरिमा परियार र दिनेश महतोलाई जनही ५५५५ रुपैयाँ छात्रवृत्ति प्रदान गर्दै साहित्य, सद्भाव र सेवाको त्रिकोणीय सम्बन्धलाई उजागर गरेको छ। त्यस्तै शिक्षाप्रेमी मिना देवकोटाले सुस्मिता कट्वाललाई २५५५ रुपैयाँ छात्रवृत्तिसहित सम्मान गर्नुभयो ।

कार्यक्रमले कवि र सर्जकहरूको बहार प्रस्तुत गर्‍यो । कुमार कुसुमदेखि डा। जो जोनसन र डा। जेनी हेरिङटनसम्मका सर्जकहरूले कविता, गजल र गीत वाचन गर्दै भाषा, लय र भावको संगम प्रस्तुत गर्नुभयो । सहभागी सबै सर्जकहरूलाई दिवंगत शिशिर घिमिरेकी आमा देवी घिमिरेबाट प्रशंसा पत्र प्रदान गरियो, जुन दृश्यले उपस्थित धेरैको मन छोएको थियो ।

कार्यक्रमको माहोललाई अझ गहिरो बनाउने नामहरूमा थिए — हिरा गौतम, सरिता ढुङ्गाना, नारायण घिमिरे, विष्णु खड्का, रुद्रसेन विश्वकर्मा, विमला विक, निला घिमिरे लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू ।

मुख्य अतिथि शारदा थापाले आफ्नो मन्तव्यमा साहित्य क्षेत्रको ऊर्जामय अभियानमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानको भूमिका अत्यन्त प्रेरणादायी रहेको बताउँदै संस्थाको उज्यालो भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।

सम्मानित स्रष्टाहरू बोधकुमार घिमिरे र डा। कर्माचार्यले संस्थाप्रति आभार प्रकट गर्दै मोफसलमै यस्तो स्तरीय कार्यक्रम आयोजना हुनु आफैंमा एक प्रेरणा भएको धारणा राख्नुभयो ।

कार्यक्रमको सञ्चालन सर्जक नारद काफ्लेले र स्वागत शब्द सर्जक भिमकुमार राउतले प्रस्तुत गनूृभएको थियो । कार्यक्रम बर्दिवासस्थित विनायक ब्याङ्क्वेटको सभाहलमा भव्य रूपमा सम्पन्न भएको थियो ।

नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार

0

वैशाख ७,२०८२ बाँके । बाँकेको नरैनापुर गाँउपालिकामा नवीकरणीय सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरुसंग छलफल गरिएको छ । सौर्य ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित परियोजना सञ्चालन गर्न विदेशी लगानीकर्ताहरु संग छलफल गरिएको नरैनापुर गााउपालिकाका अध्यक्ष शैयद इश्तियाक अहमद शाहले बताउनुभयो ।

नरैनापुर गााउपालिकाका अध्यक्ष शाह, लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, खजुरा गाँउपालिका वडा नं। २ का वडा अध्यक्ष धनिराम ओली, सौर्य उर्जाका विज्ञ भरत विश्वकर्मा, नरैनापुरका प्रेस बिज्ञ आलम खानले भारतीय लगानीकर्ताहरु संग नयाँ परियोजना सम्बन्धमा शनिबार नेपालगंजमा बृहत छलफल गरेका थिए । नरैनापुर जिल्लाको मात्र नभई यस क्षेत्रकै सबैभन्दा पिछडिएको क्षेत्र भएकोले यहाँ सौर्य ऊर्जा उत्पादन गर्न सके यस पालिकाको मुहारनै फेर्ने स्थानीयहरुले दावी गरेका छन् ।

एकीकृत रुपमा जग्गा उपयोगमा ल्याउन नयाँ परियोजना ल्याएर आम्दानीको स्रोत कायम गर्न विदेशी लगानीकर्तासँग सहकार्य गर्न नरैनापुर अघि बढेको हो । नरैनापुरमा रहेको खाली जग्गालाई एकीकृत रुपमा सबै जग्गा उपभोगमा ल्याउन विदेशी लगानीकर्तासँग सहकार्य गर्न कदम अघि बढाएको नरैनापुरका अध्यक्ष शाहले बताउनु भयो ।

नरैनापुर सहित बाँके जिल्लालाई आधार बनाएर सोलार प्रणालीबाट सौर्य ऊर्जा उत्पादन गर्न करिब ७० करोड रुपैयाँ लगानी गर्न इच्छुक रहेको भारतीय लगानीकर्ता रोहनराज हेडजेले बताउनु भयो । उहाँले सरकारी स्तरबाट सहज रुपमा समन्वय भए आफूहरुले निकट भविष्यमा नै नरैनापुरबाट सौर्य उर्जा उत्पादन गरी ‘सुखी नेपाल, समृद्ध नेपाल निर्माण’ अभियानमा योगदान पुर्याउने जिकिर गर्नुभयो ।

उक्त परियोजनाबाट सुरुमा १० मेगावाट बाट वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गरी सिधै ग्रिडमा जोड्ने योजना रहेको लगानीकर्ताको भनाइ छ ।

‘सुखी नेपाल, समृद्ध नेपाल निर्माण’ अभियानमा योगदान पु¥याउने उद्देश्यले सौर्य उर्जा जडानका विषयमा छलफल सुरु भएको बताउदै लुम्बिनी प्रदेश सभा सदस्य केसीले उक्त परियोजना संचालन गर्न सके नरैनापुर मात्र नभएर राप्ती सोनारी र डुडुवा गाँउपालिकाका नागरिकलाई कृषि लगायतको व्यवासय गर्न सहज हुने जिकिर गर्नुभयो ।

नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ अनुसार व्यावसायिक प्रयोजनमा एक हजार पाँच सय वाट पिक क्षमताभन्दा बढी र घरायसी प्रयोजनमा पाँच सय वाट पिक क्षमताभन्दा बढीका सौर्य ऊर्जा प्रणाली जडान गर्न पाँचवर्षे मासिक किस्तामा बैङ्क ऋण पाइने सुविधा छ । यसरी ऋण लिँदा व्यावसायिक प्रयोजनमा ब्याजको ५० प्रतिशत रकम र घरायसी प्रयोजनमा ब्याजको ७५ प्रतिशत रकम अनुदान स्वरूप बैङ्कमार्फत उपलब्ध गराउने प्रावधान छ ।

त्यसै गरी केन्द्रीय नवीकरणीय ऊर्जा कोष सञ्चालन निर्देशिका, २०७१ मा राष्ट्रिय प्रसारणमा जडान हुने र कम्तीमा वार्षिक उत्पादित विद्युत्को ५१ प्रतिशत स्वउपयोग गर्ने क्याप्टिभ आयोजनालाई कर्जाको ब्याजमा वित्तीय संस्थाले तोकेको ब्याजको पाँच वर्षसम्म बढीमा ५० प्रतिशतसम्म ब्याज सहुलियत पाइने उल्लेख छ । यस्तै उत्पादित विद्युत्मा पाँच वर्षसम्म प्रतियुनिट बढीमा एक रुपियाँ पचास पैसा भायबिलिटी ग्याप फन्डिङ (भिजिएफ) उपलब्ध गराउने व्यवस्था छ ।

बुटवलमा युवतीमाथि गोली प्रहार

0
सांकेतिक तस्बिर

वैशाख ६,२०८२ रुपन्देहीः बुटवल उपमहानगरपालिका वडा नम्वर ११ बुद्धनगरमा शनिबारबिहान एक युवती माथि गोली प्रहार भएको छ ।

पाल्पाको रैनादेवी छहरा घर भई बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्री माथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार क्षेत्रीककोकम्मर माथि ढाडमा गोली लागेको छ भने निजलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लागि पठाइएको छ ।

घटनाको थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा मृगेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित

0

अनिल खत्री
२२ चैत, गुल्मी । गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा मृगेन्द्रप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि मात्रै भएको मतदनमा श्रेष्ठ र रामप्रसाद पन्थी बिच प्रतिस्पर्धा भएको थियो ।

अध्यक्ष पदमा भएको मतदानमा श्रेष्ठले ३२१ मत ल्याएर बिजयी भएको गुल्मी उद्योग वाणिज्य संघ निर्वाचन अधिकृत बिष्णुप्रसाद बलालले बताउनुभयो । उहाँका प्रतिस्पर्धी पन्थीले २०१ मत ल्याएर पराजीत हुनुभएको छ ।
मतदानमा १३ वटा मत बदर भएका थिए । अध्यक्षका लागि काँग्रेस निकट व्यवसायी मृगेन्द्रप्रसाद श्रेष्ठ र रामप्रसाद पन्थी चुनावी प्रतिस्पर्धामा थिए ।

कुल ५ सय ८५ मतदातामध्ये ५३५ जनाले मतदान गरेका थिए । गुल्मी उद्योग वाणिज्य संघमा अध्यक्षका बाहेक सबै पदमा निर्विरोध भइसकेको निर्वाचन अधिकृत बलालले बताउनुभयो ।

गुल्मी उद्योग वाणिज्य संघको उपाध्यक्षमा इश्वरीप्रसाद बेल्वासे, गोपालप्रसाद भुसाल, ताराप्रसाद भुसाल, महासचिवमा चेतनारायण पाण्डे, सचिवमा बिष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा इश्वरी कँडेल, सहकोषाध्यक्षमा कृष्ण खनाल निर्वाचित भएका छन् ।
जसको सदस्यहरूमा महेशकुमारराज भण्डारी, बादल श्रेष्ठ, तोमलाल पन्थी, ज्ञानबहादुर भलामी, किशोरप्रसाद मरासिनी, रामु सुनार, चन्द्रमणी भण्डारी, चन्द्रमणी पाण्डे, कमला श्रेष्ठ र शशी केसी निर्वाचित भएका छन् ।

आगामी ३ वर्षका लागि संघमा १८ सदस्यीय समिति गठन भएको छ । अध्यक्षका लागि प्रस्पिर्धामा रहेका रामप्रसाद पन्थी यसअघि बरिष्ठ उपाध्यक्ष थिए । अध्यक्ष पदमा निर्वाचित श्रेष्ठ यसअघि उपाध्यक्षमा थिए ।

गुल्मी उद्योग वाणिज्यको गत ८ गते रेसुङ्गामा ३३ औं साधारणसभा भएको थियो । ९ गते अधिवेशन हुने तयारी भएपनि सहमतीमा मिलाउनका लागि सारिएको थियो । तर मिलाउन नसक्दा चुनावी प्रतिस्पर्धा भएको हो ।

पत्रकार डिवी खडकासहित उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी सम्मान

0

चैत १६,२०८१ गुल्मीः गुल्मीको मालिका गाउँपालिका वडा नम्बर आठ मर्भुङ्गले उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ। शैक्षिक सुधारको उद्देश्यले विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको हो ।
वडा भित्र रहेका तीन उत्कृष्ट विद्यालय, आठ विद्यालयका उत्कृष्ट शिक्षक र कक्षामा प्रथम हुने विद्यार्थीलाई सम्मानित भएका हुन ।जहाँ ५६ जना विषय शिक्षक, ४४ जना कक्षामा प्रथम भएका विद्यार्थी र ३ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई सम्मान दिईएको वडा सचीव सुशील अर्यालले जानकारी दिनुभयो ।

अघिल्लो शैक्षिक सत्रको उत्कृष्ट कार्यसम्पादनको आधारमा उक्त सम्मान प्रदान गरिएको थियो। शिक्षक, विद्यार्थी र समितिका सदस्यहरूलाई प्रोत्साहन गर्ने र शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्य राखिएको वडा अध्यक्ष सूर्य बहादुर जिसीले बताउनुभयो।
कार्यक्रममा सहभागी सम्मानित शिक्षक विष्णुप्रसाद अर्यालले स्थानीय सरकारले शैक्षिक क्षेत्रप्रति देखाएको चासोले हामीलाई थप जिम्मेवार बनाएको बताउँदै यसले हामीलाई अझ मेहनत गर्न प्रेरितगर्नेमा जोड दिनुभयो ।

त्यस्तै उत्कृष्ट विद्यालय व्यवस्थापन समिती बाट सम्मानित भएका थानपती आधारभुत विद्यालयका अध्यक्ष डिबी खड्काले सम्मानले उर्जा भरेको अब विद्यालय ,शिक्षक बीच स्वस्थ प्रतिस्पर्धा हुनु पर्ने बताउनुभयो । साथै अध्यक्ष खड्काले वडाले गरेको कार्य नौलो र प्रेरणादायी रहेको हुँदा कार्यक्रमलाई निरंतरता दिनु पर्ने प्रतिक्रिया ब्याक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले पछिल्लो समय ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खसक्नु,शिक्षक, विद्यार्थी र विद्यालयको नेतृत्व गर्ने नागरिकको अभाव हुन थालेको बताउदै यसलाई समाधान गर्न नयाँ योजना बनाएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

सुनको मूल्य हालसम्मकै उच्च

0

चैत १५,२०८१ : सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

सिडियो कार्यालय अगाडि नै उर्जामन्त्रीकाे पुत्ला दहन

0

चैत १३,२०८१ गुल्मी: गुल्मीमा उर्जामन्त्री दिपक खड्काकाे पुत्ला दहन गरिएको छ ।

नेकपा माओवादी केन्द्र, रेसुङ्गा नगरकमिटीले मंगलबार सिडियो कार्यालय गुल्मीकै अगाडि पुत्ला दहन गरेको हाे । सरकारले साेमबारमात्रै नेपाल विध्धुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियाे ।

त्यसैकाे विराेधस्वरूप गुल्मीमा माओवादी केन्द्रले पुत्ला दहन गरेको हाे ।

वर्तमान सरकारले व्याप्त भ्रष्टाचार र अनियमितालाई संरक्षण गरेकाे भन्दै त्यसकाे विराेधमा पुत्ला दहन गरिएको पार्टी जिल्ला सचिव अशाेक थापाले जानकारी दिनुभयो।