सिडियो कार्यालय अगाडि नै उर्जामन्त्रीकाे पुत्ला दहन

0
36

चैत १३,२०८१ गुल्मी: गुल्मीमा उर्जामन्त्री दिपक खड्काकाे पुत्ला दहन गरिएको छ ।

नेकपा माओवादी केन्द्र, रेसुङ्गा नगरकमिटीले मंगलबार सिडियो कार्यालय गुल्मीकै अगाडि पुत्ला दहन गरेको हाे । सरकारले साेमबारमात्रै नेपाल विध्धुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियाे ।

त्यसैकाे विराेधस्वरूप गुल्मीमा माओवादी केन्द्रले पुत्ला दहन गरेको हाे ।

वर्तमान सरकारले व्याप्त भ्रष्टाचार र अनियमितालाई संरक्षण गरेकाे भन्दै त्यसकाे विराेधमा पुत्ला दहन गरिएको पार्टी जिल्ला सचिव अशाेक थापाले जानकारी दिनुभयो।

SHARE