Thursday, June 4, 2026

गणतन्त्र दिवस : गुल्मीमा वृक्षरोपणसंगै सरसफाइ गरिने

0

गुल्मी, जेठ १२ गते। गुल्मीमा गणतन्त्र दिवस २०८२ को अवसरमा वृक्षरोपणसंगै सरसफाइ गरिने भएको छ। यहि जेठ १४, १५ र १६ गते तीन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेर यस जिल्लामा गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउन लागिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले जानकारी दिनुभयो।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षासहित प्राप्त उपलब्धिहरूलाई जनस्तरमा पुर्‍याउने गरी दिवसलाई रचनात्मक रुपमा मनाउन थालिएको उहाँले बताउनुभयो। १४ गते यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर-५, को वडा कार्यालय परिसरमा वृक्षारोपण गरिनेभएको छ। १५ गते यस जिल्लाको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा अवस्थित रेसुङ्गा महापोखरी क्षेत्रदेखि रेसुङ्गा पार्कसम्म सरसफाइ गरिने उहाँले बताउनुभयो।

जेठ १६ गते जिल्लाका सम्पूर्ण सरकारी निकाय, संघ-संस्था र नागरिक घर घरमा साँझ दीप प्रज्वलन गरिने कार्यक्रम रहेको छ। नेपाली जनताको संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्र भएको हुँदा गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउने दायित्व र जिम्मेवारी सम्पूर्ण नेपाली जनताको भएको बताउनुभयो।

यस जिल्लामा गणतन्त्र दिवसलाई भव्य रुपमा मनाउन समन्वय प्रमुख खत्रीले सबैलाई आव्हान गर्नुभयो। तीनसम्म हुने कार्यक्रममा क्रियाशील राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था र आम नागरिकलाई सहभागी हुन समेत उहाँले आग्रह गर्नुभयो।

मुसिकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

0

जेठ,९,२०८२ रुकुमः विद्युत मर्मत गर्ने क्रममा रूकुम पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मुसिकोट नगरपालिका–३ मा विद्युतको पोलमा चढेर लाइन मर्मत गर्ने क्रममा गएराति साढे १० बजे करेन्ट लागेर रूकुम पूर्व सिस्ने गाउँपालिका–३ का २९ वर्षीय खिमबहादुर खड्काको ज्यान गएको प्रहरीले जनाएको छ।

विद्युत प्रशारण रोकिएपछि पोलमा चढेर लाइन बनाउने क्रममा करेन्ट लागेर खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँच हजारले बढ्यो सुनको मूल्य

0

जेठ ७,२०८२ : सुनको मुल्य आज तोलामा पाँच हजारले वृद्धि भएको बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८९ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी एक हजार ९९० मा कारोबार भइरहेको जनाएकोछ ।

घरेलु कार्यालयद्धारा उद्यमीका लागि व्यवसाय योजनासँगै ऋण सहजीकरण कार्यक्रम

0

वैशाख ३१,२०८२ गुल्मीः गुल्मीको कालीगण्डकी गाउँपालिकामा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले व्यावसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रियामा सहजीकरण कार्यक्रम सम्पन्न भएको छ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना तथा कालीगण्डकी गाउँपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा कार्यालय प्रमुख राजीव अर्यालको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापा मगर प्रमुख अतिथि रहनुभएको थियो।

विशेष अतिथिका रूपमा उपाध्यक्ष मन्जु कुमारी दर्लामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर थापा, लेखा अधिकृत होबनाथ पौडेल, आ।ले।प। शाखाका प्रतिनिधि गोविन्द कार्की, वडा नं। ६ का वडाध्यक्ष पूर्ण थापा , वडा जं ४ का वडाध्यक्ष होम बहादुर थापालगायतका जनप्रतिनिधि,प्रहरी चौकी पूर्तिघाट गुल्मीका प्रहरी सहायक निरिक्षक कमल बन्जाडे तथा पालिकाका विभिन्न वडाबाट करिब ५० जना उद्यमीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य होबनाथ पौडेलले दिनुभएको थियो भने शुभकामना मन्तव्य गाउँपालिका अध्यक्ष वेद बहादुर थापाबाट प्रस्तुत गरिएको थियो। कार्यक्रमको प्रशिक्षण त्रिविक्रम ज्ञवाली र कुमारी बैंक रिडी शाखाका प्रबन्धक भीष्म ज्ञवालीले दिनुभएको थियो। कार्यक्रममा सहभागी उद्यमीहरूसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरिएको थियो।


कार्यक्रमको बारेमा मन्जु कुमारी दर्लामी तथा नि प्रशासकिय अधिकृत चन्द्र ब थापाले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन मिलन भण्डारीले गर्नुभएको थियो भने समापन मन्तव्य घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले राख्नुभएको थियो ।

कार्यक्रममार्फत स्थानीय उद्यमीहरूलाई व्यवसाय योजना तयार गर्ने तरिका, ऋण प्राप्तिका उपाय, बैंकिङ प्रक्रियाबारे जानकारी दिइएको थियो । राजिव अर्यालले कार्यक्रमको सहजिकण गरेकोमा कालिगण्डकी गाउँपालिकालाई धन्यवाद समेत दिनुभएको थियो ।

वाइसिएल गुल्मीको अध्यक्षमा रवि

0

वैशाख ३०,२०८२ गुल्मी : वाइसिएल नेपाल गुल्मीको अध्यक्षमा रवि कंडेल चयन हुनुभएको छ ।

मंगलबार सदरमुकाम तम्घासमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट कंडेल सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ । जसको उपाध्यक्षमा लीलामणी ज्ञवाली,केशव भण्डारी, लीलबहादुर वोहोरा,तारा बिक रहनुभएको छ । यस्तै सचिवमा गोविन्द हितान,सहसचिवमा प्रकाश सुनार,युवराज चन्द,दीपक बुढा,पिटर बिक र कोषाध्यक्षमा तीर्सना नेपालीसहित ५१ सदस्य रहेको जिल्ला कार्य समिति चयन भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारले सुशासनका कार्यहरु गर्दा सरकारबाट बाहिरिनु परेको बताउनुभएको छ ।

वर्तमान सरकार बिचौलीयाको भएको बताउँदै जनताको पक्षमा कुनै काम गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

पौडी खेल्दा छल्दी खोलामा डुवेर बेपत्ता

0

वैशाख २८,२०८२ गुल्मीः गुल्मीमा पौडी खेल्दा खोलामा डुवेर एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार मुसिकोट नगरपालिका वडा नम्वर ४ को छल्दी खोलामा पौडी खेल्दा वडा नम्वर ६ का १७ वर्षीय ग्रिस्म शर्मा वेपत्ता भएका हुन् । आइतबार दिउँसो साथीहरुसँग पौडी खेल्न गएका शर्मा वेपत्ता भएको र निजको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा स्थलगत मुचुल्काका लागि प्रहरी निरीक्षक भुपेन्द्र थापाको नेतृत्वमा सात जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

छ सयले बढ्यो सुनको मूल्य

0

वैशाख २५,२०८२ काठमाडौँ : सुन तोलामा रु ६०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार सुनको मूल्य एक लाख ९२ हजार २०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९५५ मा बेचबिखन भइरहेको छ ।

बुधबार (हिजो) प्रतितोला सुन एक लाख ९१ हजार ६०० मा खरिदबिक्री भएको थियो ।

सुनको मूल्यमा वृद्धि

0

वैशाख २४,२०८२ काठमाडौं : सुनको मूल्यमा वृद्धि भएको छ । बुधबार तोलामा एक हजार ७०० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ ।

कानुन बनाउने निकायमा जनताको सिधा पहुँच आवश्यक : सभामुख

0

वैशाख २१,२०८२रुपन्देही ः लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन बनाउने निकायमा जनताको सिधा पहुँच बढाउन जरुरी रहेको बताउनु भएको छ । जनताको प्रतिनिधित्वमा बन्ने कानुन नै जनताको कानुन हुने बताउनु हुँदै उहाँले जनताको पक्षमा कानुन बनोस भन्ने सतर्कता अनुरुप नै ब्यवस्थापिकलाई कानुन बनाउने अधिकार दिईएको र सोही अनुसार बिश्वमा अभ्यास भईरहेको उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सचिवालयले आज बुटवलमा आयोजना गरेको शैक्षिक संस्थाहरुमा अध्ययरत बिद्यार्थीहरुको लागी अभ्यास संसद कार्यक्रमको उदघाटन गर्नुहुँदै लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले संसद जनताको सार्बभौमसत्ता प्रयोग गर्न थलो भएको बताउनुभयो । लुम्बिनी प्रदेश सभाले जनताको सार्बभौमिकता प्रयोग गरि प्रदेशलाई आवश्यकत पर्ने कानुन निर्माण गर्ने गरिएको बताउनु भयो । प्रदेश सभाले कानुन बनाउने, सरकार बनाउने, नीति कार्यक्रम बनाउने र संसदीय निगरानी गर्ने रहेको बताउनु हुँदै उहाँले प्रदेश सभामा पहुँच वृद्धि गर्न विद्यार्थीसंग कार्यक्रम गरिएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका उप(सभामुख मेनुका खाड केसीले मुलुकको जिम्मेवारी युवाको काधमा आएको बताउनु हुँदै युबा पुस्ताले स्वदेश मै सम्भावना देख्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नू भयो(ू पढेलेखेका सक्षम युवा बिदेश जाने रु यहाँ कस्ले गर्छ नेतृत्व रुू युवाहरु राजनीतिमा आउन जरुरी रहेकोे उहाँको भनाई छ ।

लुम्बिनी बौद्ध बिश्वबिद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन डा। हरिशरण चखुँले अभ्यास संसद कार्यक्रमको लागि सि टि क्याम्पसलाई छनोट गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले यो कार्यक्रमले बिद्यार्थीलाई ब्यवहारिक ज्ञान दिलाउने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नुहुदै लुम्बिनी प्रदेश सभा सचिवालयका सचिब दुर्लभ कुमार पुनले कानुन कसरी बनाईन्छ भन्नेकुरा ब्यवहारिक रुपमा अभ्यास गराईने र यसले बिद्यार्थीलाई कानुन निर्माणको ब्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने बताउनुभयो ।

दुई दिन सम्म बुटवलमा संचालन हुने उक्त कार्यक्रममा लुम्बिनी बौद्ध बिश्वबिद्यालय स्कुल अफ ल सिटि क्याम्पस बुटवलका कानुनका १ सय बढी बिद्यार्थीहरु सहभागी हुनुहुन्छ । कानुन निर्माण प्रक्रियाको विषयमा ब्यवहारिक ज्ञान दिने उदेश्यले प्रदेश सभा सचिवालयले यो कार्यक्रम संचालन गरेको हो ।

महिलाले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा

0

वैशाख २०,२०८२ बर्दिया : बर्दियामा महिलाहरुले सञ्चालन गरेको ढाका उद्योग सङ्कटमा परेको छ ।

पाल्पा पछि पश्चिम नेपालको बर्दिया जिल्ला बढैयाताल गाउँपालिका ८ स्थित कालिका महिला उद्यमी समूहले चार बर्ष अघिदेखि सञ्चालनमा ल्याएको ढाका उद्योग आर्थिक अभाव बढ्दै जादा बन्द हुने अवस्थामा पुगेको हो ।

सञ्चालनका समयमा ढाकाको कुर्ता सुरवाल, सर्ट, पछ्यौरा, चोलोलगायतका सामग्री उत्पादन हुने उद्योगमा आर्थिक सङ्कट पर्दै जान थालेपछि हाल आएर साडी मात्र उत्पादन गर्ने गरिएको छ । साथै सञ्चालनको समयमा १३ जनालाई रोजगारी दिएको उद्योगले अहिले कटौती गरेर पाँच जनालाई रोजगारी दिएको छ ।

बर्दियाबाट उत्पादन भएको ढाकाका सामग्री बर्दिया, बाँकेलगायत काठमाडौँसम्म बिक्री हुने गरेको थियो, तर आर्थिक अभावले सामग्री उत्पादन घट्दै जान थालेपछि बजार क्षेत्र समेत खुम्चिँदै गएको छ । कालिका महिला उद्यमी समूहमा आवद्ध महिलाहरु बढैयाताल गाउँपालिकासँग सहयोग माग्दा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीले उद्योगका बारेमा आफुहरुले गीत गाएर प्रचारप्रसार गरेको तर आर्थिक सहयोग गर्न नसकिने जवाफ दिएको र गत वर्ष गाउँपालिकाले उद्योगका लागि गाउँसभाबाट बिनियोजन गरेको बजेट समेत नदिएको समूहका अध्यक्ष निलम गौतमले बताउनुभयो ।

महिलाहरु मिलेर पश्चिम नेपालमानै ढाका उत्पादन गर्न सके राम्रो बजार पाउने आसयले उद्योग स्थापान गरिएको भए पनि स्थानीय तहबाट कुनै सहयोगक नभएपछि उत्पादन घटाउँदै लगिएको समूहका सचिव बविता पुन मगरले बताउनुभयो । बढैयाताल गाउँपालिकाको वडा नं। ८ मा पर्ने ढाका उद्योगलाई ८ नं। वडा कार्यालयले यस आर्थिकवर्षमा एक लाख सहयोग गर्ने निर्णय गरेको भए पनि हालसम्म भुक्तानी हुन नसकेको वडा अध्यक्ष तेजनाथ पौडेलले जानकारी दिनुभयो । बर्दियामा सञ्चालन गरिएको ढाका सामग्री उत्पादन गर्ने उद्योगलाई संवर्धन र प्रवर्धन गर्न सक्ने हो भने यसले रोजगारी र आमदानी सँगसँगै लैजान सक्ने देखिन्छ ।गोरखापत्र अनलाइनबाट