वाइसिएल गुल्मीको अध्यक्षमा रवि

0
191

वैशाख ३०,२०८२ गुल्मी : वाइसिएल नेपाल गुल्मीको अध्यक्षमा रवि कंडेल चयन हुनुभएको छ ।

मंगलबार सदरमुकाम तम्घासमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट कंडेल सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ । जसको उपाध्यक्षमा लीलामणी ज्ञवाली,केशव भण्डारी, लीलबहादुर वोहोरा,तारा बिक रहनुभएको छ । यस्तै सचिवमा गोविन्द हितान,सहसचिवमा प्रकाश सुनार,युवराज चन्द,दीपक बुढा,पिटर बिक र कोषाध्यक्षमा तीर्सना नेपालीसहित ५१ सदस्य रहेको जिल्ला कार्य समिति चयन भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारले सुशासनका कार्यहरु गर्दा सरकारबाट बाहिरिनु परेको बताउनुभएको छ ।

वर्तमान सरकार बिचौलीयाको भएको बताउँदै जनताको पक्षमा कुनै काम गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

SHARE