
वैशाख ३१,२०८२ गुल्मीः गुल्मीको कालीगण्डकी गाउँपालिकामा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले व्यावसायिक योजना तयारी र ऋण प्राप्ति प्रक्रियामा सहजीकरण कार्यक्रम सम्पन्न भएको छ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजना तथा कालीगण्डकी गाउँपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा कार्यालय प्रमुख राजीव अर्यालको अध्यक्षतामा गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापा मगर प्रमुख अतिथि रहनुभएको थियो।
विशेष अतिथिका रूपमा उपाध्यक्ष मन्जु कुमारी दर्लामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्र बहादुर थापा, लेखा अधिकृत होबनाथ पौडेल, आ।ले।प। शाखाका प्रतिनिधि गोविन्द कार्की, वडा नं। ६ का वडाध्यक्ष पूर्ण थापा , वडा जं ४ का वडाध्यक्ष होम बहादुर थापालगायतका जनप्रतिनिधि,प्रहरी चौकी पूर्तिघाट गुल्मीका प्रहरी सहायक निरिक्षक कमल बन्जाडे तथा पालिकाका विभिन्न वडाबाट करिब ५० जना उद्यमीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको स्वागत मन्तव्य होबनाथ पौडेलले दिनुभएको थियो भने शुभकामना मन्तव्य गाउँपालिका अध्यक्ष वेद बहादुर थापाबाट प्रस्तुत गरिएको थियो। कार्यक्रमको प्रशिक्षण त्रिविक्रम ज्ञवाली र कुमारी बैंक रिडी शाखाका प्रबन्धक भीष्म ज्ञवालीले दिनुभएको थियो। कार्यक्रममा सहभागी उद्यमीहरूसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरिएको थियो।

कार्यक्रमको बारेमा मन्जु कुमारी दर्लामी तथा नि प्रशासकिय अधिकृत चन्द्र ब थापाले राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन मिलन भण्डारीले गर्नुभएको थियो भने समापन मन्तव्य घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले राख्नुभएको थियो ।
कार्यक्रममार्फत स्थानीय उद्यमीहरूलाई व्यवसाय योजना तयार गर्ने तरिका, ऋण प्राप्तिका उपाय, बैंकिङ प्रक्रियाबारे जानकारी दिइएको थियो । राजिव अर्यालले कार्यक्रमको सहजिकण गरेकोमा कालिगण्डकी गाउँपालिकालाई धन्यवाद समेत दिनुभएको थियो ।







