Saturday, June 6, 2026

बाल दिवसका अवसरमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान

0

भदौ ३०,२०७९ बाँके : बाँकेको नरैनापुर गाँउपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाँउपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर आज महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाँउपालिका भित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।

सो गाँउपालिकाले २६ विद्यार्थीलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीहरु मध्य दिक्षिणा यादव र पवन सिंह यादवले एसईईमा सर्र्बोत्कृष्ट अंक ल्याएर पास भएको भन्दै दुबै जनालाई ल्यापटप प्रदान गरिएको थियो भने अरु उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान,कापी झोला, प्रमाणपत्र र खादा लगाएको थियो ।

कार्यक्रममा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको रोड निर्माण गर्नु मात्र नभएको बताउदै उनले शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिक रुपमा विकास हुदै जाने बताए ।

अध्यक्ष शाहले कार्यक्रमलाई सम्बोधन गर्दै भने, सर्बोत्कृष्ट २ जनालाई आज जसरी ल्यापटप प्रदान गरिएको छ यसै गरी तपाईहरु पनि मेहनत गर्नु होस सर्बोत्कृष्ट हुने सबै विद्यार्थीहरुलाई ल्यापटप प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । गाँउपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको बताए ।

गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद थारुले नरैनापुर भित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसलास्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिए ।

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन उर्जा प्रदान गर्ने उनको भनाइ थियो ।

यसैगरी वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यले शिक्षा क्षेत्रमा राजनिति नगर्न सबैलाई आग्रह गर्दै शिक्षा क्षेत्रको सुधारका लागि जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको बताउदै उनले नरैनापुर ५ लाई अबको ५ वर्षमा शिक्षाको हब बनाउने बताए ।

कार्यक्रममा गाँउपालिका अध्यक्षसँगै प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. १ का अध्यक्ष इशाक जोलाह, वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ५ का अध्यक्ष कृष्ण मौर्य, वडा नं. ४ का अध्यक्ष मनोज मिश्रा, जिन्सी शाखा प्रमुख भरत महतो, विपत शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, कमल केसी लगायतले सम्मान प्राप्त विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

सोही गाँउपालिकाको वडा नं. ६ मा रहेकोे नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जमुनीले आजै ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वक्तृत्वकला कार्यक्रमसमेत आयोजना गरेको थियो । वक्तृत्वकलामा उत्कृष्ट भएकाहरुलाई गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पुरस्कार वितरण गर्नु भएको थियो ।

बाँकेको पूर्वी क्षेत्रमा रहेको सबै भन्दा विकट मानिएको नरैनापुरमा शिक्षा, स्वास्थ्य र यातायातको सबै भन्दा ठूलो समस्या रहेको थियो भने ५ वर्षमा ठूलो परिर्वतन भए पनि सरकारबाट सहयोग हुने हो भने देशकै नमूना पालिकाको रुपमा स्थापित हुने थियो । उक्त पालिकामा ६ वडा रहेका छन् ।

यस्ता छन् मुसिकोट नगरपालिकाका सय दिने उपलब्धीहरु

0
नगरप्रमुख खरेल तस्विर :खबरमार्केट

सागर भण्डारी
भदौ२९,२०७९ गुल्मी : मुसिकोट नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिहरुको सय दिन पुगेको अवसरमा आफ्नो कार्यप्रगती सार्वजनिक गरेको छ ।

बुधवार नगरप्रमुख जीवन खरेलले एक कार्यक्रमकाबीच आफ्नो सय दिने उपलब्धी सार्वजनिक गर्दै सपथग्रहण गरेपछिको कार्यारम्भ १ सय दिन पुगेपनि नयाँ आर्थिक वर्ष सुरु भएपश्चात आफुहरुले बनाएका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवधी भने २ महिना मात्रै भएको बताउनुभएको थियो ।

२०७९ जेठ महिनाको तेश्रो हप्ताबाट कार्यभार सम्हाल्नुभएका नगरप्रमुख खरेलले १ सय दिने उपलब्धी सार्वजनिक गर्दै असार १० गतेसम्म नयाँ आर्थिक वर्षको नीती कार्यक्रम र बजेट प्रस्तुत गरिसक्नुपर्ने र पुरानो आर्थिक वर्षको भुक्तानीका काम सक्नुपर्ने भएकाले त्यस अवधीमा केही उपलब्धी देखिने काम गर्न सम्भव नभएको बताउनुभयो ।

त्यस्तै उहाँले असार मसान्तदेखि साउन महिनाको अन्तिम हप्तासम्म नगरपालिकाको आर्थिक कारोबार गर्न बैकं खाता बन्द हुने भएकाले तत्काल भुक्तानी गर्नुपर्ने काम बाहेक अन्य कामहरु गर्न नसकिएको र साउन अन्तिम हप्ताबाट नगरपालिकामा प्रमुख प्रशाशकीय अधिकृतको फेरबदलले गर्दा भदौ अन्तिम हप्तासम्म आर्थिक वर्षको सुरुवातमै थाल्नुपर्ने कामहरु केही प्रभावित बनेको प्रष्टीकरण दिनुभएको छ ।

नगरप्रमुख खरेलले प्रतिकुलताका बाबजुद पनि आफुहरु निर्वाचित भईसकेपछि केही महत्वपूर्ण कामहरु भएको भन्दै ६ बुँदामा नगरपालिकाले १ सय दिनमा गरेका उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ ।

जसमध्ये पूर्वाधारतर्फ रिगंरोडका मुख्य भागहरुमा काम गर्ने गरी प्रयाप्त बजेट विनियोजन भएको, ५० लाख बराबरका ४ वटा मुख्य सडक स्तरोन्तीका लागि प्रदेशसगं साझेदारीमा ठेक्का प्रक्रिया सुरु भएको,बर्षातको कारणले यातायात आवागमन प्रभावित भएका सडकहरुको बाटो खुलाउन र निरन्तर यातायात आवागमनका लागि काम भएको तथा प्रमुख प्रशाशकीय भवनको २०८० भित्रै सञ्चालनमा ल्याउने गरी काम भईरहेको बताउनुभएको छ ।

त्यस्तै शहरी विकास मन्त्रालयको कार्यक्रमका रुपमा वडा नं १ को पौँदी अमराई बजार वरपर,वडा नं ३ को मैदान ठुलापोखरा बजार वरपर, वडा नं ५ को आँपचौर रिगंरोड क्षेत्रमा र वडा नं ७ को वामीटक्सार बजारका भित्री सडक कालोपत्रे गर्ने गरी व्यवस्थित सहरी सडकको डिजाईन भईरहेको तथा १५ शैयाको अस्पतालको निर्माण कार्य द्रुत गतिमा भईरहेको उल्लेख गरिएको छ ।

वडा नं ४ वडागाउँ नेटा र वडा नं ८ वामी मैदानमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि डिपिआर प्रक्रियामा रहेको,वामीबजारमा सुविधायुक्त सभाहल निर्माणका लागि डिपिआर गर्ने पक्रियामा रहेको र नगरपालिकाका ५ वटा अग्ला ठाउँमा झोलुगें पुल निर्माणको लागि सर्वे र ईन्जिनियरिङ लगायतको कामहरु सम्पन्न भएको बताईएको छ ।

स्वास्थ्य सेवा तर्फ पदबहालीकै क्रममा निर्णय गरिएबमोजिम नगरपालिकाका प्रत्येक वस्तीमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउन १ सय १९ जना महिला स्वास्थ्य स्वयं सेविकालाई प्राथमिक उपचार बक्स वितरण गरिएको,वडागाउँ स्वास्थ्य चौकीमा कुपोषित बालबालिकाहरुको उपचारार्थ बहिरगं उपचार सेवा सञ्चालनमा ल्याएको, कोभिड खोप अभियानलाई निरन्तरता दिँदै सबै नागरिकलाई खोपको पहुँचमा पुर्याउन खोज र खोप अभियान सञ्चालन गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै पाठेघरको क्यान्सरको जाँच शिविर तथा परिवार नियोजन शिविर सञ्चालन,एउटा वडाको एउटा स्वास्थ्य संस्थमा कम्प्युटर,प्रिन्टर तथा ईन्टरनेट उपलब्ध हुने व्यवस्था मिलाएको बताईएको छ ।

नगरप्रमुख खरेलले सार्वजनिक गरेको उपलब्धी मध्ये शिक्षातर्फ ३० वटा बालविकास कक्षाहरुका लागि राउण्ड डेस्कहरु,३६ थान स्मार्ट टेलिभिजन वितरण तथा रिक्त दरबन्दीमा शिक्षक छनौट र नियुक्ति,स्यानीटरी प्याड वितरण सगैं ६ वटा माध्यमिक विद्यालयमा स्यानेटरी प्याड जलाउने मेसिन वितरण गरेको र कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम तयारी गरी अन्तिम रुप दिईएको बताईएको छ । त्यस्तै विद्यालय समायोजन,दरबन्दी मिलानका लागि कार्यदल गठन गरी आश्विन मसान्तसम्म प्रतिवेदन बुझाउने गरी काम भईरहेको र नगरशिक्षा भर्नाका लागि कार्यविधि तैयार भईरहेको उल्लेख गरिएको छ ।

नगरप्रमुख खरेलले सार्वजनिक गर्नुभएको उपलब्धीमा आर्थिक विकासतर्फ कृषि उपजको विक्री सुनिश्चितताका लागि विनिमय बजार सञ्चालन गर्न कार्यविधि तयार भएको,नगरपालिका भित्र रोजगारी सिर्जना गर्ने उद्यमीहरुलाई प्रोत्साहन स्वरुप सीप,प्रविधि र पूँजी उपलब्ध गराउने गरी पख्नोस तपाईका लागि हामी केही गर्छौँ अभियानको कार्यविधि तैयार हुँदै गरेको तथा जन्मभूमी छाडेर गएकाहरुलाई पुरस्कृत गर्ने र पुनः फर्केर बसोबास गर्नेहरुका लागि आफनै गाउँ फर्की आउँ कार्यक्रमको समेत कार्यविधि तैयार हुँदै गरेको उल्लेख गरिएको छ ।

बाँदर आतकंबाट आजित किसानहरुलाई खेतीमा आकर्षण कम नहोस भन्ने हेतुले बिमा या उत्पादन लागतको क्षतिपुर्ति दिने गरी नयाँ कार्यक्रमको कार्यविधि बन्दै गरेको,कृक्रिम गर्भाधान,बाख्रापालनमा अनुदान लगायतका कार्यक्रमहरु निरन्तर सञ्चालन भईरहेको बताईएको छ । त्यस्तै वृहत स्तरमा व्यवसायिक खेतीलाई प्रोत्साहित गर्न अनुदानमा ६ हजार कागतीका बिरुवा,१४ हजार ३ सय कफीका विरुवा,२४ सय ५० टिमुरका विरुवा,४० क्विन्टल बेसा बिउ रोपण गरिएको र १४ जना कफी कृषकलाई अनुदान रकम उपलब्ध गराईएको उल्लेख गरिएको छ ।

वन तथा वातावरण सरसफाई तर्फ सार्वजनिक ठाउँमा वृक्षरोपण,हप्ताको एक बार नगरसफा बारको रुपमा मनाउँदै शुक्रवार नगरपालिकामा रहेका कार्यालय र शनिवार बजार वस्तीले १ घण्टा बजार सरसफाई गर्ने अभियान सुरु गरिएको,आर्थिक अभावका कारण उपचार नपाएका,विद्यालय पढ्न नपाएका तथा प्राकृतिक प्रकोपमा परेकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराईएको हप्ताको एक बार मुख्य बजारमा ट्रयाक्टर मार्फत फोहोर सकंलन गर्ने र त्यस्ता फोहोरलाई विभिन्न वडामा डम्पिङ साईड बनाई विसर्जन गर्ने तयारी समेत भईरहेको उल्लेख गरिएको छ ।

खानेपानी महसुलमा २० प्रतिशत छुट दिने गरी कार्यविधि बन्दै गरेको,नगरपालिकाको नगरप्रोफाईल बनाउने काम अन्तिम चरणमा पुगेको,भुमीहिन र सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्न १६९ जनाको नाम राष्ट्रिय भुमी आयोगमा पठाईएको,न्यायिक समितिमा परेका उजुरीहरु उपर कारबाही चलिरहेको,नगर र वडामा रहेका सार्वजनिक सम्पति र स्थलहरुको अतिक्रमण रोक्ने गरी काम भईरहेको तथा एक सार्वजनिक पुस्तकालयको निर्माण गर्ने गरी कार्य अगाडी बढाईएको बताईएको छ ।

गुल्मी अस्पतालको बार्षिक समिक्षामा कार्यसम्पादनको प्रसंशा, जनशक्ति व्यावस्थापन गर्नुपर्नेमा सरोकारवालाको जोड

0

भदौ २९,२०७९ गुल्मीःगुल्मी अस्पताल तम्घासले आफुले कार्यसम्पादन गरेका कामहरुको बार्षिक समिक्षा गरेको छ । जिल्लाका सरोकारवाला निकायकाबिच एक आर्थिक बर्षमा भएका व्यावस्थापकीय सवै पक्षहरुको बारेमा गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले सरोकारवालाई जानकारी गराएका थिए ।

उनले जनशक्ति अभाव, भौतिक संरचनाको अवस्था, प्रयोगशालाको अवस्था र प्रभाव साथै विभिन्न फाँटहरुबाट प्रबाह भएका सेवाहरुको बारेमा जानकारी दिए । कार्यक्रममा सरोकारवालाले कम श्रोत र साधनकाबिच अस्पतालले नागरिककाबिचमा प्रर्दशन गरेको विश्वासको प्रसंसा गरेका थिए । जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले नागरिकमा स्थापित विश्वासलाई गुम्न नदिन सवैको सहयोग आवश्यक भएको बताए ।

उनले जनशक्ति व्यावस्थापनको चुनौति सवैतिरको समस्या भएपनि राज्यले अस्पताल जस्तो संवेदनशिल क्षेत्रलाई विशेष ख्याल गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जहाँ कार्यसम्पादनका बिषय बाहेकका सृजनात्मक कामहरु पनि हून्छन् त्यो क्षेत्र र कार्यालय सवल बन्नेमा जोड दिए । उनले आफ्नो सेवाभित्रको काम पहिलो कर्तव्य भएपनि समुदाय र नागरिकका लागि रचनामत्मक कामको महत्वपूर्ण भूमिका हुने पौडेलले बताए ।

पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले राज्यस्तरबाट जनशक्ति व्यावस्थापन नभएसम्म गुणस्तरिय र छिटोछरितो सेवाको थप आशा गर्न नसकिएने बताए । पत्रकार हुमाकान्त पोख्रेलले जनशक्तिको अभावमा अति संवेदनशिल आइसियु सेवा संचालन नहुनु दुःखद बिषय भएकाले केन्द्रिय नेतृत्वलाई दवाव दिन जिल्ला समन्वय प्रमुखको ध्यानाकर्षढा गराए ।

नागरिक समाजका संयोजक पदम पाण्डेयले गुल्मी अस्पतालले गुल्मी अस्पतालले ठुलो मुल्य र चुनौतिकाबिच गुमेको बिरासत फर्काएको स्मरण गराउँदै अझै पनि सुधारका थुप्रै काम रहेको बताए । उनले प्रयोगशाला थप छरितो बनाउने, बीमाका नागरिकको पहुच बृद्धि गर्ने र उपचारमा सेवाग्रहीलाई समन्वय तथा सहजीकरणमा काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल नागरिक समाजका संयोजक गुणानिधी शर्माले नीतिमै जनशक्ति व्यावस्थापनको निकास निकाल्ने र डाक्टरहरुलाई आकर्षित गर्ने उपायहरुको बिषयमा जिल्ला स्तरिय नेतृत्वले सोच्नुपर्नेमा जोड दिए । उनले नागरिक समाज अस्पतालका समस्या र सहयोग दुवै बिषयसंगै नजिक भएकाले रचनात्मक सहयोगलेनै अस्पतालको थप वृति र विकास हुने बताए । सुशासन अभियान गुल्मीका सचिव बिनोद पाण्डेयले आफुले पनि एक कार्यकाल अस्पताल व्यावस्थापनको नेतृत्व गरेकाले बिशेषज्ञ डाक्टरहरुको बिषय निकै चुनौतिपूर्ण रहेको बताए ।

जन्मभूमि प्रतिको माया र सद्भाव भएर कारण डाक्टर उत्तमबाट लामो सेवा पाएको उल्लेख गर्दै जनशक्ति व्यावस्थापनमा सवैको सहयोग र दवाब चाहिने बताए । अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले प्रदेश स्तरका अस्पतालहरु मध्ये आजको आजै रिर्पोट दिने गुल्मी अस्पताल भएको दावी गर्दै जनशक्तिको थप व्यावस्थापन भए सेवा सुधार गर्न सकिने बताए । उनले कम्जोर भौतिक संरचना र कम जनशक्तिकैबिच पनि अहिलेको उपलब्धि निकै सुखद रहेको बताए ।

पाण्डेयले सवै सरोकारवालासंग समन्वय र संवाद गरेर अस्पतालका अरु सेवाहरुको बिस्तार गरिने बताए । कार्यक्रम अध्यक्ष पाण्डेको अध्यक्षता, समन्वय प्रमुख खत्रीको प्रमुख आतिथ्यता, अस्पतालका व्यावस्थापक असिम चौधरीको स्वागत तथा लेखापाल भिमप्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।

बेवारिसे शव फेला

0

भदौ २९,२०७९ :सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एक व्यक्ति मृत फेला परेका छन्।

वडा नम्बर १ भन्सार चोकदेखि रामपुर मल्हनिया जाने बाटोमा अन्दाजी ४५ वर्षका देखिने व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार मृतकको नाम‚ थर‚ ठेगाना खुल्न सकेको छैन।

बुधबार बिहान करिब साढे ६ बजे स्थानीयले बेवारिसे शव देखेपछि स्थानीयलाई खबर गरेका थिए।

नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्छ : अध्यक्ष प्रचण्ड

0

भदौ २९,२०७९ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्ने बताउनुभएको छ ।

उहाँले एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘अबको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्छ, त्यो आन्दोलनको रुपमा तयारी हुँदै गएको छ ।, तर दुर्भाग्य त्यो सफलता, त्यो उत्साह, त्यो आत्मविश्वास देखेर दक्षिणपन्थी विसर्जनवादीहरु, व्यक्तिवादी त्रसित हुँदै गएका छन् ।’

उहाँले पार्टीको केन्द्रीय कमिटीको बैठकमा पार्टी साँच्चै एकतावद्ध भएर जाने संकल्प गर्दै पार्टीले क्रान्तिकारी चरित्र लिएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाजवादी आन्दोलनको नेतृत्व प्रचण्डकै हुने भएपछि दक्षिणपंथीहरु अतालिएका छन् ।’ माओवादी केन्द्रको नेतृत्व स्थापित हुने भयो भनेपछि ठूलो षडयन्त्र सुरु भएको प्रचण्डको भनाई छ ।

उहाँले भन्नुभएको छ, ‘म त्यो स्मरण गर्न चाहन्छु । म सबैलाई ति कुरातिर ध्याँन दिन आग्रह गर्न चाहन्छु । र पार्टीभित्र विवाद हुनु ठूलो कुरा होइन, त्यो विवादलाई अस्वस्थता, गुटबन्दी, अराजकता र षडयन्त्रको रुप दिइयो । र त्यो षडयन्त्रमा कम्युनिष्ट आन्दोलनभित्रका अवसरवादी, दक्षिणपन्थी मात्रै होइन, त्यसभित्र र बाहिरका प्रतिक्रियावादीहरु पनि सामेल भए । ठूल–ठूला सेटिङहरु भए ।’

उहाँले बहुमतद्वारा लिइएका निर्णयहरु कार्यान्वयन हुन नदिने संवैधानिक अंगहरुसँग सेटिङ भएको देखापरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘दुर्भाग्यपूर्ण कुरा थियो । मैले आफ्नै अनुभवबाट भन्नुपर्दा, त्यो तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेको एकता सही मात्र थिएन, त्यो एकताले विस्तारै विस्तारै सकारात्मक रुप लिँदै थियो । एकता सुद्धृटहुँदै थियो । त्यो समाजवादी क्रान्तितिरै जाँदै थियो । तर, दक्षिणपंथीहरुको डिजाइनमा विभाजन भयो । त्यो कम्युनिस्ट आन्दोलनको ठूलो क्षति थियो ।’

उहाँले भन्नुयभो, ‘आज यो मञ्चबाट मन नेकपा एमालेका ति हिजोका केन्द्रीय समितिका अत्यन्तै ठूलो संख्याका कमरेडहरुलाई स्मरण गर्न चाहन्छु । ति हजारौं कार्यकर्ता म केन्द्रीय समितिको बैठकपछि देशव्यापी प्रशिक्षणमा गएको थिएँ ।

एमाले पृष्टभूमिका नेता –कार्यकर्ताहरुले मलाई जो प्रेम विश्वास भरोसा गर्नुभएको थियो, म त्यो स्मरण गर्न चाहन्छु । एमाले भन्ने वित्तिकै सबै खतम छन् भनेर नसोच्न त्यहाँभित्र पनि इमान्दार कम्युनिष्टहरु ठूलो संख्यामा छन् ।’

बाँकेका ५ हजार विद्यार्थीलाई पक्की छानामा ल्याउन सफल भयौंं : मन्त्री अथक

0

भाद्र २९, नेपालगन्ज ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ५ हजारविद्यार्थीलाई पक्की छानामुनी ल्याउन सफल भएको बताउनुभएको छ ।

बाँकेका बिद्यालयमा आफुले टिनको छाना बिस्थापित गर्ने अभियान सञ्चालन गरेकोबताउँदै मन्त्री अथकले आफ्नो कार्यकालमा झण्डै ५ हजार बिधार्थीलाई पक्की छानामा ल्याईएको बताउनुभएको हो ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका १९ स्थित नेपाल राष्ट्रिय आधारभुतबिद्यालयको ४ कोठे पक्की भवनको उद्घाटन गर्दै मन्त्री अथकले
विद्यालयहरुमा टिनको छाना बिस्थापित गरी पक्की कक्षाकोठा निर्माण गर्ने अभियानले सार्थकता पाउँदै गएको बताउनुभयो ।

आफु साँसदका रुपमा निर्वाचितभएलगत्तै सुरु गरीएको अभियानबाट जिल्लाका ३२ बढि विद्यालयमा एक सयकोहाराहारीमा पक्की कक्षाकोठा निर्माण गर्न सफल भएको भन्दै उहाँले खुसी समेत ब्यक्त गर्नुभयो ।

भवन उद्घाटन गर्दै मन्त्री अथकले आफु बाँके जिल्लाबाट प्रतिनिधित्व गर्नेभएकाले समग्र बाँके जिल्लाको बिकास र समृद्धिका लागि निरन्तर लागिपरेको बताउनुभयो । नेपालगंज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमाबिकास गर्न गरिएको प्रयासका कारण केही काम अघि बढेको बताउँदै मन्त्री अथकले छिट्टै त्यसले पूर्णता पाउने विश्वास समेत ब्यक्त गर्नुभयो ।


नौवस्ता औद्योगिक क्षेत्र, बैजनाथको मानसरोवर स्मारक पार्क, आधुनिक कवर्डहलसँगै कोहलपुरमा राष्ट्रियस्तरको महिला क्रिकेट एकेडेमी निर्माणकोप्रक्रिया अघि बढिसकेको बताउँदै मन्त्री अथकले
सिक्टा सिँचाई आयोजना,राप्तीपारी विद्युतिकरण र हुलाकी सडक निर्माणकालागि गर्नुपरेको संघर्षले आफुलाई थप जिम्मेवार र लगनशिल बनाएको बताउनुभयो ।

उहाँले अन्तर प्रदेश जोड्ने सडक संजालअन्तर जिल्ला जोड्ने सडक संजाल, स्वास्थ्य र शिक्षाकोबिकास, भेरी बबई डाईभर्सनसंगै अन्य थुप्रै बिकास र समृद्धिको प्रकिया अघिबढिसकेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मन्सुर खाँ ले २०४० सालमा स्थापना भएको बिद्यालयको बिकासका लागी धेरै नेताहरुले आश्वासन दिएपनि काम नगरेको दुखेसो पोख्नुभएको थियो ।

उहाँले मन्त्री अथकको पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४ कोठे पक्की भवन निर्माणगर्न सफल भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा बिद्यालयको भौतिकपुर्वाधार बिकासका साथै खेलमैदानलाई ब्यवस्थित बनाईदिन पनि मन्त्रीअथकसँग आग्रह गर्नुभएको छ ।

अमेरिकन राजदूत बेरीले अध्यक्ष प्रचण्डसँग गरे बिदाई भेटवार्ता

0

भदौ २९,२०७९ काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बिदाई भेटवार्ता गर्नुभएको छ ।

खुमलटारस्थित अध्यक्ष निवासमा बुधबार भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो ।

सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो ।

ट्रकको ठक्करले एकको मृत्यु, एक घाइते

0

भदौ २९,२०७९नुवाकोट : बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनी ट्रकले ठक्कर दिँदा एकजनाको निधन भएको छ। गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

गएराति महादेवफाँटस्थित सडक छेउमा रोकिएको बा २० च ९४४२ नंको कारबाट ओर्लिन लागेका दुईजनालाई मिनी ट्रकले ठक्कर दिएको हो। ठक्करबाट बेलकोटगढी –७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै निधन भएको र सोही स्थानका ४८ वर्षीय राजेन्द्र राई गम्भीर घाइते भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए।

मिनीट्रक चालकको लापरबाहीबाट दुर्घटना भएको भन्दै पीडित परिवारसहित स्थानीयवासीले शव उठाउन अस्वीकार गरेका छन् । उनीहरूले घटनास्थलमा राति सुरु गरेको विरोध प्रदर्शन अहिलेसम्म चलिरहेको छ ।

ठक्कर दिने बा ३ ख १६४ नम्बरको मिनीट्रक घटनापछि भाग्ने क्रममा स्थानीयवासीले बेलकोटगढी–५ केउरिनी भन्ने स्थानबाट नियन्त्रणमा लिएर आगो लगाइदिएका छन्। चालकलाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख पण्डितले जानकारी दिए।

राप्ती उपत्यकामा राजधानी हाम्रै कार्यकालमा स्थापना गछौँ :मुख्यमन्त्री केशी

0

भदौ २९,२०७९ रुपन्देहीःलुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा संविधानले प्रदान गरेको अधिकार अनुसार मन्त्रालयको संख्या विशेष पस्थितिमा बढाएको भएपनि आफूले हस्तातरण गर्दा कमभन्दा कम मन्त्रालय बनाएर जाने आफ्नो योजना रहेको बताउनुभयो । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजाधनी प्रदेशसभाबाट नै पारित भइसकेकोले यही सरकारले देउखुरी उपत्यकामा लगेरै स्थापना गरिने बताउनुभएको छ । “यही सरकारको गौरवपूर्ण निर्णय हो हामीले नै स्थपाना गर्दछौँ गर्नेपर्दछ यो हाम्रो साझा एजेण्डा र प्रतिवद्धता हो ।”

लुम्बिनी प्रदेश सरकार र महालेखापरीक्षकको कार्यालय बीचमा भएको अन्तरक्रिया कार्यक्रममा बुटवलमा उहाँले सो कुरा उल्लेख गर्नुभएको हो । मुख्यमन्त्री केसीले अन्तरक्रियामा माननीय एवं सरोकारवाले राजधानी सार्नका लागि हतार नगर्न सरकारलाई सुझाव दिएको जिज्ञासाको बारेमा भन्नुभयो ।

–“तपाई माननीयहरुले प्रदेश सभाबाट नै पारित गरेकोले हामी प्रतिवद्धताबाट दायाँ वायाँ गर्न पाइदैन, त्यसलैले आधारभूत संरचना निर्माण भइसकेको छ, प्रदेशसभा भवन बनिसकेकोछ, सचिवालय बनेको छ, प्रशासनिक भवन पनि बनाइदैछ त्यसैले गर्दा आफ्नो कार्यकालमै गौरव पूर्णतरिकाले स्थापना गर्नुपर्दछ यसमा अरु कुरा गर्न आवश्यक छैन ।”

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले मन्त्रालय बढायो, कर्मचारी बढायो भन्ने हल्ला गर्नेहरुको विरुद्धमा लुम्बिनी प्रदेश सरकारले चालुगत भन्दा पुजीगत बजेट नै माथि हुने गरी बजेट निर्माण गर्ने प्रतिवद्धतालाई नै अंगिकार गरेको बताउँदै लुम्बिनी प्रदेशमा चालुगत विकास बजेट नै बढी भएको बताउनुभयो ।

मुख्यमन्त्री कुलप्रसाद केसीले वित्त व्यवस्थापन र प्रणालीमा रही कार्य सञ्चालन गर्नुपर्नेमा सबैले ध्यान दिनका लागि अनुरोध गर्दै केन्द्र, प्रदेश र स्थानीयतहरुमा वित्त व्यवस्थापन र संचनामा निराकरण गरी अगाडि बढ्नु पर्ने बताउनुभयो ।
मुख्यमन्त्री केसीले आर्थिक वित्त व्यवस्थापन प्रणालीलाई व्यस्थित गर्नका लागि नयाँ सोच र विचारका आधारमा अगाडि बढाएरमा सार्वजनि वित्त व्यवस्थापनलाई अगाडि बढाउनेमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेश बन क्षेत्रलाई सुद्धित र एकीकृत तथा पार्दर्शिता रुपमा बैज्ञानिक वन व्यवस्थापन गरी अगाडि बढेमा राजश्वमा बृद्धि हुने बताउनुभयो । उहाँले प्रदेश लुम्बिनी प्रदेश आर्थिक उत्पादनको आत्मनिर्भर बन्न सक्ने बताउँदै त्यसका लागि बन, सिमेन्ट उद्योग, खानीजन्य पदार्थलाई व्यवस्थित गरेमा प्रदेशलाई अगाडि बढाउन सकिनेछ ।

मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश आर्थिक तथा वित्तिय अनुशासन कायम गर्दै अगाडि बढेको बताउँदै आगामी दिनमा आर्थिक सुशासनलाई कायम गरी अगाडि बढेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले जति सकिन्छ आर्थिक मितव्यायिता अपनाउनको लागि लागेको बताउनुभो ।

कार्यत्रममा महालेखापरीक्षक टंकमणी शर्माले नेत र योजना बद्ध ढंगले गरिएको अनियमिततालाई रोक्नुपर्ने बताउँदै काम गर्दै जादाँ हुने समस्यालाई सुधार गर्नुपर्नेलाई सुधार गर्न सकिने बताउनुभयो । उहाँले महालेखा परिक्षकले ६९ वटा महालेखापरीक्षकको प्रतिवेदन पेश गरेको बताउनुभयो । उहाँले नेपालको संवैधानिक अंगको रुपमा रहेको महालेखापरीक्षक पनि नेपाल र नेपालीको लागि उत्तरदायित्व भएको बताउनुभयो । उहाँले राज्यको लगानीलाई जहिले पनि बहुउपयोगी संरचना र सँस्थाको रुपमा निर्माण गरी आगामी दिनमा सुधार गर्दै जानु पर्ने बताउनुभयो ।

उहाँले नेपालमा तीन तहको सरकारबाट जनशक्ति, विकास निर्माण, योजना छनौट लगायतको कार्यमा संघ, प्रदेश र स्थानीयतहमा हुने दोहोरोपन लगायताके कार्य रोक्नु पर्ने बताउनुभयो । लुम्बिनी प्रदेशको तुलनात्मक रुपमा सकरात्मक रिपोट रहेको बताउँदै आगामी दिनमा यस्तालाई कामय गरी अगाडि बढ्ने शुभकामना बताउनुभयो ।

महालेखपरीक्षक टंकमणी शर्माले उहाँले सरकारले लिएको योजना र सदनमा छलफल गरी अगाडि बढाउनुको पर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुको स्थायी नहुँदा पनि यो समस्या रहेको बताउँदै त्यसका लागि राजनीतिक दलभन्दा कर्मचारीहरु नै बढी जिम्मेवारी बन्नु पर्ने बताउनुभयो । उहाँले सरकारले गरेको सामाजिक, आर्थिक, राजनीतिक र आर्थिक तथा भौतिक विकासका साथै मानवीय विकासको अवस्थालाई लिपीबद्ध गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपमहालेखापरीक्षक बामददेवख शर्मा अधिकारीले प्रदेशमा लेखा प्रणालीको हिसावले सकेसम्म राम्रो परिणाम दिनसक्नु नै सरकारको प्रगति सकरात्मक हुने बताउनुभयो । उहाँले प्रदेशको शुसासन कायम गर्नका लागि सबै लाग्नु पर्ने बताउनुभयो । महालेखा परीक्षक शर्मा अधिकारीले आर्थिक अनुशान कायम गर्नका लागि सबैपक्ष नलागेकोमा आर्थिक अनुसाशान उलंघन मात्रै होइन कि काम कार्यमा जनताले प्रश्न उठाउन सक्ने बताउनुभयो ।

उहाँले सम्पूर्ण कार्यालयले खरिद गर्दा सार्वजनिक खरिद नियम पुरा गरी प्रतिषपर्धामा खरिद गर्नुपर्ने, संगठन दवन्दी सर्वेक्षण, जनशक्तिको व्यवस्थापन पुरा गरी कार्य सम्पादनमा प्रभावकारी रुपमा सञ्चालन गर्नुनपर्ने बताउनुभयो । विभिन्न विस्तृत सर्वे गरिएका योजनाहरु सम्पादन तथा कार्यन्वय नहुँदा ति राज्यको रकम अनाहकमा खर्च भइरहेको समत बताउनुभयो । उहाँले संविधानले व्यवस्थापन गरेको अधिकारको हिसावले बाझिएको बताउँदै त्यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । भन्नुभयो “रुखको अधिकार प्रदेश सरकारकालाई छ तर रुख भएको जमिनको अधिकार संघीय सरकारसँग नै छ । यसलाई पनि मिलाउनु पर्दछ । ”

लुम्बिनी प्रदेशका प्रमुख सचिव डा। दिपक काफ्लेले लुम्बिनी प्रदेशमा आर्थिक प्रणाली सकेसम्म सकरात्मक भएको बताउँदै लुम्बिनी प्रदेशभित्र आगामी दिनमा सुधार गर्नुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशमा ११ करोड ७६ लाख ९१ हजार ५३९।३१ रुपैया बेरोजु असुल उपर गर्नुपर्ने र नियमिति प्रमाण पेश गर्नु नगरी नभएको बेरुजु १ अर्व करोड १३ करोड, ९५ लाख, ५७ हजार ३९०।१४ रुपैया रहेको छ । त्यसको लागि नियमित प्रमाण पेश गरेमा त्यसलाई फच्र्योट हुने प्रक्रियामा रहेको वेरुजु रहेको छ । यस्तै पेश्की ७८ करोड ७१ लाख ९७ हजार २६।५२ पेश्की फच्र्योट गर्न वाँकी रहेको गरी जम्मा २ अर्व ४४ करोड ४४ लाख ४५ लाख ९५५।९७ रुपैया रहेको लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्का सचिव नरेन्द्र कुमार रानाले बताउनुभएको छ । यसलाई जसरी भए पनि न्यूनिकरण गर्नका लागि कार्यालयलेको ध्यान केन्द्रीत भएको बताउनुभयो ।

कार्यक्रममा लेखा समितिका सभापति विष्णु पन्थीले आफ्नो कार्यकालमा सकेजति काम गरेको बताउँदै आगामी दिनमा पनि नयाँ टिमलाई अगाडि बढाउन अनुरोध गर्नुभयो । कार्यक्रममा मन्त्री, सचिवहरुको सहभागीता रहेको थियो ।

प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता, द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल

0

भदौ २८,२०७९ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेता ली चान्शुबीच भेटवार्ता भएको छ।

सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा दुई देश र पार्टीबीचको सम्बन्धका साथै विविध विषयमा छलफल भएको बताइएको छ । भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्ल सहभागिता भएका थिए ।

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु नेपालको औपचारिक भ्रमणमा रहेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु हिजो सोमबार काठमाडौँ आएका थिए । चार दिने भ्रमणका लागि नेपाल आएका चान्सुले राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन्।