प्रचण्ड र चिनियाँ नेता लीबीच भेटवार्ता, द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल

0
127

भदौ २८,२०७९ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ नेता ली चान्शुबीच भेटवार्ता भएको छ।

सङघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा दुई देश र पार्टीबीचको सम्बन्धका साथै विविध विषयमा छलफल भएको बताइएको छ । भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्ल सहभागिता भएका थिए ।

जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु नेपालको औपचारिक भ्रमणमा रहेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष चान्शु हिजो सोमबार काठमाडौँ आएका थिए । चार दिने भ्रमणका लागि नेपाल आएका चान्सुले राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन्।

SHARE