अमेरिकन राजदूत बेरीले अध्यक्ष प्रचण्डसँग गरे बिदाई भेटवार्ता

0
118

भदौ २९,२०७९ काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बिदाई भेटवार्ता गर्नुभएको छ ।

खुमलटारस्थित अध्यक्ष निवासमा बुधबार भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो ।

सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गर्नुभयो ।

SHARE