बेवारिसे शव फेला

0
145

भदौ २९,२०७९ :सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एक व्यक्ति मृत फेला परेका छन्।

वडा नम्बर १ भन्सार चोकदेखि रामपुर मल्हनिया जाने बाटोमा अन्दाजी ४५ वर्षका देखिने व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

उनका अनुसार मृतकको नाम‚ थर‚ ठेगाना खुल्न सकेको छैन।

बुधबार बिहान करिब साढे ६ बजे स्थानीयले बेवारिसे शव देखेपछि स्थानीयलाई खबर गरेका थिए।

SHARE