Friday, June 5, 2026

गुल्मीमा ३५ मतदानस्थल अति संवेदनशील

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

असोज २९,२०७९ गुल्मीः गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील रहेका छन्।

 

मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये जिल्लाका ३५ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील सूचीमा  रहेका छन्  ।

 

विगतका निर्वाचनमा भएका गतिविधि, भौगोलिक विकटता, सुरक्षा संवेदनशीलता लगायतका अवस्थालाई अध्ययन गरेर मतदानस्थलको वर्गीकरण गरिएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए

 

उहाँका अनुसार यस जिल्लामा तोकिएका १४२ मतदानस्थलमध्ये ३५ मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ। त्यस्तै, ६७ मतदानस्थललाई संवेदनशील र ४० मतदानस्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको उनले बताए ।

 

दुई नगरपालिका र १० गाउँपालिका गरेर १२ स्थानीय तह रहेको यस जिल्लामा कुल दुई लाख २३ हजार ६१५ मतदाता सङ्ख्या कायम भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

कार्यालयसंग मिल्दोजुल्दो फेसबुक गुप्र बन्द गर्न मालिकाको आग्रह

0
मालिका गाउँपालिकाको तस्विर :तिलाचन पाण्डे

असोज २८,२०७९ गुल्मीःगुल्मीको मालिका गाउँपालिकाले अनाधिकृत फेसबुक गुर्प बन्द गर्न आग्रह गरेको छ ।

 

शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै मालिका गाउँकार्यपालिकाको कार्यालय सङ मिल्दोजुल्दो (मालिका गाउँपालिका गुल्मी) नामक फेसबुक गुर्प सञ्चालन गरि सरकारी लोगो अनाधिकृत रुपले प्रयोग गरेको भन्दै गाउँपालिकाले त्यस्ता गुर्प बन्द गर्न आग्रह गरेको हो ।

 

गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले हस्ताक्षर गरेको सूचनामा भनिएको छ ,‶जनतालाई भ्रमित पार्ने विभिन्न झुट्टा तथा तथ्यहिन सामाग्रीहरु प्रचार प्रसार गरिएका कारण गुर्प बन्द गर्न अनुरोध गरिको सूचनामा उल्लेख गरिएको छ ″।

 


पहिलो चरणमा गुर्प बन्द गर्न सूचना मार्फत आग्रह गरिएको अन्यथा अटेरी गरे कानुन बमोजिम कारबाहीको लागी अगाडि बढ्ने अध्यक्ष अर्यालले बताए ।

देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धन : सुदर्शन

0

असोज २८,२०७९ : गुल्मी निर्वाचन क्षेत्र नम्वर एकको प्रदेश सभा १ का उम्मेदवार तथा नेकपा माओबादी केन्द्र लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि गठबन्धन भएको बताएका छन् ।

                                                                                                                                                                                                                                                                         चन्द्रकोट गाउँपालिका वडा नम्वर ८ का मतदाताहरुसंग भएको भेटघाट कार्यक्रममा बरालले देशमा राजनीतिक स्थायीत्व कायम गर्न र बिकास गर्नका लागि अहिले गठबन्धन भएको बताएका हुन् ।

आफूहरुले धेरै बोल्ने भन्दा पनि काम गर्ने भन्दै काम गर्ने अवसर पुन :दिनका लागि उनले आग्रह गरेका हुन् ।                          आफू लुम्विनी प्रदेशको सामाजिक बिकास मन्त्री हुँदा तुराङमा करोडौका योजनाहरु राखेको भन्दै बाँकी रहेका अधुरा अपुरा काम गर्नका लागि पनि पून : अवसर दिनका लागि उनले आग्रह गरेका हुन् ।

संबिधानको रक्षा गर्न गठबन्धन : नेता भण्डारी

0

असोज २७,२०७९ गुल्मीः गुल्मी निर्वाचन क्षेत्र नम्वर एकका उम्मेदवार तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले संबिधानको रक्षा गर्नका लागि गठबन्धन भएको बताएका छन् ।

 

निर्वाचन क्षेत्र नम्वर एकको संयुक्त गठबनधन निर्वाचन परिचालन समितिको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै भण्डारीले संबिधानको रक्षा गर्नका लागि अहिलेको गठबन्धन भएको दाबी गरेका छन् ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेता भण्डारीले संबिधान माथि पटक पटक आक्रमण गर्ने र संबिधान विपरीत काम गरेकाले गठबन्धन भएको दाबी बतए ।

 


गुल्मी क्षेत्र नम्वर एकको सम्रग बिकास गर्न र नमूना गुल्मी जिल्ला बनाउनका लागि गठबन्धनलाई जिताउनका लागि भण्डारीले आग्रह गरे ।
केपी ओलीको अंहकारीका कारण गठबन्धन : सुदर्शन बराल
सोही निर्वाचन क्षेत्रको प्रदेश सभा १ का उम्मेदवार तथा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केपी ओलीको अंहकार र स्वच्छचारीका कारण र प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्नका लागि गठबन्धन भएको बताए ।


अहिले यो उ भन्दा पनि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गरी प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्न सकिने भन्दै दाँया बाँया नगरी गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न उनले आग्रह गरे ।

आफूले यो समयमा गरेका प्रतिबद्धताहरुलाई अक्षरसह पालना गर्ने भन्दै युवाहरुको मनोभावनालाई बुझेर अगाडि बढ्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

सोही प्रदेशको २ का उम्मेदवार धनेन्द्र कार्कीले यस क्षेत्रको बिकासमा आफूले समय खर्चिने भन्दै काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे ।

यस निर्वाचन क्षेत्रको प्रतिनिधि सभाका लागि नेकपा एमालेका प्रदीपकुमार ज्ञवाली र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी बीच प्रतिस्पर्धा हँुदैछ ।

 

सिलुवामा छैठौँ मण्डली कप हुदै

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २७ असोज :मण्डली स्पोटर्स क्लव पुर्वखोला गाउपालिका वडा नं १ सिलुवा पाल्पाको आयोजनामा छैठौं मण्डली कप २०७९ को सन्दर्भमा जानकारी दिन रामपुरमा पत्रकार सम्मेलन कार्यक्रम भएको छ ।

 

पुर्वखोला गाउपालिकाको सह–आयोजनामा आउँदो कात्तिक १६ गते देखि १९ गतेसम्म हुने खुल्ला क्लव स्तरिय पुरुष भलिबल प्रतीयोगीता सम्बन्धी पत्रकार माझ जानकारी गराइएको छ । क्लवका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका सन्दर्भमा अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभएको छ । कम्तीमा ८ देखि बढीमा १२ समुहको सहभागीता गराएर उत्कृष्ट कार्यक्रम आयोजना गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

 

संघियता कार्यान्वयन पश्चात् नेपालमै अन्तरपालिका स्तरिय भलिवल खेल आयोजना गर्ने पहिलो क्लव रहेको छ । यस कार्यक्रम आयोजना गर्न पालिकाले पाँच लाख रकम विनियोजन गरेको छ ।

 

मण्डली स्पोर्टस् क्लवका सचिव कृष्ण पंगेनीले विश्व प्रसिद्ध चुरा मण्डली बराजुको नाममा क्लव स्थापना भएर निरन्तर खेल र सामाजिक काममा सक्रिय रहदै आएको बताउनुभयो । साविक सिलुवा गाविसको १ मा स्थानीयकै सक्रियतामा प्रतियोगिता हुदै आएको हो ।

 

हाल क्लवले खेलमैदान निर्माण गरी युवाहरुलाई विविध प्रतियोगिता सञ्चालन गर्ने, नियमित टोल स्तरीय रनिङ प्रतियोगिता गरेर स्थानीयलाई सिर्जनशील बनाएको छ भने बालबालिका पनि संगठित र क्रियाशिल हुदै आएका छन् ।

 

यसै क्लवले प्रदेश स्तरका खेलाडी र राष्ट्रिय भलिवलका प्रशिक्षक समेत जन्माउन सफल भएको छ । पोखरामा असोज २८ देखि सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण केही दिनपछि सरेको छैंठौं मण्डकी कप प्रतियोगितामा प्रथम हुनेले नगद रु एक लाख रुपैयाँ, द्वित्तियले नगद ७० हजार रुपैयाँ, तृतीयले नगद ४० हजार रुपैयाँ र सान्त्वना हुने समुहले नगद २० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका ६ बिधामा उत्कृष्ट बिधागत नगद १०÷१० हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

कार्यक्रमको संचालन सामुदायिक रेडियो रामपुरका प्रतिनिधि डिल्लिराज पंगेनी र स्वागत पूर्वखोला भलिबल संघका सचिव नविन आचार्यले गर्नुभएको हो । खेल पुर्वखोला १ हटीया बजार नजिकै सञ्चालन हुनेछ ।

साना साना सपना नाटक मञ्चन

0

देउखुरी, असोज २७ गते : शिल्पी थिएटरको मुक्त रङ्गमञ्च साना साना सपनाको नाटकको मञ्चन गरिएको छ । दाङको लमहीमा उक्त नाटकको मञ्चन गरिएको हो । घिमिरे यूवराज परकल्पना तथा निर्देशनमा तयार पारिएको नाटकमा समाजको वास्तविक समस्यालाई उजागर गर्न खोजिएको छ ।

कृषि,राजनितिक, कार्यालयमा वास्तविक जनताले बेहोर्नु परेको समस्यालाई नाटकमा उतारिएको छ । लुम्बिनी, कर्णली र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्ला गरेर २१ ठाउँमा नाटक प्रदर्शन गरिने छ ।

 

असोज २५ गते देखि कार्तिक ८ गते सम्म नाटक प्रदर्शन गरिनेछ । नाटकमा मन्जु श्रेष्ठ,संगीता उराँव,झकेन्द्र वि.सी.ज्योती पोखरेल,सविना कट्टेल,रविना परियार,गोविन्द ओली,हिमाल भजेल लगायतले अभिनय गर्नुभएको छ । नाटकमा कलाकारको बेजोड प्रस्तुती देख्न सकिन्छ ।

झन्डै एक घण्टाको समय अवधिको नाटकमा समाजका वास्तविक समस्या उजागर गर्न नाटक सफल भएको दर्शकहरुले बताएका छन् ।

दाङको लमहीमा नाटक हेरेपछि नागरिक समाज दाङका उप संयोजक निमवहादुर थापाले छोटो समयमा मूलुको हरेक क्षेत्रको समस्या उजागर गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘कृर्षिमा विचौलिया,राजनितिमा अवसरबाद,कर्मचारीतन्त्रमा देखिएको व्यपाप्त भष्ट्रचार र विकासमा लापरवाही लाई जस्ताको त्यस्तै देखाइएको छ,नाटक पूर्ण रुपमा चेतनामुलक नै छ ।’

एमालेको गठबन्धन अपवित्र : प्रदेश उम्मेदवार बुद्धि जिसी

0

असोज २७ गुल्मी :नेकपा माओवादी केन्द्रका युवा नेता तथा गुल्मी २ `ख´ प्रदेश सभाका उम्मेदवार बुद्धि जिसीले नेकपा एमाले सहितका दलले गरेको चुनावी गठबन्धन अपवित्र भएको आरोप लगाएका छन् ।
आज संघीय निर्वाचन क्षेत्र न २ `क´ ले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
केही समय अघि सम्म गठबन्धनको बारेमा खिसिटिउरी गर्ने एमाले अहिले आएर गठबन्धनकै भरमा निर्वाचनमा जान लागेको तर त्यो गठबन्धन अपवित्र रहेको बताएका हुन ।
राप्रपा तर्फ सङ्केत गर्दै गणतन्त्र विरोधीहरुलाई साथमा लिएर एमालेले देशको व्यवस्थानै पल्टाउन र गणतन्त्रलाईनै खतरामा पार्न लागेको नेता जिसीले उल्लेख गरे ।
साथै काङ्ग्रेस माओवादी समाजवादी तथा अन्य दल बिच भएको गठबन्धनको बारेमा समेत उनले प्रष्ट पारेका छन । काङ्ग्रेस, माओवादी, समाजवादी बिच केही मतअन्तर , अन्तरविरोध भए पनि यो गठबन्धन सिङो देश,राष्टियता र व्यवस्था जोगाउन रहेको उनको भनाई छ ।
फरक प्रसङ्गमा उनले प्रदेश `क´का उम्मेदवार भुवन प्रसाद श्रेष्ठ र प्रतिनिधि सभा सदस्यका उम्मेदवार राम कुमारी झाक्रीलाई भारी मतले विजय गराउन आग्रह गरेका छन् । साथै एमाले तर्फ लक्षित गर्दै उनले भने ” तिम्रा उम्मेदवार यस क्षेत्रमा छैनन् हामीलाई मत दिउ तिम्रा उम्मेदवार हामी हौं भन्दै मत माग्न आउन सक्छन् यश तर्फ सचेत रहनु “।

नरैनापुरको बिपत व्यवस्थापन समितिको बैठक सम्पन्न

0

बाँके २७ असोज । नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढीले क्षति पुगेका परिवारको पहिचान गरी राहतमा कुनै कसर बाँकी नराखी काम गर्न स्थानीय विपद व्यवस्थापन समितिलाई निर्देशन दिनु भएको छ ।
बाढीले सबैतिर आक्रान्त पारेपछि विपद व्यवस्थापन समितिको आकश्मिक बैठक राखेर उहाँले छ वटै वडाका अध्यक्ष,स्थानीय प्रहरी, रेडक्रासकर्मी,स्वयसेक र स्वास्थ्य संस्थाका प्रमुखलाई वास्तविक बाढी पीडित व्यक्तिहरुको तथ्याक संकलन गर्न निर्देशन दिनु भएको हो ।
नरैनापुर गाउँपालिकामा भएको बाढी प्रभावित क्षेत्रको पहिचान गरि तत्काल राहत सामग्री वितरण गर्ने अध्यक्ष शाहले बताउनुभयो । नरैनापुर गाउँपालिका स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष शाहको अध्यक्षतामा बसेको बैठकले असोज १८ गतेदेखि परेको अविरल वर्षाका कारण नरैनापुर गाउँपालिकाका छ वटै वडामा भएको क्षति विवरण वडा अध्यक्षको नेतृत्वमा बनेको बिपद् व्यवस्थापन टीमले संकलन गरी पालिकामा बुझाउने र त्यही अनुरूप राहत वितरण गर्ने निर्णय गरेको छ ।
साथै बिपदको समयमा सहयोगका लागि विभिन्न संघ,संस्थालाई सहयोगको लागि अनुरोध÷आव्हान गर्ने र संकलन भएका राहत सामग्री एकद्वार प्रणाली मार्फत पालिका बाटै वितरण गर्ने,बर्षातका कारण क्षतिभएका सार्वजनिक संरचनाहरू तत्काल पुनः निर्माण गर्ने,धानबाली क्षति विवरण नरैनापुर गाउँपालिकाको कृषि शाखाले संकलन गर्ने र विपदका कारण हुने सम्भावित स्वास्थ्य सम्बन्धी प्रकोप नियन्त्रण गर्न स्वास्थ्य शाखाले बिशेष पहल गर्ने निर्णय गरेको विपद शाखा संयोजक लक्ष्मीकान्त मिश्राले जानकारी दिनु भयो ।
बैठकमा गाँउपालिका अध्यक्ष समेत रहनु भएका विपद समितिका संयोजक इश्तियाक अहमद शाह,वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ४ का अध्यक्ष मनोज कुमार शर्मा, वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, विओपी नरैनापुरका सशस्त्र प्रहरी निरिक्षक नन्दकिशोर महतो, विओपी कटकुइयाका दयाराम पौडेल लगायत गाँउपालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

अवैध गाँजासहित एकजना पक्राउ

0

असोज २७,२०७९पाल्पा : पाल्पामा गाँजासहित एकजना पक्राउ परेका छन्।

 

तानसेन नगरपालिका(३ भगवतीटोलका १८ वर्षीय परिभेष श्रेष्ठ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए।

उनको घरमा खानतलासी गर्ने क्रममा १ किलो ३०० ग्राम गाँजा फेला परेको हो। गोप्य सूचनाका आधारमा लुकाइछिपाई राखेको अवस्थामा ठूलो मात्रामा गाँजासहित  श्रेष्ठलाई पक्राउ गरिएको थापाले बताए।

ती किशोरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्दाजी १६ वर्षकी किशोरीको शव नदीको बगरमा फेला

0

असोज २७,०७९दाङ : दाङमा एक किशारीको शव फेला परेको छ।

गढवा गाउँपालिका २ महादेवा स्थित राप्ती नदीको पुलनजिक राप्ती नदीको बगरमा नामथर वतन नखुलेको करिब १५।१६ वर्षकी किशोरीको शव फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

राप्ती नदीको बाढीले बगाई ल्याएको अवस्थामा बुधबार दिउँसो करिब ४ बजेतिर शव फेला परेकोले प्रहरीले जनाएको छ।

उक्त शवको पहिचान नभएको हुँदा पहिचान गर्ने व्यक्तिहरूले उनको आफन्तहरूलाई जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ।