सिलुवामा छैठौँ मण्डली कप हुदै

0
152

सुशीला रेग्मी
रामपुर (पाल्पा), २७ असोज :मण्डली स्पोटर्स क्लव पुर्वखोला गाउपालिका वडा नं १ सिलुवा पाल्पाको आयोजनामा छैठौं मण्डली कप २०७९ को सन्दर्भमा जानकारी दिन रामपुरमा पत्रकार सम्मेलन कार्यक्रम भएको छ ।

 

पुर्वखोला गाउपालिकाको सह–आयोजनामा आउँदो कात्तिक १६ गते देखि १९ गतेसम्म हुने खुल्ला क्लव स्तरिय पुरुष भलिबल प्रतीयोगीता सम्बन्धी पत्रकार माझ जानकारी गराइएको छ । क्लवका अध्यक्ष अनन्तप्रसाद श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका सन्दर्भमा अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभएको छ । कम्तीमा ८ देखि बढीमा १२ समुहको सहभागीता गराएर उत्कृष्ट कार्यक्रम आयोजना गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभएको छ ।

 

संघियता कार्यान्वयन पश्चात् नेपालमै अन्तरपालिका स्तरिय भलिवल खेल आयोजना गर्ने पहिलो क्लव रहेको छ । यस कार्यक्रम आयोजना गर्न पालिकाले पाँच लाख रकम विनियोजन गरेको छ ।

 

मण्डली स्पोर्टस् क्लवका सचिव कृष्ण पंगेनीले विश्व प्रसिद्ध चुरा मण्डली बराजुको नाममा क्लव स्थापना भएर निरन्तर खेल र सामाजिक काममा सक्रिय रहदै आएको बताउनुभयो । साविक सिलुवा गाविसको १ मा स्थानीयकै सक्रियतामा प्रतियोगिता हुदै आएको हो ।

 

हाल क्लवले खेलमैदान निर्माण गरी युवाहरुलाई विविध प्रतियोगिता सञ्चालन गर्ने, नियमित टोल स्तरीय रनिङ प्रतियोगिता गरेर स्थानीयलाई सिर्जनशील बनाएको छ भने बालबालिका पनि संगठित र क्रियाशिल हुदै आएका छन् ।

 

यसै क्लवले प्रदेश स्तरका खेलाडी र राष्ट्रिय भलिवलका प्रशिक्षक समेत जन्माउन सफल भएको छ । पोखरामा असोज २८ देखि सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण केही दिनपछि सरेको छैंठौं मण्डकी कप प्रतियोगितामा प्रथम हुनेले नगद रु एक लाख रुपैयाँ, द्वित्तियले नगद ७० हजार रुपैयाँ, तृतीयले नगद ४० हजार रुपैयाँ र सान्त्वना हुने समुहले नगद २० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका ६ बिधामा उत्कृष्ट बिधागत नगद १०÷१० हजार रुपैयाँ प्रदान गरिनेछ ।

 

कार्यक्रमको संचालन सामुदायिक रेडियो रामपुरका प्रतिनिधि डिल्लिराज पंगेनी र स्वागत पूर्वखोला भलिबल संघका सचिव नविन आचार्यले गर्नुभएको हो । खेल पुर्वखोला १ हटीया बजार नजिकै सञ्चालन हुनेछ ।

SHARE