कार्यालयसंग मिल्दोजुल्दो फेसबुक गुप्र बन्द गर्न मालिकाको आग्रह

0
247
मालिका गाउँपालिकाको तस्विर :तिलाचन पाण्डे

असोज २८,२०७९ गुल्मीःगुल्मीको मालिका गाउँपालिकाले अनाधिकृत फेसबुक गुर्प बन्द गर्न आग्रह गरेको छ ।

 

शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै मालिका गाउँकार्यपालिकाको कार्यालय सङ मिल्दोजुल्दो (मालिका गाउँपालिका गुल्मी) नामक फेसबुक गुर्प सञ्चालन गरि सरकारी लोगो अनाधिकृत रुपले प्रयोग गरेको भन्दै गाउँपालिकाले त्यस्ता गुर्प बन्द गर्न आग्रह गरेको हो ।

 

गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले हस्ताक्षर गरेको सूचनामा भनिएको छ ,‶जनतालाई भ्रमित पार्ने विभिन्न झुट्टा तथा तथ्यहिन सामाग्रीहरु प्रचार प्रसार गरिएका कारण गुर्प बन्द गर्न अनुरोध गरिको सूचनामा उल्लेख गरिएको छ ″।

 


पहिलो चरणमा गुर्प बन्द गर्न सूचना मार्फत आग्रह गरिएको अन्यथा अटेरी गरे कानुन बमोजिम कारबाहीको लागी अगाडि बढ्ने अध्यक्ष अर्यालले बताए ।

SHARE