एमालेको गठबन्धन अपवित्र : प्रदेश उम्मेदवार बुद्धि जिसी

0
163

असोज २७ गुल्मी :नेकपा माओवादी केन्द्रका युवा नेता तथा गुल्मी २ `ख´ प्रदेश सभाका उम्मेदवार बुद्धि जिसीले नेकपा एमाले सहितका दलले गरेको चुनावी गठबन्धन अपवित्र भएको आरोप लगाएका छन् ।
आज संघीय निर्वाचन क्षेत्र न २ `क´ ले गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
केही समय अघि सम्म गठबन्धनको बारेमा खिसिटिउरी गर्ने एमाले अहिले आएर गठबन्धनकै भरमा निर्वाचनमा जान लागेको तर त्यो गठबन्धन अपवित्र रहेको बताएका हुन ।
राप्रपा तर्फ सङ्केत गर्दै गणतन्त्र विरोधीहरुलाई साथमा लिएर एमालेले देशको व्यवस्थानै पल्टाउन र गणतन्त्रलाईनै खतरामा पार्न लागेको नेता जिसीले उल्लेख गरे ।
साथै काङ्ग्रेस माओवादी समाजवादी तथा अन्य दल बिच भएको गठबन्धनको बारेमा समेत उनले प्रष्ट पारेका छन । काङ्ग्रेस, माओवादी, समाजवादी बिच केही मतअन्तर , अन्तरविरोध भए पनि यो गठबन्धन सिङो देश,राष्टियता र व्यवस्था जोगाउन रहेको उनको भनाई छ ।
फरक प्रसङ्गमा उनले प्रदेश `क´का उम्मेदवार भुवन प्रसाद श्रेष्ठ र प्रतिनिधि सभा सदस्यका उम्मेदवार राम कुमारी झाक्रीलाई भारी मतले विजय गराउन आग्रह गरेका छन् । साथै एमाले तर्फ लक्षित गर्दै उनले भने ” तिम्रा उम्मेदवार यस क्षेत्रमा छैनन् हामीलाई मत दिउ तिम्रा उम्मेदवार हामी हौं भन्दै मत माग्न आउन सक्छन् यश तर्फ सचेत रहनु “।

SHARE