Thursday, June 4, 2026

आज कागतिहार

0

कात्तिक ६,२०७९ काठमाडौं : कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न परिकार खान दिई आइतबार कागको पूजा गरिँदैछ।

सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूतका रूपमा पनि लिइन्छ।

कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।

काग अत्यन्त चलाख पक्षी हो। अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो।

कागतिहार आइतबार भए पनि यमपञ्चक शनिबार अपराह्न नै सुरु भएको थियो। त्रयोदशीमै गरिने यमदीपदानको विधि शनिबार साँझमा गरिएको छ।

आइतबार २७ घडी १८ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटसम्म त्रयोदशी छ। त्यसपछि चतुर्दशी लाग्छ। कार्तिक कृष्ण चतुर्दशी पारेर सोमबार बिहान कुकुरको पूजा गरिनेछ।

संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन

0

कार्तिक ५,२०७९ गुल्मीःगुल्मी निर्वाचन क्षेत्र नम्वर एक प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन भएको बताएका छन् ।

सत्यवती गाउँपालिकाको ठूलोलुम्पेकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले संबिधानको रक्षा गर्न राजनीतिक स्थिरताका लागि गठबन्धन भएको दाबी गरे ।

नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संबिधान माथि प्रहार गर्ने काम गरेकाले गठबन्धन आवश्यक भएको बताए ।

गठबन्धनले मात्रै देशलाई निकास र बिकास दिन सक्ने भन्दै गठबन्धन बाहेका अन्य बिकल्प केही नरहेको बताउनुभयो । गठबन्धनले जनताको मर्म बुझन सक्ने , संबिधानको रक्षा र बिकास पनि गर्ने भएकाले गठबन्धनका नेताहरुलाई भोट दिएर जिताउन आग्रह गरे ।

यस्तै निर्वाचन क्षेत्र नम्वर एक प्रदेश सभा १ का उम्मेदवार सुदर्शन बरालले केपी ओली प्रवृत्तिका कारण गठबन्धन भएको बताएक छन् ।

बरालले केपी ओली प्रवृत्ति अंहकारी स्वच्छचारी भएकाले गठबन्धन गर्नु बाहेकको बिकल्प नभएको बताए । ओलीले देशमा भ्रष्ट्राचारीलाई संस्थागत गर्ने , गुटतन्त्र गरेकाले देशलाई निकास दिनका लागि गठबन्धन गरेको उल्लेख गरे ।

यस क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र एमालेका प्रदीपकुमार ज्ञवालीबीच प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा हुँदै छ ।

प्रदेश सभा एकका लागि गठबन्धनबाट माओबादी केन्द्रका सुर्दशन बराल र एमालेका चिन्तामणी पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।

 

नवौँ राष्ट्रिय खेलकुद : राखेप सदस्य सचिव टंक लाल घिसिङद्धारा प्रतियोगिता सफल भएकामा आभार प्रकट

0

कास्की । राखेप सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद २०७९ मा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताएका छन । राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार संचारकर्मीसँग आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलाडीहरुको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताए । प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्टस सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौजना गरी १० हजारभन्दा बढीको सहभागिता भएको जानकारी दिए ।

प्रतियोगिता सफल भएकामा सद्स्य सचिव घिसिङले सबैप्रति आभार व्यक्त गरे । गण्डकीका खेलकुद पत्रकारले व्यवस्थित र जिम्मेवार हिसाबले कार्यसम्पादन गरेकोप्रति धन्यवाद व्यक्त गरे । पोखरामा यस अगाडिका प्रतियोगितामा भन्दा मिडिया सेन्टर व्यवस्थित कार्यसम्पादन, क्रियाशीलता र खटनका हिसाबले उत्कृष्ट पाएको बताए । उनले गण्डकीका पत्रकारको कार्यसम्पादन, क्रियाशीलता र खटनको उच्चमूल्यांकन नेपाली खेलकुदले गर्ने बताए ।

नेपाल सरकारका युवातथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद–२०७९ को प्रचारप्रसारमा संचारकर्मीले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । मन्त्री गहतराजले राष्ट्रिय खेलकुदलाई साँच्चिकै राष्ट्रिय खेल बनाउन र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारमा संचारकर्मीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

नेपाल खेलकुद  पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट बन्ननसकेका पूर्वाधार निर्माणमा विशेष ध्यानदिनआग्रह गरे ।उनले पोखरामै स्वीमिङ पुल र सुटिङका पूर्वाधार आवश्यक रहेकोमा जोड दिंदै खेलकुदपत्रकार मञ्चले बर्सेनि आयोजना गर्ने स्पोर्टस् अवार्डमा राखेपको सहयोग निरन्तरतामा जोड दिए ।

गण्डकीमा २८ असोजदेखि ३ कात्तिकसम्म भएको नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा ३९६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । जसमा आर्मी च्याम्पियन बन्यो । प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा आयोजित भव्य समारोहबीच उद्घाटन गरेका थिए भने समापनमा प्रधानमन्त्री शेरबहादुर देउवा आएका थिए ।

काँग्रेस नेता पहराइले भने,`प्रत्यक्षतर्फ कलम र हँसिया हथाैडामा मात्र मतदान गर्नु´

0

गुल्मी । नेपाली काँग्रेसका नेता एवम् लुम्बिनी प्रदेश सदस्य छन्दबहादुर पहराईले प्रत्यक्षतर्फ कलम र हँसिया हथाैडामा मतदान गर्न आग्रह गरेका छन् ।

 

शनिबार मालिका गाउँपालिकाकाे दर्लिङमा चुनावी कार्यक्रमलाई सम्बाेधन गर्दै नेता पहराइले प्रत्यक्षमा प्रतिनिधिसभामा रामकुमारी झाँक्रीलाई कलम र प्रदेश सभामा बुद्धि जिसीलाई हँसिया हथाैडामा मतदान गरि विजयी गराउन अपिल गरेका हुन् ।

 

विगतमा जितेका प्रतिनिधिहरूले राम्रोसँग काम नगर्दा अहिले पहिलाेपटक निर्वाचनमा उठेकाहरू समस्यामा परेकाे बताए । `विगतमा जितेका प्रतिनिधिले राम्रोसँग काम गरेनन, त्यसैले दलहरूप्रति वितृष्णा जागेकाे छ ।´ उनले भने, `अब गठबन्धनबाट रामकुमारी र बुद्धिलाई जिताउनु, हामीले इमानदारीताका साथ काम गर्छाै ।

 

´ संघीय उम्मेदवार झाँक्री निर्वाचनपछि मन्त्री बन्ने सम्भावना रहेकाे र मन्त्री भइसकेपछि जिल्लाकाे विकासले तिब्रता पाउने भन्दैउनलाई विजयी बनाउन नेता पहराइले आग्रह गरे ।

 

त्यस्तै यसभन्दा अगाडि प्रदेश सभामा निर्वाचित दिनेश पन्थीले जनताको मतलाई अपमान गरि बीच बाटाेबाटै हिडेकाेले अब समृद्धि र विकासका लागि बुद्धि जिसीलाई जिताउन अपिल गरे ।

नदीमा डुबेर दुई किशोरी बेपत्ता

0

कात्तिक ५,२०७९ :दाङको बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता हुनुभएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक पुष्करराज मल्लले दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा शनिबार दिउँसो दुई किशोरी बेपत्ता भएको जानकारी दिए।

बेपत्ता हुनेमा दगीशरण–२ सिमलकुना निवासी १५ वर्षीया रमा शाह र सल्यान दमाचौर गाउँपालिका–१ निवासी १६ वर्षीय गोमा भनिने साविरा चन्द छ्न्।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार नदीमा नहाउने क्रममा बेपत्ता भएका दुवैको खोजी कार्य जारी रहेको बताए ।

रामपुरमा नवनिर्मित बसपार्क टिकट काउन्टर उद्घाटन

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), ५ कात्तिक : पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर नगर बसपार्कको नवनिर्मित टिकट काउन्टर भवन उद्घाटन गरिएको छ ।

बसपार्क व्यवस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रमणबहादुर थापाले नवनिर्मित टिकट काउन्टर भवन उद्घाटन गर्नुभएको हो । उहाँले मौलिक शहरको रुपमा विकास गर्नका लागि शहरी विकास मन्त्रालयबाट मौलिक शहर अन्तर्गत रु २६ करोड ७१ लाख वजेट रामपुर नगरपालिकालाई क्रमागत परेकोमध्ये रु चार करोड २६ लाख रकमबाट बसपार्क व्यवस्थापनका लागि यसै आर्थिक वर्षमा काम हुने बताउनुभयो ।

बजार क्षेत्रमा यत्रतत्र पार्किङ गरेर राख्ने, तोकिएको ठाउँ बाहेक गाडी मनपरी ठाउँबाट यात्रु चढाउन र ओराल्न कार्य भइरहेकाले यसमा व्यवसायीले ध्यान दिनु आग्रह गर्दै व्यवस्थित शहर, धुलोरहित शहरका लागि रु एक करोड वजेटबाट यस आर्थिक वर्षमा बेझाड बजार क्षेत्रमा काम गर्ने योजना रहेको नगर प्रमुख थापाले बताउनुभएको छ ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्न नहुने, तोकिएकै स्थानबाट सवारी साधन पार्किङ गर्नु अनुरोध गर्दै नागरिकले सोचेजस्तो व्यवस्थित बसपार्क बन्ने बताउनुभएको छ ।

रामपुर ं ७ का वडाध्यक्ष दोवराज तिवारीले तत्कालका लागि व्यवस्थित टिकट काउन्टर अति आवश्यक रहेको र पछि यसलाई बिस्तार गर्नुपर्ने बताउनुहुदै व्यवस्थित रुपमा बसपार्कबाटै नियम संगत यातायात संचालनको व्यवस्था सम्बद्ध व्यवसायीले मिलाउनुपर्ने बताउनुभयो ।

नमस्ते रामपुर यातायात प्रालीका सञ्चालक भोजराज भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष यमबहादुर सुनार, नेकपा एमाले रामपुर ५ का वडा कमिटी अध्यक्ष मिनराज रेग्मी, नेपाल पत्रकार महासंघ पाल्पाका जिल्ला सदस्य दुर्गेश मल्ल, नेपाल प्रेस युनियन केन्द्रिय सदस्य सुशीला रेग्मी लगायतले बोल्दै बसपार्क व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बसपार्क व्यवस्थापन समितिका कोषाध्यक्ष पार्वती न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन नमस्ते रामपुर यातायात प्रालीका व्यवस्थापक भेषराज पोखरेलले गर्नु भएको हो । धन्यवाद बसपार्क व्यवस्थापन समिति सदस्य दयाराम गैरेले दिदै गत आर्थिक वर्षमा रामपुर नगरपालिकाबाट विनियोजन भएको रु पाँच लाख रकम र ९० हजार जनसहभागिताबाट टिकट काउण्टरको भवन निर्माण भएको जानकारी दिनुभएको छ

गुल्मीमा गाई काट्ने चार जना पक्राउ

0

टोपलाल अर्याल
गुल्मी, ५ कार्तिक :गुल्मीमा गाई काट्ने चार जना पक्राउ परेका छन् । शुक्रबार राति मालिका गाउँपालिका २ का २२ बर्षीय रमेश विक, २८ बर्षीय महलाल विक, ६१ बर्षीय टोप बहादुर रसाइली र ३५ बर्षीय तारा विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

 

दर्लिङ्गमा गाई काटिरहेको सूचनाको आधारमा पौदी अमराई प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक भविश्वर विकसहितको टोली घटनास्थल पुगको थियो ।

 

सोहि क्रममा गाईको टाउको, पुच्छर, दुई खुट्टा, छाला र मासुसहित चार जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको रानाभाटले बताए । उनीहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मी ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

 

नेटा दर्लिङ्गमा गाई काट्ने बिषय सामान्य बन्दै गएको छ । बिगतमा पनि त्यस स्थानमा गाई काटेको आरोपमा थुप्रै व्यक्ति पक्राउ परेका छन् ।

प्रहरी सवार ट्रक नै दुर्घटना दुईको मृत्यु, ६ जना घाइते

0

कात्तिक ५,२०७९ कपिलबस्तु : कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

शुक्रवार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो । ४ नं तौलिहवा सडक खण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए ।

ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते हुनुभएको छ । उहाँहरूको बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

ट्रकमा सवार थप तीन जना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी र प्रेम मल्ल घाइते भएका छन्। उनीहरूको कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । बस्ती नजिकै भएको दुर्घटना लगत्तै स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

लिफ्टिङ खानेपानीको शुल्क कम गर्छाै : नेता जिसी

0

 

कात्तिक ५,२०७९ गुल्मीः नेकपा माओवादी केन्द्रका गुल्मी जिल्ला समन्वय समिति संयोजक बुद्धि जिसीले लिफ्टिङ खानेपानीको विद्युत महशुल कम गर्ने बताएका छन्।

 

गुल्मी क्षेत्र नम्बर २ ‘ख’ का उम्मेदवार समेत रहेका नेता जिसीले शुक्रबार मालिका गाउँपालिका –१ नेटामा भएको कार्यक्रममा आफूहरु निर्वाचित भइसकेपछि लिफ्टिङ खानेपानीको महशुल कम गर्ने प्रतिवद्धता जनाएका हुन् ‘खानेपानी नागरिकको आधारभूत आवश्यकता र मालिक अधिकार हो ।

 

नेता जिसीले भने, ‘खानेपानीको लागि निशुल्क ट्रान्सफर्मर, कर्मचारी वा अन्य सामग्रीको व्यवस्था गरी शुल्क कम गर्छाै ।´ ग्रामीण क्षेत्रमा नागरिकको आम्दानी कम हुने समस्यासँग आफू नजिक भएकोले युवा एवम् महिलाहरूलाई उध्धमशिल बनाई राेजगारी सिर्जना गर्ने नेता जिसीले बताए ।

 

त्यसका साथै आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मदाने, मालिका र धुर्काेटमा सडक ग्राभेल एवम् पक्की गर्ने, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका बिषयमा आफूहरूले याेजनाबद्व ढंगले विकास गर्ने बताए ।

 

कार्यक्रममा काँग्रेस नेता छन्द बहादुर पहराई, शिव बहादुर केसी लगायत गठबन्धनमा आवद्ध विभिन्न दलका नेता, कार्यक्रता एवम् जनसमुदायको उत्साहजनक उपस्थिति रहेकाे थियाे ।

गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

0
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

कात्तिक ५,२०७९ गुल्मीः गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका ७ की ४० वर्षीय तालकुमारी कुमाललाई ४२ वर्षीय सुर्यबहादुर कुमालले कुटपीट गरी घाइते बनाएको र उपचारको क्रममा वामी अस्पतालमा बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आरोपी श्रीमानलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्धामा अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक माधावराज खरेलले जानकारी दिए ।