नदीमा डुबेर दुई किशोरी बेपत्ता

0
366

कात्तिक ५,२०७९ :दाङको बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता हुनुभएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक पुष्करराज मल्लले दंगीशरण गाउँपालिका–२ कुइरीगनार घाटमा नुहाउने क्रममा शनिबार दिउँसो दुई किशोरी बेपत्ता भएको जानकारी दिए।

बेपत्ता हुनेमा दगीशरण–२ सिमलकुना निवासी १५ वर्षीया रमा शाह र सल्यान दमाचौर गाउँपालिका–१ निवासी १६ वर्षीय गोमा भनिने साविरा चन्द छ्न्।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार नदीमा नहाउने क्रममा बेपत्ता भएका दुवैको खोजी कार्य जारी रहेको बताए ।

SHARE