संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन

0
146

कार्तिक ५,२०७९ गुल्मीःगुल्मी निर्वाचन क्षेत्र नम्वर एक प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले संबिधानको रक्षा र राजनीतिक स्थिरताका लागि गठबन्धन भएको बताएका छन् ।

सत्यवती गाउँपालिकाको ठूलोलुम्पेकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले संबिधानको रक्षा गर्न राजनीतिक स्थिरताका लागि गठबन्धन भएको दाबी गरे ।

नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संबिधान माथि प्रहार गर्ने काम गरेकाले गठबन्धन आवश्यक भएको बताए ।

गठबन्धनले मात्रै देशलाई निकास र बिकास दिन सक्ने भन्दै गठबन्धन बाहेका अन्य बिकल्प केही नरहेको बताउनुभयो । गठबन्धनले जनताको मर्म बुझन सक्ने , संबिधानको रक्षा र बिकास पनि गर्ने भएकाले गठबन्धनका नेताहरुलाई भोट दिएर जिताउन आग्रह गरे ।

यस्तै निर्वाचन क्षेत्र नम्वर एक प्रदेश सभा १ का उम्मेदवार सुदर्शन बरालले केपी ओली प्रवृत्तिका कारण गठबन्धन भएको बताएक छन् ।

बरालले केपी ओली प्रवृत्ति अंहकारी स्वच्छचारी भएकाले गठबन्धन गर्नु बाहेकको बिकल्प नभएको बताए । ओलीले देशमा भ्रष्ट्राचारीलाई संस्थागत गर्ने , गुटतन्त्र गरेकाले देशलाई निकास दिनका लागि गठबन्धन गरेको उल्लेख गरे ।

यस क्षेत्रमा गठबन्धनबाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र एमालेका प्रदीपकुमार ज्ञवालीबीच प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा हुँदै छ ।

प्रदेश सभा एकका लागि गठबन्धनबाट माओबादी केन्द्रका सुर्दशन बराल र एमालेका चिन्तामणी पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।

 

SHARE