Thursday, June 4, 2026

मुसिकोटका किसानले गोरु पाल्न छाडे

0

कात्तिक १५,२०७९ : रुकुम पश्चिमको मुसीकोट–७ का भीमबहादुर पाण्डेको गोठमा केही वर्षअघिसम्म एक हल गोरु बाँधिएको हुन्थ्यो। तर उनको गोठमा अहिले गोरु देखिँदैन।

आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि पाण्डेले गोरु पाल्न छाडेका हुन्। खेतबारी जोत्न अहिले उनलेसँग मिनीटिलर ९हाते ट्र्याक्टर० छ। उनी मात्र होइन, रुकुम पश्चिमका किसान आधुनिक औजारको प्रयोगमा लागेका छन्।

गोरुले एक दिनमा हुने काम आधुनिक कृषि औजारले दुई घण्टामै हुने भएपछि जिल्लाका किसानको आकर्षण ती औजारमा देखिएको हो।

जिल्लामा परम्परागत कृषिबाट कृषक आधुनिक कृषि प्रणालीमा लागेसँगै आधुनिक कृषियन्त्रको प्रयोग बढेको हो। जिल्ला कृषि विकास कार्यालयले कृषि औजार किन्न किसानलाई अनुदान दिने गरेको छ। कार्यालयका अनुसार जिल्लामा ३० प्रतिशत किसानले आधुनिक कृषि औजार प्रयोग गर्ने गरेका छन् । मिनीटिलर, थ्रेसर, च्यापकटर, सोलार ड्रायरजस्ता औजार प्रयोग हुने गरेको छ ।

कार्यालय प्रमुख मीनबहादुर केसीले जिल्लाको सबै क्षेत्रमा आधुनिक कृषि औजारको प्रयोग हुने गरेको जानकारी दिए। संघ, प्रदेश, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक पालिका एक उत्पादनलगायत कार्यक्रमले कृषकलाई ती सामग्री वितरण गर्ने गरेको उनले बताए।

कृषकलाई ५० प्रतिशत अनुदानमा औजार वितरण भइरहेको  छ। कृषकले आफैँले पनि ती औजार खरिद गरी प्रयोग गरिरहेका छन्।

नवलपरासीमा डुंगा पल्टिँदा तीनजनाको मृत्यु

0

कात्तिक १५,०७९ नवलपरासी : पश्चिम नवलपरासीको सुस्तामा डुंगा पल्टिदा सोमबार साँझ तीनजनाको मृत्यु भएको छ।

सुस्ता गाउँपालिका– ४ गोकुलनगरका १८ वर्षीय निरज हरिजन, १८ वर्षीय रञ्जित गुप्ता र २२ वर्षीय गुड्डु हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरू पिकनिक गएर र्फिर्कँदा डुंगा दुर्घटनामा परेको हो। पिकनिक सात जना गएपनि पाँच जना मात्रै फर्केका थिए।

डुंगा डुबेपछि स्थानीय र प्रहरीको टोलीले उद्धार गरेर उनीहरूलाई अस्पताल पुर्‍याएको थियो। अचेत अवस्थामा रहेका पाँचमध्ये तीन जनाको अस्पतालमा पुर्‍याएको केही समयमै मृत्यु भएको हो।

अचेत अवस्थामा रहेका २२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहित सहानीको चौपाता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ।

देशलाई सुरुङ युगमा प्रवेश गराउने काम एमालेकै पालामा ग¥यौंः ज्ञवाली

0
फाइल तस्बिर

कात्तिक १५,२०७९ गुल्मी : गुल्मी क्षेत्र नं। १ बाट प्रतिनिधि सभामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका प्रदीप ज्ञवालीले देशलाई सुरुङयुगमा प्रवेश गराउने काम नेकपा एमालेकै सरकारको पालामा सुरु भएको बताउनु भएको छ ।

उहाँले काठमाण्डौंको नागढुंगामा एमालेकै पालाबाट सुरुङ निर्माण सुरु भएको बताउँदै बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्गको डिपिआरको काम पनि एमालेकै पालामा भएको बताउनु भयो ।

गुल्मी १ का विभिन्न स्थानमा आयोजित घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका उपमहासचिव समेत रहनु भएका पूर्व परराष्ट्र मन्त्री ज्ञवालीले देश अहिले सुरुङ युगमा प्रवेश गरेको छ, यसको आधार एमालेकै सरकारले तयार गरेको हो भन्नुभयो ।

उहाँले नेकपा एमालेकै सरकारको पालामा देश विभिन्न खाले द्वन्द्वबाट मुक्त भएको दावी गर्नुभयो ।

ज्ञवालीले भन्नुभयो– देशलाई एमालेकै सरकारको पालामा द्वन्दबाट मुक्त बनायौं, देशमा गणतन्त्र आएपछि पनि द्वन्द्व बाँँकी थियो, तराईमा द्वन्द्व चर्काएका सिके राउत चन्द्र सूर्य झण्डा समाएर शान्तिको बाटोमा ल्याउन सफल भयौंं ।

उहाँले भन्नुभयो– मधेशबादी दलहरुले संविधान जलाइरहेका थिए, सिके राउतले मधेशमा द्वन्द्व चर्काउँदै थिए, विप्लव शान्ति प्रकृया बाहिरै थिए तर जब नेकपाको सरकार बन्यो विगतका सवै द्वन्द्व समाधान भए ।

उहाँले मुलुकलाई द्वन्द्वबा मुक्त बनाउन एमाले नेतृत्वको सरकारले सफलता पाएको दावी समेत गर्नुभयो ।

 

पूर्व परराष्ट्र मन्त्री समेत रहनु भएका ज्ञवालीले नेकपा एमालेको राष्ट्रियताको अडानकै कारण देशले नयाँ नक्सा पाएको बताउनु भयो । उहाँले कालापानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर नयाँ नक्सा बनाएको बताउँदै देश साना तिना धक्काले देश झुक्दैन भन्ने प्रमाणि गरेका छौं भन्नुभयो ।

उहाँले भन्नुभयो–एमालेको नेतृत्वमा देशको भूभागमाथि आफ्नो बैधानिक दावीमात्र प्रस्तुत गरेनौं औपचारिक रुपमा बार्ताको थालनी समेत ग¥यौं ।
एमालेको राष्ट्रियताको अडानकै कारण देश अहिले विश्वका कुनैपनि मुलुकसंग झुक्न नपरेको बताउँदै अहिले दलहरुवीच प्रतिष्पर्धा छ तर द्वन्द्व छैन, तीनै तहलाई सरकारलाई अधिकार सम्पन्न बनायौं, सविधान कार्यान्वयन ग¥यौं ।

जनताको मायाकै कारण देशमा नेकपाको नेतृत्वमा तीन बर्ष सरकार चलेको बताउँदै त्यस अवधीमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देशले विकासमा फड्को मारेको उल्लेख गर्नुभयो ।

उहाँले नेकपाको नेतृत्वको तीन बर्षको सरकार इतिहासकै सफल सरकारको रुपमा रहेको बताउनु भयो ।

‘अव उपरान्त नेपालमा कहिल्यै नाकाबन्दी हुँदैन, त्यसको आधार नेकपाकै सरकारले तयार गरेको हो’ ज्ञवालीले भन्नुभयो ।
ज्ञवालीले अहिले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गरिरहनु भएको छ । सो क्षेत्रमा गठबन्धनको तर्फबाट कांग्रेसका चन्द्र भण्डारी र एमालेको तर्फबाट प्रदीप ज्ञवालीबीच प्रतिष्पर्धा हुँदैछ ।

गुल्मी १ ख मा पाण्डेको घरदैलो अभियान जारी

0

आकाश सुवेदी
गुल्मी, कात्तिक १४ गते : गुल्मी क्षेत्र नंं १ प्रदेश ख मा नेकपा एमालेका उम्मेदवार फर्सुराम पाण्डेले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ आफ्नो एजेण्डा प्रस्तुत गर्दै घरदैलो अभियानलाई तीब्रता दिनुभएको छ ।

सोही क्रममा गुल्मीको गुल्मीदरबार गाउँपालिकाका विभिन्न स्थानमा आयोजना गरिएको घरदैलो कार्यक्रमका अवसरमा पाण्डेले आफ्नो भन्दा पनि नेकपा एमालेले लिएको नीति अनुसार जिल्लामा विकास निर्माणका कामलाई अभियानका रुपमा अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ ।

पाण्डेले नेकपा एमालेको २०५१ मा बनेको नेपालकै पहिलो कम्युनिष्ट सरकारले लिएको जेष्ठ नागरिक सम्मानको नीतिकै कारण बृद्धभत्ता मासिक चार हजार पुगेको बताउनु भयो ।

उहाँले मासिक एक सयबाट सुरु भएको बृद्ध भत्ता अहिले चार हजार पुगेको र बृद्धबृद्धा आमा बुवाका लागि अहिले बरदान सावित भएको बताउनु भयो ।
पाण्डेले नेकपा एमालेले लिएको राष्ट्रियताको नीतिकै कारण देशको विकास सम्मृद्धितर्फ अघि बढेको बताउनु भयो ।

उहाँले मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेले आफ्नो एजेण्डा लिएर जनताामाझ जाने र विपक्षीलाई आरोप प्रत्यारोप नगर्ने प्रतिवद्धता जनाउनु भयो ।
पाण्डेले भन्नुभयो– निर्वाचनमा हामी हाम्रो एजेण्डा लिएर जान्छौं, कसैको विरोध गर्दैनौं, जनतालाई हामी हाम्रो एजेण्डा सुनाउँछौं ।
उहाँले आफूहरु नेकपा एमालेको घोषणापत्र र प्रतिवद्धता पत्र लिएर चुनावमा जाने बताउँदै अहिले अरुको विषय भन्दा पनि आफूहरुले गर्ने काममात्र जनतालाई सुनाउने र बताउने उल्लेख गर्नुभयो ।

एमालेले विगतमा लिएको राष्ट्रिय नीतिकै कारण देश जोगिएको बताउँदै उहाँले एमालेले अंगीकार गरेको नीतिमै देश अघि बढेकोले मतदातालाई यो विषय पनि बुझाउने उहाँको भनाई छ ।

नेकपा एमालेको सरकारले विगतमा एक घर एक धाराको अभियान सुरु गरेको बताउँदै पाण्डेले नेकपा एमालेकै प्रतिवद्धता अनुसार आफ्नो निर्वाचन क्षेत्रमा सडक, खानेपान, शिक्षा र स्वास्थ्यका कामलाई प्राथमिकताका साथ अघि बढाउने जनाउनु भयो ।

उहाँले युवालाई रोजगारी प्रदान गर्न विभिन्न सिपमूलक कार्यक्रम चलाउने प्रतिवद्धता जनाउँदै किसानले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारको पहुँचसम्म पु¥याउने प्रतिवद्धता समेत जनाउनु भयो ।

गठबन्धनको सरकारले देशमा महंगी बढाएको बताउँदै उहाँले महंगी नियन्त्रण गर्न पनि नेकपा एमालेको सरकार बन्नुपर्ने भएकोले एमालेका उमेदवारलाई मत दिएर जिताउन आग्रह गर्नुभयो ।

एमालेका उम्मेदवारले पैसा र चामल बाँडे पछि आयोगले माग्यो स्पष्टीकरण

0

कात्तिक १४,२०७९म्याग्दी : मंसिर ४ गते हुने प्रतिनिधितथा प्रदेशसभा निर्वाचनको पूर्वसंन्ध्यामा आचारसंहिता उल्लंघन गरेर पैसा र चामल बाँडेको उजुरी परेपछि म्याग्दीका दुईजना उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयअन्तर्गतको आचारसंहिता अनुगमन समितिले नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र ९ख० का उम्मेदवार यामबहादुर गर्बुजालाई स्पष्टीकरण सोधेको हो।

अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन युवा क्लबलाई चन्दा र सर्वसाधारणलाई चामल वितरण गरेको उजुरी परेपछि श्रेष्ठ र गर्बुजालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको जानकारी दिए।

श्रेष्ठ र गर्बुजाले चन्दा दिएको रसिदको फोटोकपी र चामल वितरण गरेको भिडियो तथा अडियोलगायत प्रमाणसहित नेपाली कांग्रेस म्याग्दीका उपसभापतिसमेत रहेका कर्णबहादुर भण्डारी ९केबी० ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी हालेका थिए।

निर्वाचन आचारसंहिता लागू भइसकेपछि श्रेष्ठले युवा क्लबलाई १० हजार रूपैयाँ चन्दा दिएको रसिदको फोटोकपीसहित उजुरी परेको छ। श्रेष्ठ र गर्बुजाले मतदातालाई प्रभावित गर्न मालिका गाउँपालिका–३ इग्रे, लामखोरिया र श्यामगराका बासिन्दालाई चामल वितरण गरेको पनि उजुरीमा उल्लेख छ।

चामल वितरण गरेको विषयमा सञ्चारमाध्यमहरूमा समाचारसमेत सार्वजनिक भएको थियो। पहिलो पटक आचारसंहिता उल्लङ्घनको उजुरी परेपछि अनुगमन समितिको बैठक बसेर चन्दा र चामल वितरण गरेको हो होइनरु, के कारणले वितरण गरिएको हो भन्ने विषयमा लिखित स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको अनुगमन अधिकृत रानाभाटले बताए।

निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउन नगद, जिन्सीलगायत कुनै पनि वस्तु वितरण गर्न पाइँदैन। मतदाता प्रभावित बनाउन खोज्ने उम्मेदवार र दललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेर उम्मेदवारी खारेज गर्नेसम्मको कारबाही गर्न सक्ने व्यवस्था छ। थाहाबाट

जनतालाई ढाटेर चुनाव जित्ने दिन सकिए : नेतृ झाँक्री

0
फाइल फोटो

कात्तिक १४,०७९ गुल्मी : गुल्मी क्षेत्र नं २ मा गठबन्धनकी साझा उम्मेदवार बनेकी रामकुमारी झाँक्रीले अब जनतालाई ढाटेर छलेर चुनाव जित्ने दिन गएको बताएकी छन ।

सोमबार मुसिकोट नगरपालिका ५ आपचौरमा भएको चुनावी भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । विगत लामो समय सम्म विकासका नाममा जनतालाई छलेर ,ढाटेर चुनाव जित्ने परिपाटी भए पनि यसको अब अन्त्य हुने बताएकी छन ।

मुसिकोट नगरपालिकाले यसको नयाँ सन्देश दिनु पर्ने धारणा व्यक्त गर्दै ढाट्ने छल्नेलाई मत नदिन अनुरोध गर्दै उनले काम गर्नेलाई मत दिन आग्रह गरेकी छन् ।

आफू मन्त्री हुँदा मुसिकोट नगरपालिकामा ५० करोडका योजना अगाडि बढाएको जानकारी गराउदै केही योजना राजनीतिक प्रतिशोधका कारण सफल हुन नसके पनि केही योजना सफल हुन लागेको उनले उल्लेख गरिन ।

साथै मुसिकोट नगरपालिकाको आर्थिक गतिविधि चलायमान बनाउनको लागि आर्थिक क्रियाकलापका गतिविधि अगाडि बढाउने , कृषि उपजको बजारीकरण गर्ने , योजनाको वर्गीकरण गरेर काम गर्ने झाँक्रीले बताईन ।

त्यस्तै बसाइँसराइ रोक्न,जनताको जिवन सहज र सरल बनाउनको लागि पहिला सञ्चालनमा आएका तर विविध कारणले अहिले सेवा बन्द भएका विभिन्न सेवामुलक संघ संस्थालाई पुनः सञ्चालनमा ल्याउन पहल गर्ने उल्लेख गरिन । गुल्मी क्षेत्र नं २ मा नेकपा एमालेका गोकर्ण बिष्ट र गठबन्धनका तर्फबाट रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुँदैछ ।

जबरजस्ती करणी गरेको आरोपमा बुढा पक्राउ

0

कात्तिक १४,२०७९सल्यान : सल्यान प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

 

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका(३ को अन्दाजी २० वर्षको रेवन्त बुढाले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणाी गरेको आरोपमा पक्राउ गरेको हो।

 

विवाह गर्ने प्रलोभन देखाई कात्तिक १२ गते बनगाड कुपिण्डे नगरपालिका(१ माल्पेको जंगलमा रातको झन्डै साढे ११ बजे जबरजस्ती करणी गरी ज्यान मार्ने नियतले कुटपिट गरी बेहोस बनाएर भागेका बुढालाई आइतबार सल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

 

कुटपिटबाट घाइते भई बेहोस भएकी किशोरीको नेपालगञ्जमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

 

अभियुक्त बुढालाई सल्यान जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ।

जेठको पहिलो हप्तादेखी बन्द रहेको स्टिमर सेवा सुचारु

0

गीताकुमारी बस्याल
कात्तिक १४ ,२०७९ गुल्मीः जेठको पहिलो हप्तादेखी बन्द रहेको स्टिमर सेवा सुचारु भएको छ ।

स्याङजाको आधिमुहान मिर्मी देखी सेतीबेनीसम्मको ६ किलोमिटरको कालीगण्डकी नदीमा पानीको बहाव बढेको कारण र बर्षायामका कारण बन्द रहेको स्टिमर सेवा कात्तिकको पहिलो हप्ताबाट सुचारु भएको शिला शालीग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिए ।

गुल्मी खण्डको कालीगण्डकी करिडोर र पर्वत खण्डको कालीगण्डकी लोक मार्ग खुलेपछि अहिले मेला पर्व , आन्तरीक पर्यटकहरु र शिलाशालिग्राम दर्शन गर्नेहरुमा मात्र सीमित रहेको उनको भनाई छ ।

कहिलेकाही भर्मण आउँनेहरुले स्टिमर रिर्जव गरेर सेतिबेनी शिला शालीग्रामको दर्शन गर्न आउने जाने गर्ने गरेता पनि नियमित रुपमा यात्रुहरुको अभाबका कारण चल्न नसकेको भट्टराईले जानकारी दिए ।

गुल्मी खण्ड ,स्याङजा र पर्वत खण्डमा जताततै मोटरबाटोहरुको पहुँच भएका कारणले पनि स्टिमर संचालनमा प्रभाब परेको उनको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय स्याङजाबाट २०६२ सालमा स्विकृत लिएर संचालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्टारमा दर्ता भई संचालनमा आएको छ ।

पहिले १२ वटा साना ठूला गरी स्टिमरहरु रहेता पनि हाल भने चार वटा मात्रै संचालनमा रहेको भट्टराइले बताए ।

प्रतिब्यक्ति एकतर्फी टिकट काटेर जानुपरेमा दूुई सय रुपियाँ निर्धारण गरिएको छ भने रिर्जवको लागि दुई हजार देखि स्टिमरको क्षमता अनुसार निर्धारण गर्ने गरेको उहाँको भनाई छ । बिशेष गरी गुप्रमा आउनेहरुका लागि छुटको ब्यबस्था समेत गरिएको छ ।

कालीगण्डकी नदीमा मिर्मी देखी सेतीबेनीसम्मको जलयात्राको समय ३० देखि ४५ मिनेट सम्मको रहने भट्टराइले जानकारी दिए ।

 

झोलुंगे पुल चुँडिदा १४० जनाको मृत्यु

0

कात्तिक १४,२०७९ : भारतको गुजरातस्थित मोरबीमा रहेको मच्छु नदीको झोलुंगे पुल चुँडिदा कम्तीमा १४० जनाको मृत्यु भएको छ। १४३ वर्ष पुरानो मच्छु पुल झण्डै ४०० मानिस रहेका वेला बीच भागबाट चुँडिएको हो ।

लामो समय बन्द गरेर केही समयअघि मर्मतपछि सञ्चालनमा आएको पुल भार धान्न नसकेर चुँडिएको अधिकारीहरुले जनाएका छन्। आइतबारसाँझ भएको दुर्घटनापछि अझै नदीमा बेपत्ताको खोजी भइरहेको छ । बिदा दिनमा मानिस पुलमा घुम्न आएको समयमा घटना भएको जनाइएको छ।

मर्मतपछि यो पुल र आसपासको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको थियो । टिकट काटेर पुलमा गएकाहरू घटनामा परेका हुन्। घटनापछि गुजरात सरकारले मृतक, घाइते तथा बेपत्ता परिवारलाई राहत प्याकेजको घोषणा गरेको छ।

राष्ट्रपति द्रौपति मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गरेका छन् ।

सम्बन्धविच्छेदले रोकेन ‘पति’को काजकिरिया गर्न

0
प्रतीकात्मक तस्विर

रासस

कात्तिक १४,२०७९झापा : मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्धविच्छेद भइसकेका पतिको मृत्यु संस्कार ९काजकिरिया० गरेर पतिपत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छिन्।

सीताका पूर्वपति भानुभक्त बस्नेतको ४८ वर्षको उमेरमा वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शव मेचीनगर–१४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उनको दाहसंस्कार भयो।

पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन र सीता छोरी १६ वर्षीया जेनिशा र छोरा सात वर्षीय प्रतिशलाई साथमा लिएर आर्यघाट गइन्। त्यसपछि उनी छोराछोरीसँगै मेचीनगर–७ इट्टाँभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया बसिन्।

दुई दिनअघि १३ दिने काजकिरिया पूरा गरेकी खड्काले कागजी सम्बन्धविच्छेदले पतिप्रतिको माया र श्रद्धा नघटेको बताइन्। उहाँले आफू छुट्टिने पक्षमा कहिल्यै नरहेको तर पतिकै बलमा सम्बन्धविच्छेदको कागजमा सहीछाप गरेको बताइन्। ‘मेरो मनभित्र श्रीमानप्रति पहिले जत्तिकै आस्था, श्रद्धा र माया थियो’,उनले भनिन्।

एक वर्षअघि सम्बन्ध विच्छेद गरेपश्चात बस्नेतले दोस्रो विवाह गरेका थिए। तर दोस्री पत्नीले केही महिनामै उनलाई छाडेर हिँडेकी थिइन्। ‘मदिराको कुलतमा लागेर उहाँले मलाई कुटपिट गर्नुहुन्थ्यो। तैपनि म कहिल्यै सम्बन्धविच्छेदको पक्षमा थिइन’, खड्काले भनिन्, ‘कान्छीले पनि केही महिनामै छाडेर हिँडेपछि उहाँ मेरो माइती घरमा बारम्बार आइरहनुहुन्थ्यो। मैले उहाँलाई सुध्रिएर आउनुहोस्, सँगै बसौँला भनेको थिएँ।’

यसैबीच वैदेशिक रोजगारीका लागि बस्नेत दुबई गएका थिए। असोज ८ गते उहाँले आत्महत्या गरेको खबर आएको थियो । पूर्वपति बस्नेतको मृत्यु भएपछि खड्काले आफूले पालनपोषण गर्दै आएका छोराछोरीसँगै पतिकै घरमा बसेर काजकिरिया बार्ने सोच बनाए पनि देवर, देउरानी र नन्दहरूले नदिएको बताइन्।

‘झगडा हुने भएपछि आफन्तको सल्लाहबमोजिम म, छोरा र छोरीले अलग्गै किरिया बार्‍यौँ, साइला देवरले अलग्गै बार्नुभयो’,उनले भनिन्।