नवलपरासीमा डुंगा पल्टिँदा तीनजनाको मृत्यु

0
201

कात्तिक १५,०७९ नवलपरासी : पश्चिम नवलपरासीको सुस्तामा डुंगा पल्टिदा सोमबार साँझ तीनजनाको मृत्यु भएको छ।

सुस्ता गाउँपालिका– ४ गोकुलनगरका १८ वर्षीय निरज हरिजन, १८ वर्षीय रञ्जित गुप्ता र २२ वर्षीय गुड्डु हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरू पिकनिक गएर र्फिर्कँदा डुंगा दुर्घटनामा परेको हो। पिकनिक सात जना गएपनि पाँच जना मात्रै फर्केका थिए।

डुंगा डुबेपछि स्थानीय र प्रहरीको टोलीले उद्धार गरेर उनीहरूलाई अस्पताल पुर्‍याएको थियो। अचेत अवस्थामा रहेका पाँचमध्ये तीन जनाको अस्पतालमा पुर्‍याएको केही समयमै मृत्यु भएको हो।

अचेत अवस्थामा रहेका २२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहित सहानीको चौपाता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ।

SHARE