झोलुंगे पुल चुँडिदा १४० जनाको मृत्यु

0
292

कात्तिक १४,२०७९ : भारतको गुजरातस्थित मोरबीमा रहेको मच्छु नदीको झोलुंगे पुल चुँडिदा कम्तीमा १४० जनाको मृत्यु भएको छ। १४३ वर्ष पुरानो मच्छु पुल झण्डै ४०० मानिस रहेका वेला बीच भागबाट चुँडिएको हो ।

लामो समय बन्द गरेर केही समयअघि मर्मतपछि सञ्चालनमा आएको पुल भार धान्न नसकेर चुँडिएको अधिकारीहरुले जनाएका छन्। आइतबारसाँझ भएको दुर्घटनापछि अझै नदीमा बेपत्ताको खोजी भइरहेको छ । बिदा दिनमा मानिस पुलमा घुम्न आएको समयमा घटना भएको जनाइएको छ।

मर्मतपछि यो पुल र आसपासको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको थियो । टिकट काटेर पुलमा गएकाहरू घटनामा परेका हुन्। घटनापछि गुजरात सरकारले मृतक, घाइते तथा बेपत्ता परिवारलाई राहत प्याकेजको घोषणा गरेको छ।

राष्ट्रपति द्रौपति मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले दुःख व्यक्त गरेका छन् ।

SHARE