एमालेका उम्मेदवारले पैसा र चामल बाँडे पछि आयोगले माग्यो स्पष्टीकरण

0
259

कात्तिक १४,२०७९म्याग्दी : मंसिर ४ गते हुने प्रतिनिधितथा प्रदेशसभा निर्वाचनको पूर्वसंन्ध्यामा आचारसंहिता उल्लंघन गरेर पैसा र चामल बाँडेको उजुरी परेपछि म्याग्दीका दुईजना उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयअन्तर्गतको आचारसंहिता अनुगमन समितिले नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र ९ख० का उम्मेदवार यामबहादुर गर्बुजालाई स्पष्टीकरण सोधेको हो।

अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन युवा क्लबलाई चन्दा र सर्वसाधारणलाई चामल वितरण गरेको उजुरी परेपछि श्रेष्ठ र गर्बुजालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको जानकारी दिए।

श्रेष्ठ र गर्बुजाले चन्दा दिएको रसिदको फोटोकपी र चामल वितरण गरेको भिडियो तथा अडियोलगायत प्रमाणसहित नेपाली कांग्रेस म्याग्दीका उपसभापतिसमेत रहेका कर्णबहादुर भण्डारी ९केबी० ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी हालेका थिए।

निर्वाचन आचारसंहिता लागू भइसकेपछि श्रेष्ठले युवा क्लबलाई १० हजार रूपैयाँ चन्दा दिएको रसिदको फोटोकपीसहित उजुरी परेको छ। श्रेष्ठ र गर्बुजाले मतदातालाई प्रभावित गर्न मालिका गाउँपालिका–३ इग्रे, लामखोरिया र श्यामगराका बासिन्दालाई चामल वितरण गरेको पनि उजुरीमा उल्लेख छ।

चामल वितरण गरेको विषयमा सञ्चारमाध्यमहरूमा समाचारसमेत सार्वजनिक भएको थियो। पहिलो पटक आचारसंहिता उल्लङ्घनको उजुरी परेपछि अनुगमन समितिको बैठक बसेर चन्दा र चामल वितरण गरेको हो होइनरु, के कारणले वितरण गरिएको हो भन्ने विषयमा लिखित स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको अनुगमन अधिकृत रानाभाटले बताए।

निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउन नगद, जिन्सीलगायत कुनै पनि वस्तु वितरण गर्न पाइँदैन। मतदाता प्रभावित बनाउन खोज्ने उम्मेदवार र दललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेर उम्मेदवारी खारेज गर्नेसम्मको कारबाही गर्न सक्ने व्यवस्था छ। थाहाबाट

SHARE