Thursday, June 4, 2026

सुदूरपश्चिममा भूकम्प : डोटीमा एकै परिवारका तीनसहित ६ जनाको मृत्यु

0

कात्तिक २३,२०७९ डोटीः डोटी केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६।६ म्याग्निच्युडको भूकम्प गएको हो। राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौँ घर भत्किएका छन् ।

डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा पुरिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए। ​गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित ६ जनाको मृत्यु भएको बताए।

पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको हो।​भूकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए।

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको बताइएको छ। स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांशका घरमा क्षति पुगेको छ। ​भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा ठाउँ–ठाउँमा पहिरो गएको दलबहादुर देउवाले बताए।

यता बझाङमा पनि भूकम्पका कारण यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन्। मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिकाका– ५ कि लक्ष्मीदेवी जोशीले बताए। गाउँभरिका मानिस आगो बालेर बाहिर बसेको उनले जानकारी दिए। यहाँ पनि पुराना घरहरू भत्किएको बताइएको छ।

जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कैयौँ मानिस सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा भेला भएका छन् । पछिल्लो केही समय यता सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महशुस भएको छ।

सवारी दुर्घटनामा आठ जनाको मृत्यु

0

कात्तिक २२,२०७९ काठमाडौं : देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका(३ लंकपुरस्थित सडकमा लु।३ च ३११४ नम्बरको स्कारपियोको ठक्करबाट साइकलयात्री कोटहीमाई गाउँपालिका(१ बस्ने ४५ वर्षीय महेन्द्र भरको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, उदयपुरको त्रियुगा नगरपालिका(१४ दियालेस्थित सडकमा साउनेबाट गाईघाटतर्फ जाँदै गरेको प्र १(०५(००१ ह ००२७ नम्बरको अटो आफै अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा अटोमा सवार सवार सोही नगरपालिका(४ बगाहा बस्ने ३३ वर्षीया लिला मगरको छोरा ५ वर्षीय नुजल मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ८ जनामध्ये अटोमा सवार ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अटो चालक समेत ३ जनालाई थप उपचारको लागि धरान घोपा रिफर गरिएको छ।

यस्तै, बाराको पचरौता नगरपालिका(९ टियर पुलस्थित सडकमा कलैयाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बिआर ०५ डि ७३७७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका(२ श्रीनगर बैरिया बस्ने ४२ वर्षीय रामाधार प्रसाद यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

त्यसैगरी,भक्तपुरको सूर्यविनायक नगरपालिका(८ आदर्श चोकस्थित सडकमा मे।१ ख ३२३७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसि अस्पताल दुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिका(५ पोल्खरीस्थित सडकमा सु।प।प्र।०१(०१० प १०७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त जोशीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै, रौतहटको मौलापुर नगरपालिका(५ लक्ष्मीनियामा बीआर ०५ भी ८६०४ नम्बरको मोटरसाइकल र प्रदेश २ (०३(००१ स ६६६७ नम्बरको टेम्पो एक(आपसमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बारा सिम्रौनगढ नगरपालिका(८ बस्ने ३२ वर्षीय असलम पैठानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। टेम्पो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, कैलालीको गोदावरी नगरपालिका(१ धनगढीमा सु।प।प्र।०१(०१० प ३६९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक कञ्चनपुर लालझाडी गाउँपालिका(४ जाँई शिबिर बस्ने ३२ वर्षीय राजु चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै, गोरखाको गोरखा नगरपालिका(८ बराहा मन्दिरस्थित सडकमा ग।१ त ४८७८ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा चालक आरुघाट गाउँपालिका(१ मान्बु घर भई गोरखा नगरपालिका(५ सतिपिपल डेरा गरी बस्ने ३६ वर्षीय राजु गुरुङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रचण्ड सवार हेलिकोप्टर आकस्मिक अवतरण

0
फाइल फोटो

कात्तिक २२,२०७९काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार हेलिकोप्टर सल्यानको खंलगामा आकस्मिक अवतरण भएको छ।

चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम प्रतिकुल भएपछि खलंगामा अवतरण गरिएको उनको सचिवालयले जनाएको छ।

केही समय खलंगामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको उनको सचिवालयले जनाएको छ।

गोरखाको चुनावी कार्यक्रम सकेर प्रचण्ड कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन्।

काँग्रेसकाे प्रतिनिधित्व कलम र हँसिया हथाैडाले गर्छ : नेता भण्डारी

0

गुल्मी, २१ कात्तिक । नेपाली काँग्रेसका नेता महेन्द्र भण्डारीले नेपाली काँग्रेसकाे प्रतिनिधित्व कलम र हँसिया हथाैडाले गर्ने बताएका छन् ।                                                                                                                                                        साेमबार मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीमा बाम लाेकतान्त्रीक गठबन्धनकाे चुनावी कार्यक्रममा नेता भण्डारीले अहिले काँग्रेसकाे चुनाव चिन्ह कलम र हँसिया हथाैडा भएको बताएका छन् ।                                                                                                                                                                                                                                                `प्रत्यक्षतर्फ कलम र हँसिया हथाैडामा मतदान गर्नुपर्छ ।´ उनले भने,`अहिले गठबन्धनका उम्मेदवारहरूलाई भारी मतले विजयी बनाउनुपर्छ ।´ त्यसका साथै मदानेले संघ र प्रदेशमा नै प्रत्यक्ष उम्मेदवार पाउनु र समानुपातिकतर्फ पनि उम्मेदवार पाउनुले यसपटक मदानेकाे लागि गर्वकाे बिषय रहेकाे बताए ।              ..                                                                                  विकासकाे लय मिलाउनका लागि स्थानीय सरकारदेखि प्रदेश र संघसम्म गठबन्धनकाे सरकार बन्नुपर्ने बताए ।

दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण

0

गीताकुमारी बस्याल
कात्तिक २१,०७९ गुल्मीः गुल्मी र स्याङजा दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण बन्दै गएको छ ।

 

गण्डकी प्रदेशको स्याङजाको मिर्मी र लुम्बिनी प्रदेशको गुल्मी हर्मिचौर जोडने रेप्कामा रहेको मोटरेबल पुल २०५२ सालमा कालीगण्डकी जलबिधुत परियोजना ए निर्माणको क्रममा गुल्मीको हर्मिचौर र स्याङजाको मिर्मीलाई जोडने गरी कालीगण्डकी नदिको रेप्कामा इटालीयन सरकारले निर्माण गरिदिएको पुल वषौदेखि जीर्ण बन्दै गएको छ ।

 

कालीगण्डकी नदिले पुलको पिलरहरुमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो । बुटवल र , पोखरादेखी गुल्मीको पुर्तिघाट र बाग्लुङ सम्म जाने सवारी साधनहरुले सो पुलको प्रयोग गर्दै आएका छन् । सो पुल मर्मतका लागि सामान्य कामहरु गर्दै आएपनि पुल जीर्ण नै रहेको छ । दिनानुदिन पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवाला कसैले वास्था नगरेको सवारी धनीहरु र स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।

 

जुन सुकै समयमा पनि पुल भत्किन सक्ने भन्र्दै हजारौ जनताको जीउ धनको बारेमा कसैले पनि चासो नदेखाएको स्थानीय तीलक रानाले गुनासो गर्नुभयो । बर्षौ देखि जीर्ण रुपमा रहेको पुलको बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसकेको र आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँहरुमा र नेताहरुको पहुँचको आधारमा बिकास गर्ने र खोला नै नभएका ठाँउहरुमा पुल निर्माण गर्ने अबस्थाको अन्त्य हुनुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।

 

दूई जिल्ला जोडने मोटरेवल पुल जीर्ण बन्दै गएकोमा स्थानीय सरकारको पहल जारी रहेको े कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेदबहादुर थापाले बताउनुभयो । दुई वर्ष पहिले देखिनै आफूले सो पुलका लागि पहल गर्दै आएको दाबी गर्दै नयाँ पक्की पुल निर्माणका लागि सडक बिभागबाट डिजाइन तयार भई टेन्डरको प्रक्रियामा रहेको उहाँको दाबी छ ।

सिर्जनशिल कपको उपाधी आयोजक सिर्जनशिलले हात पा¥यो

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ कात्तिक :पाल्पाको रामपुर नगरपालिका ६ विजयपुरमा संचालन भएको सिर्जनशिल कप–२०७९ को उपाधी आयोजक रामपुर सिर्जनशिल युवाक्लवले हात पारेको छ ।

फाईनल खेलमा सराई युवाक्लवलाई १÷० ले पराजित गर्दै क्लवले उपाधी जितेको हो । क्लवले खेलकुदको विकास गर्न गएको कात्तिक १३ गते देखि सिर्जनशिल कप २०७९ संचालन गरेको हो । विजेता समुहले नगद एक लाख ११ हजार १११ र उपविजेताले नगद ५५ हजार ५५५ सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ ।

विजेताहरुलाई रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले खेलकुदको विकास र युवाहरुलाई प्रोत्साहन गर्न क्लवले विगतका वर्षहरु देखि नै महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका ६ का वडाध्यक्ष दिवाकर देवकोटा, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णुप्रसाद रेग्मी, नेकपा एकिकृत समाजवादी पाल्पाका सहसचिव कमल सेन, रामपुर पर्यटन विकास समितिका अध्यक्ष एवं गठबन्धका प्रदेश सभा उम्मेदवार श्यामकान्त खनाल र विजयपुर बजार व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर थापा लगायतले आफ्ना धारणा राख्नु भएको छ ।

क्लवका अध्यक्ष तालबहादुर थापा (गुप्त)को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुदिप गैरे र संचालन क्लवका निवर्तमान अध्यक्ष ओमप्रकाश रेग्मीले गर्नुभएको हो ।

नुवाकोट एकमा एमाले रक्षात्मक,गठबन्धन भारी

0

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन मंसिर ४ गते हुँदैछ ।नुवाकोट क्षेत्र न।एकमाप्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार हित बहादुर तामाङ नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् भने प्रदेश क मा गठबन्धनबाट माओबादी उमेद्द्वार राधिका तामाङ र प्रदेश ख मा कांग्रेसबाट रमेश कुमार महत उमेद्द्वार रहेका छन् । एमालेका उम्मेदवार क्षेत्र एकमा बद्रि मैनाली रहेका छन् भने प्रदेश क मा शुशील खड्का र ख मा पूर्ण दास श्रेष्ठ उमेद्द्वार रहेका छन् ।

 

नुवाकोट क्षेत्र एकको चुनावी प्रतिस्पर्धामा एमाले रक्षात्मक अबस्थामा रहेको छ भने गठबन्धन भारी मतका साथ धेरै अगाडी रहेको पाउन सकिन्छ। नुवाकोट क्षेत्र एक मा सात पालिका रहेका छन्। दुप्चेश्वर  गाउँपालिका,तादीगाउँपालिका,शिवपुरीगाउँपालिका,पन्चकन्या गाउँपालिका,लिखुगाउँपालिका,ककनीगाउँपालिका र सुर्यगढ़ीगाउँपालिका यस क्षेत्रमा पर्दछन।

गएकोस्थानीय तहको निर्वाचन मत परिणामले पनि गठबन्धन अधिक मतका साथ अगाडि रहेको देखाउँछ । स्थानीय चुनावमा सात पालिका रहेको यस क्षेत्रमा शिवपुरी गाउँपालिका र सुर्यगढ़ी गाउँपालिकाबाहेक ५ वटा पालिकामा कांग्रेस,माओबादी र एमालेले एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गरेका थिए।

जस अनुसार दुप्चेश्वर गाउँपालिका,पन्चकन्या गाउँपालिका र ककनी गाउँपालिकामा माओबादीले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा उपाध्यक्ष जितेको छ। कांग्रेसले लिखु गाउँपालिका र सुर्यगढ़ी गाउँपालिकामा अध्यक्षर उपाध्यक्ष जितेको छ भने शिवपुरी गाउँपालिका र तादी गाउँपालिकामा अध्यक्ष जितेको छ। सात पालिका रहेको यस क्षेत्रमा गएको स्थानीय तहको निर्वाचनमा एमालेले कुनै पालिकामा जित निकाल्न सकेन।

करिव १ लाख २० हजार मतदाता रहेको यस क्षेत्रमा ७५ देखि ८० हजार मत खस्ने अनुमान गरिएको छ। यस क्षेत्रमा कांग्रेसको मत करिव २७ हजार रहेको छ भने माओबादीको पनि २४ हजार रहेको छ। तर एमालेको मत भने १७ हजार रहेको छ। यस क्षेत्रमा एकीकृत समाजवादीको५ हजार,राप्रपाको ५ हजार र अन्य पार्टीको करिव ४ हजार मत रहेको पाउन सकिन्छ। यस क्षेत्रमा रहेका करिव २५ हजार मतदाता देश बाहिर रहेको अनुमान छ भने करिब२० हजार मतदाता मतदानमा सहभागी नहुने अनुमान गरिएको छ।

यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमालेभन्दा करिब३८ हजार मतले अगाडि छ । जसका कारण एमालेका बद्रि मैनालीलाई निर्वाचित हुन अति चुनौतिपूर्ण छ भनेमाओवादीका हित बहादुर तामाङलाई निर्वाचित हुन अति सहज रहेकोछ । यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धनका उमेद्द्वारको जित सुनिस्चित रहेको छ।

मन्त्री शर्मा र नगर प्रमुख थापा बीच भेटघाट

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ कात्तिक : लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्मा र रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बीच भेटघाट तथा छलफल भएको छ । नगर प्रमुख थापाले मन्त्री शर्मालाई नगरपालिकामा स्वागत गर्नुहुदै यहाँको वस्तुस्थितीबारे जानकारी गराउनुभएको छ ।

पाल्पाको निस्दी गाउँपालिका ३ क्याङरुङ स्थित डाँडाथरको पहिरो प्रभावित क्षेत्रमा अवलोकन गर्न आउनुभएका मन्त्री शर्माले रामपुर क्षेत्रको बारेमा जानकारी लिनुभएको छ । यस क्षेत्रमा आफू पहिलो पटक आएको बताउँदै भौगोलिक बनावटले अत्यन्तै मिलेको बताउनुभयो ।

रामपुर निकै सम्भावना युक्त स्थान भएको हुदा यहाँ विकासको राम्रो खाका बनाएर काम गरियो भने यो क्षेत्रले छिट्टै फड्को मार्ने मन्त्री शर्माले बताउनुभएको छ । उहाँले २०६४ पछि मुलुकमा विकासले गति लिएको स्मरण गराउँदै प्रदेश सरकारले सामानुपातिक रुपमा विकासलाई अघि बढाएको बताउनुभयो ।

स्थानीय सरकार संग सहकार्य गर्दै प्रदेश अघि बढेको भन्दै रामपुर क्षेत्र र पूर्वी पाल्पाको अवस्थाको बारेमा मन्त्री शर्माले चासो व्यक्त गर्नुभएको छ । नगर प्रमुख थापाले राष्ट्रिय राजमार्गसंग टाढा रहेकाले रामपुर उपत्यका भुगोलले मिलेको भएपनि विकासमा पछाडी परेको बताउनुहुदै अहिले निर्माणाधिन कालीगण्डकी करिडोरले विकासमा धेरै सहज ल्याएको बताउनुभएको ।

 

 

ललितपुर महानगरको वडा नं २६ र २७ मा मन्त्री भुसालको घरदैलो

0

ललितपुर, २१ कात्तिक । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ललितपुरवासी जनताको सेवकका रुपमा काम गर्ने दृढताका साथ आफू फेरि जनताको घरदैलोमा आएको बताउनुभएको छ ।

क्षेत्र नं ३ का विभिन्न स्थानमा आज आयोजित घरदैलो कार्यक्रममा उहाँले ललितपुरवासीको गुणस्तरीय जीवनयापन गर्नेअधिकारलाई व्यवहारतः कार्यान्वयन गर्न आफू लागि पर्ने बताउनुभयो । आइतबार उहाँले ललितपुर महानगरपालिका वडा नं २६ को चिवहाल, ढोलाहिटी, जैनखेल र सुनाकोठी तथा वडा नं २७ को चौतारा, ओखाट र बालकुमारीका मतदातासँग अन्तरक्र्रिया गर्नुभयो ।

घरदैलो अभियानका क्रममा उहाँले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । २०७४ सालको निर्वाचनमा विजयी भएयता आफूले जनतासँग अन्तरक्रिया गर्दै जनअपेक्षा पूरा गर्न लागि पर्दै आएको बताउनुभयो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत क्षेत्र नं ३ का स्थानीयको विकासका आकाङ्क्ष पूरा गर्न आफूले बजेट निकासा गरेको उहाँले स्मरण गर्नुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहनुभएका उहाँको पहलमा सो क्षेत्रमा थुप्रै विकासका काम भएका छन् । उहाँको विशेष पहलमा मच्छिन्द्रनाथ र कार्यविनायक जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । सो पुलले दुई सांस्कृृतिक सम्पदालाई एकापसमा जोडेको छ ।

सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एकअर्को स्थानमा जान कठिनाइ थियो । पुल बनेसँगै छोटो अवधिमा दुवै स्थानमा पुग्न सकिने भएको छ । पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवैस्थानको भ्रमणका लागि सहजीकरण हुने स्थानीयको भनाइ छ ।

मन्त्री भुसालले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने उहाँको दृढता छ ।

गुणस्तरीय जीवन समाजवादको प्रस्थान विन्दु रहेको, त्यसका लागि पर्यटनमा आधारित अर्थतन्त्र, समतामूलक समाज र स्वच्छ पर्यावरणलाई तत्काल विशेष प्राथमिकता दिएर सो अनुरुपका नीति तथा कार्यक्रम तर्जुमा गर्न आफू प्रतिबद्ध रहेको उम्मेदवार भुसालको भनाइ छ । उहाँले प्रतिबद्धतापत्रमार्फत अर्थतन्त्र, पर्यावरण/वातावरण र समाजलाई गुणस्तरीय जीवनका तीन आधारस्तम्भका रूपमा आगाडि सार्नुभएको छ । उम्मेदवार भुसालले भोलि बिहान ७ बजे कुपण्डोलबाट घरदैलो अभियान थाल्नुहुनेछ

मत बदर हुन नदिन रामपुरमा नमुना मतदान

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), २० कात्तिक :आगामी मङ्सीर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मत बदर हुन नदिन पाल्पाको रामपुर नगरपालिकामा नमुना मतदान कार्य भएको छ ।

 

आईतवार रामतुलसी माविमा जिल्ला निर्वाचन कार्यालय पाल्पाको आयोजनामा नमुना मतदानको अभ्यास भएको छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्मागत अर्यालले पाल्पाका दशवटै स्थानीय तहमा नमुना मतदान गर्ने कार्यक्रम रहेको र सोही अनुसार रामपुरमा गरिएको बताउनुभयो ।

 

नमुना मतदान अभ्यासमा ३० जनाले मतदान गरेका छन् । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नमुना मतदान गर्दै आफुले सिकेको सीप अरुलाई मतदान गर्ने तरिका सिकाउन अनुरोध गर्नुभएको छ ।

 

अझैपनि मतदान गर्ने प्रक्रिया जानकारी नहुदा धेरै मत बदर हुने गरेकाले आफ्नो मताधिकार सुरक्षित गर्न नमुना मतदान गर्न गाउँ टोलमा पुगेर एकले अर्कोलाई सिकाइयो भने बदर मत कम हुने नगर प्रमुख थापा बताउनुहुन्छ ।

 

रामपुर निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोपालप्रसाद ढकालले मताधिकार सही सदुपयोग गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।