मन्त्री शर्मा र नगर प्रमुख थापा बीच भेटघाट

0
163

सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ कात्तिक : लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्मा र रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बीच भेटघाट तथा छलफल भएको छ । नगर प्रमुख थापाले मन्त्री शर्मालाई नगरपालिकामा स्वागत गर्नुहुदै यहाँको वस्तुस्थितीबारे जानकारी गराउनुभएको छ ।

पाल्पाको निस्दी गाउँपालिका ३ क्याङरुङ स्थित डाँडाथरको पहिरो प्रभावित क्षेत्रमा अवलोकन गर्न आउनुभएका मन्त्री शर्माले रामपुर क्षेत्रको बारेमा जानकारी लिनुभएको छ । यस क्षेत्रमा आफू पहिलो पटक आएको बताउँदै भौगोलिक बनावटले अत्यन्तै मिलेको बताउनुभयो ।

रामपुर निकै सम्भावना युक्त स्थान भएको हुदा यहाँ विकासको राम्रो खाका बनाएर काम गरियो भने यो क्षेत्रले छिट्टै फड्को मार्ने मन्त्री शर्माले बताउनुभएको छ । उहाँले २०६४ पछि मुलुकमा विकासले गति लिएको स्मरण गराउँदै प्रदेश सरकारले सामानुपातिक रुपमा विकासलाई अघि बढाएको बताउनुभयो ।

स्थानीय सरकार संग सहकार्य गर्दै प्रदेश अघि बढेको भन्दै रामपुर क्षेत्र र पूर्वी पाल्पाको अवस्थाको बारेमा मन्त्री शर्माले चासो व्यक्त गर्नुभएको छ । नगर प्रमुख थापाले राष्ट्रिय राजमार्गसंग टाढा रहेकाले रामपुर उपत्यका भुगोलले मिलेको भएपनि विकासमा पछाडी परेको बताउनुहुदै अहिले निर्माणाधिन कालीगण्डकी करिडोरले विकासमा धेरै सहज ल्याएको बताउनुभएको ।

 

 

SHARE