दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण

0
255

गीताकुमारी बस्याल
कात्तिक २१,०७९ गुल्मीः गुल्मी र स्याङजा दुई जिल्ला जोडने मोटरेबल पुल जीर्ण बन्दै गएको छ ।

 

गण्डकी प्रदेशको स्याङजाको मिर्मी र लुम्बिनी प्रदेशको गुल्मी हर्मिचौर जोडने रेप्कामा रहेको मोटरेबल पुल २०५२ सालमा कालीगण्डकी जलबिधुत परियोजना ए निर्माणको क्रममा गुल्मीको हर्मिचौर र स्याङजाको मिर्मीलाई जोडने गरी कालीगण्डकी नदिको रेप्कामा इटालीयन सरकारले निर्माण गरिदिएको पुल वषौदेखि जीर्ण बन्दै गएको छ ।

 

कालीगण्डकी नदिले पुलको पिलरहरुमा कटान गर्दै लगेपछि पुल जीर्ण बन्दै गएको हो । बुटवल र , पोखरादेखी गुल्मीको पुर्तिघाट र बाग्लुङ सम्म जाने सवारी साधनहरुले सो पुलको प्रयोग गर्दै आएका छन् । सो पुल मर्मतका लागि सामान्य कामहरु गर्दै आएपनि पुल जीर्ण नै रहेको छ । दिनानुदिन पुल जीर्ण बन्दै गर्दा पनि सरोकारवाला कसैले वास्था नगरेको सवारी धनीहरु र स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।

 

जुन सुकै समयमा पनि पुल भत्किन सक्ने भन्र्दै हजारौ जनताको जीउ धनको बारेमा कसैले पनि चासो नदेखाएको स्थानीय तीलक रानाले गुनासो गर्नुभयो । बर्षौ देखि जीर्ण रुपमा रहेको पुलको बारेमा हालसम्म पनि कसैको ध्यान पुग्न नसकेको र आवश्यक पर्ने ठाउँमा नहेरी अनावश्यक ठाउँहरुमा र नेताहरुको पहुँचको आधारमा बिकास गर्ने र खोला नै नभएका ठाँउहरुमा पुल निर्माण गर्ने अबस्थाको अन्त्य हुनुपर्नेमा स्थानीयहरुले जोड दिएका छन् ।

 

दूई जिल्ला जोडने मोटरेवल पुल जीर्ण बन्दै गएकोमा स्थानीय सरकारको पहल जारी रहेको े कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेदबहादुर थापाले बताउनुभयो । दुई वर्ष पहिले देखिनै आफूले सो पुलका लागि पहल गर्दै आएको दाबी गर्दै नयाँ पक्की पुल निर्माणका लागि सडक बिभागबाट डिजाइन तयार भई टेन्डरको प्रक्रियामा रहेको उहाँको दाबी छ ।

SHARE