Thursday, June 4, 2026

झोलुङ्गे पुलबाट लडेर वृद्धाको मृत्यु

0

मंसिर १०,२०७९कञ्चनपुर : कञ्चनपुरको महाकाली नदीको झोलुङ्गे पुलबाट लडेर ७० वर्षीया वृद्धाको  मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पुलको पट्टा९डेग०मा खुट्टा अल्झेर लड्दा दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजकी ७० वर्षीय अमृता मगरको मृत्यु भएको हो। मगरको घटनास्थलमै मृत्यु भएको उनले बताए।

‘पुलमा हिँड्ने क्रममा पट्टा खुस्किएको ठाउँमा खुट्टा बल्झियो’, उनले भने, ‘त्यसपछि पुलबाट लडिन्।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पुल लामो समयदेखि मर्मत नहुँदा जीर्ण बन्दै गएको छ।

गुल्मीमा जीप दुर्घटना ५ जनाको मृत्यु

0

मंसिर ७ ,२०७९ गुल्मीः गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

 

जिल्लाको सत्यवती गाउँपालिका वडा नं तीन ठुलोलुम्पेकदेखी कुढडाडा जादै गरेको लु ३ च ५३४० नम्वरको जीप दुघृटना हुँदा ५१ वर्षीय झलक सोमै,५५ का टीका राहादी,४७ का रनबहादुर सिंजापति र २५ वर्षीय मिलन तरामु र ४३ की जमुना सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 

दुर्घटनामा ३३ का कार्बोलिन सोमै, ३२ वर्षीय चेतमान सिंजाली ४९ का गीरबहादुर सोमै र खण्डन सोमै घाइते भएका छन् ।
घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

 

प्रहरी सवार जीप दुर्घटनामा तीनजनाको मृत्यु

0

मंसिर ५,२०७९ बैतडी : दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङलाडी खोला भन्ने स्थानमा जीप दुर्घटना हुँदा तीन प्रहरीको मृत्यु भएको छ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार मतपेटिका पुर्‍याएर फर्किँदै गरेको से १ ज ८५४ नम्बरको प्रहरी टोली सवार जीप दुर्घटनामा हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो।

रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालक अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनार्इ छ।

जीप सडकबाट करीब ३०० सय मिटर तल खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।

रूपन्देहीका पत्रकार कँडेलको निधन

0

मंसिर ३,२०७९रूपन्देही :मोटरसाइकल दुर्घटनामा पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ।

बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।

ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

निर्वाचनमा खटिएकी ३५ वर्षीया पवित्राको मृत्यु

0

मंसिर ३,२०७९धनकुटा : साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया पवित्रा याख्खा लिम्बूको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसारशुक्रबार अपराह्न मृत्यु भएको हो।

 

मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा लिम्बू अचानक बेहोस भएर लड्नुभएको थियो।

उपचारका लागि धरान लैजाने क्रममा गर्दा बाटैमा उहाँको मृत्यु भएको प्रहरी जनाएको छ।

 

सीतादेवी मावि खरखोलेकी शिक्षिका उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमाखटिनुभएको थियो ।

 

निर्वाचनको दिन मौसम सफा रहने

0

मंसिर २,०७९काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मंसिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मंसिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो। निर्वाचनका दिन र त्यसको दुई दिनअघिको मौसम सामान्यतया सफा रहँदा मतदाता र उमम्मेदवारका लागि सहज हुने महाशाखाले उल्लेख गरेको छ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हालको मौसमी विश्लेषणअनुसार निर्वाचनका दिन मौसम सफा रहने महाशाखाका मौसमविद् हीरा भट्टराईले बताइन्।

 

महाशाखाले जारी गरेको प्रारम्भिक मौसम पूर्वानुमान अनुसार मंसिर २ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंसिर ३ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाले भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने सभवना छ। सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यसैगरी मंसिर ४ गते प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। उल्लेखित प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप बुलेटिन जारी गरिने महाशाखाले उल्लेख गरेको छ।

नेकपा एमालेका जिल्ला सदस्य राजु बिक सहित ६५ जना माओवादीमा प्रबेश

0

मङ्सिर १,२०७९ गुल्मी :धुर्कोटमा नेकपा एमाले का जिल्ला सदस्य सहित ६५ जनाले एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।                                                                                                                                                          बिहीबार  जिल्ला सदस्य राजु बिक सहितका ६५ जना युबाहरु माओबादी केन्द्रमा प्रबेश गरेको नेकपा माओबादी केन्द्र गुल्मीले जनाएको छ।

तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

0
फाइल फोटो

मंसिर १,२०७९काठमाडौं : तीन प्रदेशमा आज हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। अहिले बिहान देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतः सफा छ।

आज दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ।

प्रदेश –१ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै प्रदेश–१, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाले जारी गरेको बुलेटिनमा आज राति प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै भोलि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहनेछ। शनिबार सुदूरपश्चिम, कर्णाली र प्रदेश–१ का पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतः सफा रहने महाशाखाको पूर्वानुमान छ

प्रेसर कुकर बम विस्फोट हुँदा दुई जना घाइते

0

मंसिर १,२०७९ बाँके : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा१० भृकुटीनगर स्थित एउटा घरमा बम विष्फोट हुँदा दुईजना घाइते हुनुभएको छ ।

सृजन भनिने दिवाकर मल्लको घरमा गएराति सवा आठ बजे तिर भएको बम बिष्फोटमा परेर विप्लव समुहका विद्यार्थी संगठन बाँकेका अध्यक्ष सल्यान बागचौर–२ निवासी डिल्ली बहादुर डिसी क्षेत्री र उक्त संगठनका कार्यकर्ता घोडागोडी नगरपालिका १ कैलालीका धर्मराज सुनार घाइते हुनुभएको हो ।

घाइते मध्ये सुनारको अबस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। उहाँलाई भेरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारकालागि नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ।

अर्काको भने भेरीमै उपचार भैरहेको छ। बाँकेका डिएसपी रामप्रसाद घर्तीले कुकर बम बिस्फोट भएको पुष्टि गर्नुभएको छ । उनिहरुले बम बनाउँदै गरेको अबस्थामा बिस्फोट भएको हुन सक्ने आशंका गरिएको छ।

घटनास्थलमा थप बम फेला परेकाको थियो नेपाली सेनाको बम डिस्पोजल टोली बम निक्रिय पारेको थियो। डिल्ली एक वर्ष अघि मल्लको घरमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको पनि प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। यसअघि हिजै दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भनिएको एक कार्यक्रम स्थलनजिक बम विस्फोट भएको थियो।

 

बिकासको जिम्मा हामीलाई दिनुहोस : धनेन्द्र कार्की

0

मंसिर १,२०७९ गुल्मी : गुल्मी क्षेत्रनम्वर एकको प्रदेश सभा २ मा गठबन्धनका उम्मेदवार धनेन्द्र कार्कीले यस क्षेत्रको बिकासको जिम्मा गठबन्धनले लिने बताउनुभएको छ ।

छत्रकोट गाउँपालिकाको अगाहामा भएको चुनावी सभालाई सम्बोधन गर्दै कार्कीले निर्वाचन क्षेत्रको बिकास र समग्र गुल्मीको बिकासमा परिवर्तन ल्याउनका लागि गठबन्धन सक्षम भएको भन्दै आफूहरुले जिल्लाको बिकासमा कायपटल ल्याएरै छाड्ने दाबी गर्नुभएको छ ।

आफूहरुले बोल्ने एक र काम अनेक नगर्ने भन्दै जनताको सुख,दुःखमा सधै सारथी बन्ने गरी काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको हो ।

यस क्षेत्रमा स्वास्थ्य , यातायात ,खानेपानी र शिक्षा लगायतका क्षेत्रहरुमा काम गर्न बाँकी रहेको भन्दै त्यी सबै कामहरुलाई क्रमश गर्दै जाने समेत उहाँको प्रतिबद्धता छ ।


यस क्षेत्रमा प्रतिनिधि सभाका लागि गठबन्धनबाट कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीपकुमार ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश सभा १ मा गठबन्धनबाट माओबादीका सुदर्शन बराल र एमालको चिन्तामणी पाण्डे, प्रदेश सभा २ मा गठबन्धनबाट कांग्रेसका धनेन्द्र कार्की र एमालेबाट फर्सुराम पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ ।