
मंसिर १०,२०७९कञ्चनपुर : कञ्चनपुरको महाकाली नदीको झोलुङ्गे पुलबाट लडेर ७० वर्षीया वृद्धाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पुलको पट्टा९डेग०मा खुट्टा अल्झेर लड्दा दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजकी ७० वर्षीय अमृता मगरको मृत्यु भएको हो। मगरको घटनास्थलमै मृत्यु भएको उनले बताए।
‘पुलमा हिँड्ने क्रममा पट्टा खुस्किएको ठाउँमा खुट्टा बल्झियो’, उनले भने, ‘त्यसपछि पुलबाट लडिन्।’

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पुल लामो समयदेखि मर्मत नहुँदा जीर्ण बन्दै गएको छ।






