प्रहरी सवार जीप दुर्घटनामा तीनजनाको मृत्यु

0
106

मंसिर ५,२०७९ बैतडी : दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ निङलाडी खोला भन्ने स्थानमा जीप दुर्घटना हुँदा तीन प्रहरीको मृत्यु भएको छ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार मतपेटिका पुर्‍याएर फर्किँदै गरेको से १ ज ८५४ नम्बरको प्रहरी टोली सवार जीप दुर्घटनामा हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो।

रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालक अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनार्इ छ।

जीप सडकबाट करीब ३०० सय मिटर तल खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।

SHARE