Thursday, June 4, 2026

गुल्मीको मदाने स्थित मेहेलेपोखरी माबिविरुद्ध युवा उठे

0

गुल्मी, २० पुस

गुल्मीको मदाने गाउँपालिका ४ को मेहेलेपोखरी माविलाई स्थानीय युवाहरुले ध्यानाकर्षण गराएका छन् ।

एसइई परिक्षामा एक जना बिद्यार्थी मात्रै उर्तिण भएको र गुणस्तरिय शिक्षा नहुँदा आफ्ना बालबालिकाको भविष्य अन्धकार भएको भन्दै बिद्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

राज्यको सेवा सुविधा लिएर बिद्यार्थीको भविष्य धाराशायी नबनाउन स्थानीयले आग्रह गरे । १७ जना युवाहरुको टोलीले बिद्यालयलाई १५ दिनभित्र बिद्यालयको धारणा सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले शैक्षिक वातावरण, शैक्षिक सामग्री, सेवासुविधा सहित र तालिम प्राप्त शिक्षक उपलब्ध हुँदाहुँदै परिक्षाफल नराम्रो आउनुको कारण माग गर्दै बिद्यालयले बिद्यार्थी, बिद्यालय र अभिभावबिच कहिल्यै छलफल तथा अन्तरक्रिया नगरेको आरोप युवाहरुको छ ।

त्यस्तै बिद्यालयमा एक बर्षदेखि बिद्यालय व्यावस्पथापन समिति गठन हुन सकेको छैन् । उनीहरुले राजनैतिक पुर्वाग्रह साँधेर एक बर्षदेखि बिद्यालय व्यावस्थापन समिति गठन नहुनु दुखद भएको भन्दा प्रध्यानाध्यापकको ध्यानाकर्षण गराएको स्थानीय युवा दिपेन्द्र भट्राईले बताए ।

बिद्यालयका प्रध्यानाध्यापक प्रेम बहादुर बोहोराले दलगत सहमति नजुट्नु र अभिभावकबिच सदस्यका आकांक्षी धेरै भएकाले बिद्यालय व्यावस्थापन समिति गठन नभएको बताए । उनले समिति नहुँदा थुप्रै समस्या आएकाले अब निर्वाचन प्रक्रिया मार्फत गठनको योजना बनाएको जानकारी दिए ।

बिद्यालयमा शिक्षक दरबन्दी खाली छन् । तर, नयाँ कार्यसमिति नहुँदा शिक्षक परिपूर्ति गर्न समस्या भइरहेको छ । बोहोराले एसइईमा एक जना मात्रै बिद्यार्थी उर्तिण भएको बिषयले गम्भिर बनाएको बताए । बिद्यालयदेखि पालिकासम्म एसईइको नतिजाका बिषयमा समिक्षा भएकाले अब सच्चिनुको बिकल्प नभएको बोहोराले बताए ।

कतारको बसाई पछि गाउँमै आएर बाख्रापालन , वार्षिक १५ लाख आम्दामी

0
फाइल फोटो

पुस १९,२०७९ गुल्मीः नौ वर्ष कतारको बसाई पश्चात गुल्मीका एक युवाले गाउँमै आएर बाख्रा पालन गरेर मनग्य आम्दामी गरेका छन् ।

जिल्लाको छत्रकोट गाउँपालिकावडा नं तीन का ३९ वर्षीय नारायण प्रसाद पन्तले अहिले जमुनापार ,खरी जातका ३८ वटा बाख्रा संगै ब्यवसायीक घाँस खेती गरेर वार्षिक १५ लाख जति आम्दामी गर्न थालेका छन् ।

कतारमा नौ वर्ष वेयटर काम गरेका पन्तले बिदेशमा भन्दा स्वदेशमानै केही गरौं भन्ने उद्येश्यले नेपाल आएर बाख्रा पालनमा लागेका हुन् । सुरुमा १५ लाखको लगानी गरेर बाख्रा पालन सुरु गरेका पन्तले छत्रदेवी कृषि तथा पशुपंछी फार्म दर्ता गरी ब्यवसायीक रुपमा नै घाँस र बाख्रा पालन गरेका छन् ।

 

विगत २ वर्ष अगाडिबाट १५ लाखको लगानी गरेका पन्तले अहिले फार्ममा ६५ लाखको लगानी गरेका छन् । आफू र श्रीमती दुबै जनाले नेपालमै काम गरेर वार्षिक १५ लाख आम्दामी गर्दा आफूहरु खुसी रहेको पन्तले बताए।

 

बिदेशमा २५ लाख कमाई गर्नुभन्दा गाउँमै परिवारसंग बसेर १५ लाख आम्दामी गर्दा आफूलाई ५० लाख भन्दा बढी आम्दामी गरेको अनुभूति भएको उनको भनाई छ । पन्तले उर्जावान समय बिदेशमा खर्चिनु भन्दा स्वदेशको माटोमै काम गरे सुन फलाउन सकिने भएकाले युवाहरुलाई स्वदेशमानै ब्यवसायिक कृषि र पशुपालनमा लाग्न आग्रह गरे ।

श्रीमान बिदेश र श्रीमती नेपालमा रहनुभन्दा नेपालमै संगै बसेर कृषि कर्म गर्न पाउँदा आफू सन्तुष्ट रहेको पन्तकी ३७ वर्षीय श्रीमती पार्वती थापा पन्तले बताइन् ।

सुख दुख जस्तो भएपनि गाउँकै माटोमा उत्पादन गरी संगै बस्नु र वार्षिक १५ लाख आम्दामी गर्न पाउँदा आफू खुसी रहेको उनको भनाई छ । पन्त दम्पतीका १४ वर्षीय छोरा र १० वर्षकी छोरी छन् ।
फार्मको नाममा गाउँपालिकाबाट दुई लाख, कृषि ज्ञान केन्द्रबाट एक लाख र भेटेरीनरी कार्यालय गुल्मीबाट एक लाख अनुदान पाएका छन् ।

 

पन्त दम्पतीले केन्द्र ,प्रदेश र स्थानीय सरकारले बोयर जातका बाख्रा र काम गर्नेलाई तालिम संगै अनुदानको ब्यवस्था गरिदिए अझै राम्रो हुने उनीहरुको भनाई छ ।

 

यता कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले काम गर्ने कृषकहरुको साथमा सधै आफूहरु रहेको बताए । गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले युवाहरुलाई स्वदेशमै कृषि र पशुपालनका माध्यमबाट राम्रो आम्दामी गर्ने गरी दीर्घकालिन रुपमा टिकाई राख्ने गरी योजना बनाएको बताएका छन् ।

 

सीताकुण्ड दुग्ध सहकारीले मनायो दशौँ वार्षिक साधारण सभा

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), १८ पुस : सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालको अध्यक्षतामा भएको साधारण सभा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्नुभएको हो ।

नगर प्रमुख थापाले रामपुर नगरले व्यावसायिक उत्पादन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम गरिरहेको हुदा मापदण्ड अनुसार प्रक्रिया पूरा गरेर नगरको कार्यक्रममा सहभागी बन्न अनुरोध गर्नुभएको छ । दुध उत्पादनको आधारमा अनुदान कार्यक्रम नगर सरकारले दुईवर्ष अघि दिने निर्णय गरेपनि अहिलेसम्म विधि र पद्धति अनुसार कुनै पनि किसान, सहकारी तथा समुह नआएको नगर प्रमुख थापाले बताउनुभएको छ । दुग्ध उत्पादक सहकारीले यहाँ उत्पादन गरेको दूध ग्यारेन्टी लिएर बजारको प्रबन्ध गर्नुपर्ने र त्यसको लागि नगरले सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा पशु सेवा कार्यालय रामपुरका प्रमुख तुल्सीराम काफ्ले, जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपती पाण्डेय, सहकारी संघ जिल्ला सदस्य ईश्वरी खनाल, अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा, संस्थाका सल्लाहकार कमलराज भट्टराई, पशुधन सुरक्षण समिति सल्लाहकार मोहन भट्टराई लगायतले बोल्दै कार्यक्रम सफलताको कामना गर्नुभएको छ ।

साधारण सभाको अवसरमा उत्कृष्ट पशुपालक कृषक सिर्जना पौडेल, उत्कृष्ट कृषकलाई उत्प्रेरित गर्ने संस्था विकास समितिका लेखनाथ शर्मा मरासिनी, असल ऋणी डोलराज न्यौपाने, उत्कृष्ट नियमित वचतकर्ता राधिका भण्डारी र मोतीराज मरासिनीलाई सम्मान गरिएको छ ।
पशुधन सुरक्षण समितिका संयोजक नगिलाल पौडेलले पशु बिमाको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नुभएको छ । संस्थाका व्यवस्थापक भविनारायण मरासिनीले ५५ लाख ६६ हजार १२९ रुपैयाँ बराबरको पशुबिमाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने अध्यक्ष अर्यालले अध्यक्षको वार्षिक प्रतिवेदन साधारण सभाको अवसरमा पढेर सुनाउनुभएको छ ।

तीन करोड आठ लाख २० हजार १६८ रुपैयाँ ५३ पैसा बराबरको सहकारीको कुल आय रहेको छ भने सेयर पुँजी १६ लाख ५७ हजार एक सय, वचततर्फ ५५ लाख ९८ हजार १९० रुपैयाँ ६५ पैसा रहेको छ । यस आर्थिक वर्षको हालसम्म ५० लाख तीन हजार २६५ लगानी भएको सहकारीले जनाएको छ ।

उपाध्यक्ष दुर्गादेवी आचार्यको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव विनोद श्रेष्ठले गर्नुभएको हो । साधारण सभाको बन्द सत्रमा लेखा सुपरिवेक्षण समितिका संयोजक एकराज अर्यालले लेखा परिक्षणको प्रतिवेदन पेश गर्नुभएको छ ।

पशुपालक कृषकलाई प्रोत्साहन गर्दै व्यावसायीक रुपमा पशुपालन गर्न विसं २०६९ असोज १८ गते स्थापना भई निरन्तर रुपमा अगाडी बढेको यस सहकारीमा हाल ४०९ सेयर सदस्य आबद्ध छन् । साधारण सभाको अवसरमा अतिथि सहभागी पाहुनालाई खाजाको रुपमा खिर खुवाइएको छ । सहकारीले स्थानीय उत्पादनलाई प्राथमिकता दिदै साधारण सभाको दिन हरेक वर्ष खिर खुवाउने गरिरहेको छ ।

संघीयता कार्यान्वयनमा सकरात्मक भूमिका खेल्न प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखको आग्रह

0

दिवाकर पोख्रेल
देउखुरी, पुस १८ गते : लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेसन बसेको छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेसन बसेको हो । सोमवार दुई वटा बैठक बस्ने छ । पहिलो बैठकमा प्रदेश सभाको अधिवेसन आह्वान सम्वन्धि पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउनु भएको छ ।

प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्नुभएको छ । उहाँले पदेश सरकारले पाँच बर्षको अवधिमा गरेका कामहरुको बारेमा नयाँ संसदलाई जानकारी दिनुभएको थियो । पहिलो बैठकपछि आधा घण्ठा संसद बैठक स्थगित भएको थियो । दोस्रो बैठक साढे २ बजे बाट शुरु भएको थियो ।

दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्ताव गर्ने गर्नुहुनेछ । यस्तै दलको तर्फबाट प्रदेश सभा सदस्यहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूचि रहेको छ । दलकाको तर्फबाट जेष्ठ सदस्यका हिसावले प्रत्येक दलबाट प्रदेशसभा सदस्यले शुभकामना दिनुभएको थियो ।

प्रदेश सरकार मन्त्रीपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको अधिवेसन आह्वान गर्नुभएको थियो । यो अधिवेसनपछी सभामुख र उपसभामुख चयनको लागी बाटो खुल्ने छ । पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । संविधानको धारा १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।

पहिलो अधिबेसनमा प्रदेश प्रमुख अमिक शेरचनले नव निर्वार्चित प्रदेशसभा सदस्यहरुलाई संघीयताको कार्यान्वयनको सवालमा सकरात्मक भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नाम र ठाउँको सवालमा महत्वपूर्ण निर्णय गरेको छ, दोस्रो कार्यकालमा आपसी सहमति,सह अस्तीत्व र सहकार्यको आधारमा राजधानीको पूर्ण व्यवस्थापन गर्दै संघीयतालाई संस्थागत गर्नेगरी कार्यान्वयन गर्न आवश्यक छ ।’
यस्तै प्रदेश प्रमुख शेरचनले लुम्बिनी संघीय निजामती ऐन नवन्दा प्रदेश निजामती ऐन वनाउन लिाई हुँदा त्यसको असर जनशक्ती व्यवस्थापनमा देखिएको बताउनुभयो । अबको प्रदेशभाबाट स्थानीइ सेवा कानुनमा सफलता हासिल गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

यसैविच नेपाली काङग्रेस लुम्बिनी प्रदेशको संसदिय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन हुनु भएको छ । नेपाली सोमबार बसेको बैठकले दाङबाट निर्वार्चित प्रदेशसभा सदस्य डिल्ली चौधरीलाई संसदीय दलको नेता चयन गरेको हो ।

नेपाली काँँग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७९ को परिच्छेद २ को धारा ५ बमोजिम दलको नेतामा डिल्लीबहादुर बहादुर चौधरीको एकल उम्मेदवारी परेकोले चौधरीलाई सर्वसम्मत दलको नेता चयन गरिएकोे हो ।

यस्तै नेकपा माओवादी केन्दको लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा ने.क.पा.माओवादी केन्द्रको स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज जोखबहादुर महरा चयन हुनु भएको छ ।

लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा सोमबार बसेको माओवादी केन्द प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महरालाई चयन गरेको हो । महरा रोल्पा १ (१)बाट निर्वाचित हुन् भएको हो । महरा यसअघि संविधान सभा सदस्य र विभिन्न समयमा प्रधानमन्त्री पुप्पकमल दाहल (प्रचण्ड) को प्रमुख स्वकीय सचीव हुनु भएको थियो । दलको नेता चयन गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सि,माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल समेतको ससहभागिता रहेको थियो ।

नयाँ समीकरणअनुसार गठबन्धनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले लिने भन्ने अझै सहमति जुटेको छैन । मुख्यमन्त्रीमा माओवादी र एमाले दुवैले दाबी गर्दै आएका छन् । लुम्बिनीमा एमालेका २९ र माओवादी केन्द्रका ९ सदस्य छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्री माओवादीले पाएमा महरालाई मुख्यमन्त्री हुने बाटो खुलेको छ । नेकपा एमालले भने लिला गिरीलाई संसदीय दलको नेता छानि सकेको छ ।

लुम्बिनीमा माओवादीको दल नेता जोखबहादुर महरा निर्वाचित

0

मानसिंह विश्वकर्मा
पुस १८,२०७९ देउखुरी : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लुम्बिनीमा दल नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ क बाट प्रदेश सभा सदस्य जोखबहादुर महरा निर्वाचित हुनुभएको छ ।

भर्खरै सम्पन्न प्रदेशसभा सदस्यहरुको बैठकले उहाँलाई दलनेताको रुपमा निर्वाचित गरेको हो । लुम्बिनीमा प्रदेशमा माओवादी केन्द्र ९ जनाको प्रदेश सभासदस्यहरुले सर्वसमति रुपमा निर्वाचित गरेको हो । आज विहानसम्ममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोखबहादुर महरानै हुने भन्ने निश्चित थियो ।

बैठकमा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोवहरमा सर्वसमतिमा टुङगएको थियो ।

निर्वाचित भएपछि स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसी ले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि शुभकामना दिनुभएको छ । उहाँले भन्नुभयोः–सरकार र दलको नेतृत्व गर्नुहोला सफल कार्यकालको शुभकाना छ । ”

विमानस्थलले ल्यायो पोखराबासीको खुसीको बहार

0

पुस १७,२०७९पोखरा : पोखराबासीले वर्षौंदेखि साँचेको सपना थियो पर्यटकीय नगरी पोखरामा अन्तर्राष्टिय विमानस्थल। यही सपनालाई विपनामा रुपान्तरण गर्ने भूमिका खेलेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले।

 

प्रचण्ड पहिलो र दोश्रो पटक प्रधानमन्त्री बन्दा पोखरा विमानस्थलका बारेमा चीनसँग औपचारिक कुराकानी भएको थियो। पोखरा विमानस्थल निर्माण गर्न सकेमा यसले नेपालको अर्थतन्त्र र सामाजिक जीवनमा नै उल्लेख्य असर पर्ने कुरा सोचेर चीनसँग निर्माणका लागि सहयोग खोजेका थिए प्रचण्डले।

 

संयोग नै भनौं, आज प्रधानमन्त्री प्रचण्डले नै पोखरा अन्तर्राष्टिय विमानस्थलको उद्घाटन गरे। मन्तव्यका क्रममा उनले भने, ‘आजको जमाना कनेक्टिभिटीको जमाना हो। त्यसमध्ये पनि हवाइमार्गको नेटवर्क सबैभन्दा मुख्य हो। यस विमानस्थलले पोखरा र गण्डकीका लागि मात्र नभएर देशकै विकास र समृद्धिको सपनामा महत्वपूर्ण योगदान गर्दछ।’

 

यही सपना विपनामा रुपान्तरण भएको ठानेर होला, विमानस्थल उद्घाटनको अवसरमा हजारौं पोखरेली झुम्मिए। नगरपालिकाले त बिदा नै दियो पनि। पोखराबासीको विमानस्थलप्रतिको अपनत्व देखेर जो कोही खुसीले द्रवित नभर्इ रहन सक्दैनथे।

त्यसो त पर्यटकीय शहर पोखराको चौतर्फी विकास गर्ने हेतुले २०३२ सालमा विमानस्थलका परिकल्पना गरिएको थियो। तर नेपालको राजनीतिक परिस्थिति, भू–राजनीतिक अवस्थिति र कतिपय अन्य कारणले गर्दा यो परियोजनाले मूर्तरुप भने लिन सकेको थिएन।

हामीले छिमेकी चीनलाई धन्यवाद दिनैपर्छ, जसले यो विमानस्थलका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गरायो। त्यसैले उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले चीनलाई समेत धन्यवाद दिए। ‘चीनका नाकाहरू खुल्न थालेका छन्, यसका निम्ति चीन सरकारलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्रीले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सहयोग गर्ने सबै सबैप्रति विशेष आभार व्यक्त गर्दछु।’

प्रचण्डले पोखरावासी जनताको संकल्पको पनि खुलेरै प्रशंसा गरे। उनले भने, ’पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तपाईहरूले जुन संकल्प गर्नुभयो, जुन जागरण ल्याउनु भयो। प्रधानमन्त्री भएको एक हप्तामा नै यो विमानस्थल उद्घाटन गर्न पाउनु मेरा लागि गौरवको विषय हो।’

सामाजिक न्याय, समृद्धि र सुशासनको संकल्प सरकारले गरेको बताउँदै प्रचण्डले आफ्नो तेश्रो कार्यकाललाई नेपाली समाज रुपान्तरणको निर्णायक कालखण्ड बनाउने आशयको कुरा समेत गरे। ‘मेरो तेस्रो कार्यकाल यसकै निम्ति खर्चिनेछु’ उनको भनाई थियो।

अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, पोखरा महानगरका मेयर धनराज आचार्य, विमानस्थल निर्माणकर्ता चिनियाँ कम्पनीका अधिकारीहरूले सम्बोधन गरेका थिए।

नयाँ प्रदेश भवनमा लुम्बिनी प्रदेश साँसदको सपथ ग्रहण

0

देउखुरी, पुस १७ गते : लुम्बिनी प्रदेशका नव निर्वार्चित साँसदले सपथ लिएका छन् । नव निर्वाचित साँसदहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले सपपथ दिलाउनु भएको हो । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका ((देउखुरी) दाङको नव निर्मित प्रदेश सभा भवनमा नव निर्वार्चित प्रदेश साँसदलाई सपथ ग्रहण गराइएको हो ।

 

सफथ ग्रहणका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाबाट प्रदेश साँसदहरु आफ्नो जातिय पोशाकमा संसदमा पुगेका थिए । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य हुनुहुन्छ , जस मध्ये ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिकबाट निर्वार्चित साँसद हुन । साँसदहरुले आफ्नो मातृ भाषामा पनि सपथ लिएका छन् ।

 

प्रदेशसभा सचिवालयका अनुसार नेपाली,थारु, मगर ,अवधि सहितका विभिन्न आठवटा भाषमा सपथ लिएका हुन । लुम्बिनी प्रदेशका स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा प्रदेश साँसदको सपथ ग्रहण कार्यक्रममा,लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सहितका मन्त्रीहरु, निवर्तमान प्रदेश साँसद, स्थानीय तहका जनप्रतिनिधी, उद्योग बाणिज्य संघ लगायतलाई समेत आमन्त्रण गरिएको थियो ।

 

स्थायी राजधानीमा पहिलो पटक हुन थालेको साँसदको सपथ ग्रहणलाई थप रोचक बनाउनको लागि स्थानीय संघसस्थाका प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको बताइएको छ । प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बस्नेछ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार मन्त्रि परिषदको सिफारिसमा नेपालको संविधान १८३ को उपधारा १ बमोजिम पुस १८ गते सोमबार दिउशो १ अबिधेसन आवाहन गर्नुभएको हो । पहिलो बैठकको अध्यक्षता प्रदेश साँसद मध्येका जेष्ठ सदस्य साँसद डिल्लीराज भुसालले गर्नुहुनेछ । नव निर्मित प्रदेशसभामा प्रदेश साँसदहरु आफ्नो जातिय पहिरनमा देखिन्थे ।

सुल्तान बाबा दरगाह कुट्टीको नमूना र शाहले गरे उदघाटन

0

नरैनापुर (बाँके) पुस १६ । लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना र नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहम शाहले नरैनापुर ६ जमुनीमा स्थापना गरिएको शाह सुल्तान बाबा दरगाह कुट्टीको उदघाटन गर्नु भएको छ ।
कुट्टीको उदघाटन गर्र्दै प्रदेश सभा सदस्य नमूनाले नरैनापुरलाइ सम्बृद्ध बनाउन चाहिने भौतिक पुर्वाधार निर्माणमा पहल गर्ने प्रतिवद्धता गर्दै नमूनाले कुट्टीलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि प्रदेश र संघीय सरकारबाट बजेटको व्यवस्था गरिने बताउनु भएको थियो ।
यस्तै नरैनापुर गाँउपालिका अध्यक्ष शाहले प्रसस्त पर्यटकीय सम्भावना बोकेको धार्मिकस्थल नरैनापुरमा रहेको भन्दै संघ प्रदेश र स्थानीय सरकार मिलेर पर्यटन तथा संस्कृतिको विकास गर्नुपर्ने बताउनु भयो । सबै तह मिलेर बिकास गर्दा सबैको स्वामित्व हुने शाहको भनाइ थियो ।
अध्यक्ष शाहले कुट्टीलाई गरिब असहायको सहाराको केन्द्रको रुपमा स्थापीत गरी अगाडि बढ्न आग्रह गर्दै उक्त कुट्टीलाई पालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिहं राठौरले कुट्टीको संरक्षण र आवश्यक सुरक्षाका लागि बाँके प्रहरी प्रतिबद्ध रहेको बताउदै धार्मिक महत्व बोकेको कुट्टी समाजमा रहेको विभेदलाई अन्त्य गर्नमा भूमिका निर्वाह गर्ने जिकिर गर्नु भएको थियो ।
हाजी बरकत अलिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमूना, विशिष्ट अतिथि नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठौर, भागवानपुरका प्रहरी निरिक्षक बिर बहादुर सुनार, गुफरान अलि शाह लगायतको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य समरिन शाहले गर्नु भएको थियो भने संचालन शिक्षक अरुण यादवले गरेका थिए ।

लुम्बिनी प्रदेशका साँसदको सपथ ग्रहणको तयारी पूरा

0

दिवाकर पोख्रेल
पुस १६ ,२०७९ देउखुरी : लुम्बिनी प्रदेशका साँसदको सपथ ग्रहणको तयारी पूरा भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ । पुस १७ गते आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका ((देउखुरी) दाङको नव निर्मित प्रदेश सभा भवनमा नव निर्वार्चित प्रदेश साँसदलाई सपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनका अनुसार आइतबार दिउशो एक बजेलाई सपथ ग्रहणको कार्यक्रम रहेको छ ।

नव निर्वाचित साँसदहरुलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण ग

राउनुहुनेछ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा स्थान्तण भएसंगै लुम्बिनी प्रदेश सरकार र संसद सचिवालय लगायतका कार्यालयबाट हुने सबै कामकाज देउखुरीबाटै संचालन भएका छन् ।

 

प्रदेश प्रमुखको कार्यालय स्थान्तरण भइनसकेको र स्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय निर्माण नभएका कारण प्रदेश सभा भवनबाट सपथ ग्रहण गराउन लागिएको हो । यसैविच लुम्बिनी प्रदेशसभको प्रथम अधिधेसन पुस १८ गतेका लागि आव्हान गरिएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा निर्माण भएको नव निर्मित भवनमा प्रदेशको पहिलो अबिधेसन बस्न लागेको हो । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार मन्त्रि परिषदको सिफारिसमा नेपालको संविधान १८३ को उपधारा १ बमोजिम पुस १८ गते सोमबार उिदशो १ अबिधेसन आवाहन गर्नुभएको हो ।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य हुनुहुन्छ , जस मध्ये ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिकबाट निर्वार्चित भएका हुन । पहिलो अबिधेसनमा संसदमा अध्यक्षता प्रदेश साँसद डील्लीराज भुसालले गर्नुहुनेछ । निर्वाचन आयोगले संसद सचिवालयमा पठाएको प्रदेश साँसदको विवरण अनुसार गुल्मीबाट निर्वार्चित प्रदेश साँसद भुसाल जेष्ठ रहेकाले उहाँकै अध्यक्षतामा प्रदेश संसदको पहिलो बैठक बस्नेछ ।

लुम्निी प्रदेशका मुख्यमन्त्र कुलप्रसाद केसीले आइतबार हुने प्रदेश साँसदको सपथको तयारी बारे स्थलगत अवलोकन गर्नुभएको छ । आफै स्वयम खटेर प्रदेश सभा भवन निर्माणमा सक्रियता देखाउनुभएका मुख्यमन्त्री केसीले सपथ ग्रहणको लागि आवश्यक तयारी आफुले पूरा भएको पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद सचिवालयले तयारी पूरा गरेको देखियो, आफ्नै भवनबाट नयाँ माननियहरुलाई सपथ खुवाउने कार्यक्रमले राजधानी स्थान्तरण र कार्यान्वयनमा थप अपनत्व दिलाउनेछ ।’

प्रदेशका १२ वटै जिल्लाबाट नव निर्वार्चित प्रदेश साँसदहरु देउखुरी आउन थालेका छन् । साँसदहरुले नव निर्मित भवन अवलोकन साथै मन्त्रालयको कार्यालय लगायत प्रदेश संरचनाको बारेमा स्थलगत जानकारी लिइरहेका छन् ।

 

रामतुलसी माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

0

सुशीला रेग्मी
पुस १६,२०७९ पाल्पा : रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पामा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ ।

शुक्रवार कक्षा १ देखि १० सम्म नेपाली माध्यममा पठनपाठन गर्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । संजय साई बाबाको ३५ औँ दिव्य अवतार महोत्सवको पावन अवसरमा आयोजना भइरहेको मानव सेवा कार्यक्रम अन्तर्गत सन्जय साई सेवा अर्गनाइजेशन नेपाल नरेफाँट ३२ कोटेश्वर काठमाण्डौँमार्फत रामतुलसीमा अध्ययन गर्ने विद्यार्थीलाई संस्थाको टोली स्वयम् आएर न्यानो कपडा प्रदान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा एक कार्यक्रम गरी ३० जना विद्यार्थीलाई अभिभावकको उपस्थितीमा न्यानो कपडा कम्बल वितरण कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी लेखनाथ पोखरेलले न्यानो कपडा कम्बल वितरण गर्नुहुदै संस्थाले समाजमा विकृती विसंगती बढ्दै गएको हुदा त्यसको नियन्त्रण हामी सबैबाट गर्नुपर्ने बताउनुहुँदै हरेक विद्यालयमा संस्कार सहितको शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले काठमाण्डौँ देखि रामपुरलाई सम्झेर रामतुलसी माविमा संस्थाले न्यानो कपडा वितरण गरेकोमा धन्यवाद दिदै यस कार्यक्रमले विद्यालय, विद्यार्थी तथा अभिभावकमा उत्साह थपिएको बताउनुभएको छ ।

रामपुर ६ का वडाध्यक्ष दिवाकर देवकोटाले सहयोगदाता संजय साई बाबा र संस्थालाई धन्यवाद दिदै एक पटक रामपुरवासी माझ संजय साई बाबालाई प्रत्यक्ष रुपमा भेटघाट गरी उहाँका जीवनका सिकाई, अनुभव लिने वातवारण मिलाउन संस्थालाई अनुरोध गर्नुभएको छ ।

रामपुर ६ का स्थानीयवासी तथा संस्थासंग आबद्ध विष्णु पोखरेलको समन्वयमा संजय साई बाबाको ३५ औँ जन्मोत्सवको अवसरमा रामतुलसी माविका विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराइएको हो । आफूले कमाएको धनबाट केही रकम समाज सेवामा खर्चनुपर्छ भन्ने उद्धेश्यले न्यानो कपडा वितरण कार्यक्रम गरेको पोखरेलले बताउनुभएको छ ।

सन्जय साई सेवा अर्गनाइजेशन नेपालका सेवा दल सदस्य सुरेशकुमार राउतले संजय साई बाबाको ३५ औँ जन्मोत्सवको अवसरमा सातै प्रदेशमा सात हजार थान न्यानो कपडा वितरणका लागि उपलब्ध गराएको जानकारी दिनुभएको छ । उहाँले आज रामतुलसी माविमा वितरण सम्पन्न गरेको र राधा दामोदर विद्यापिठ साँखर केलादीधाममा न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको बताउनुभएको छ । प्रधानाध्यापक बालकृष्ण लम्सालको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो ।