रामतुलसी माविका विद्यार्थीलाई न्यानो कपडा वितरण

0
181

सुशीला रेग्मी
पुस १६,२०७९ पाल्पा : रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पामा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ ।

शुक्रवार कक्षा १ देखि १० सम्म नेपाली माध्यममा पठनपाठन गर्ने विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । संजय साई बाबाको ३५ औँ दिव्य अवतार महोत्सवको पावन अवसरमा आयोजना भइरहेको मानव सेवा कार्यक्रम अन्तर्गत सन्जय साई सेवा अर्गनाइजेशन नेपाल नरेफाँट ३२ कोटेश्वर काठमाण्डौँमार्फत रामतुलसीमा अध्ययन गर्ने विद्यार्थीलाई संस्थाको टोली स्वयम् आएर न्यानो कपडा प्रदान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा एक कार्यक्रम गरी ३० जना विद्यार्थीलाई अभिभावकको उपस्थितीमा न्यानो कपडा कम्बल वितरण कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी लेखनाथ पोखरेलले न्यानो कपडा कम्बल वितरण गर्नुहुदै संस्थाले समाजमा विकृती विसंगती बढ्दै गएको हुदा त्यसको नियन्त्रण हामी सबैबाट गर्नुपर्ने बताउनुहुँदै हरेक विद्यालयमा संस्कार सहितको शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले काठमाण्डौँ देखि रामपुरलाई सम्झेर रामतुलसी माविमा संस्थाले न्यानो कपडा वितरण गरेकोमा धन्यवाद दिदै यस कार्यक्रमले विद्यालय, विद्यार्थी तथा अभिभावकमा उत्साह थपिएको बताउनुभएको छ ।

रामपुर ६ का वडाध्यक्ष दिवाकर देवकोटाले सहयोगदाता संजय साई बाबा र संस्थालाई धन्यवाद दिदै एक पटक रामपुरवासी माझ संजय साई बाबालाई प्रत्यक्ष रुपमा भेटघाट गरी उहाँका जीवनका सिकाई, अनुभव लिने वातवारण मिलाउन संस्थालाई अनुरोध गर्नुभएको छ ।

रामपुर ६ का स्थानीयवासी तथा संस्थासंग आबद्ध विष्णु पोखरेलको समन्वयमा संजय साई बाबाको ३५ औँ जन्मोत्सवको अवसरमा रामतुलसी माविका विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराइएको हो । आफूले कमाएको धनबाट केही रकम समाज सेवामा खर्चनुपर्छ भन्ने उद्धेश्यले न्यानो कपडा वितरण कार्यक्रम गरेको पोखरेलले बताउनुभएको छ ।

सन्जय साई सेवा अर्गनाइजेशन नेपालका सेवा दल सदस्य सुरेशकुमार राउतले संजय साई बाबाको ३५ औँ जन्मोत्सवको अवसरमा सातै प्रदेशमा सात हजार थान न्यानो कपडा वितरणका लागि उपलब्ध गराएको जानकारी दिनुभएको छ । उहाँले आज रामतुलसी माविमा वितरण सम्पन्न गरेको र राधा दामोदर विद्यापिठ साँखर केलादीधाममा न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको बताउनुभएको छ । प्रधानाध्यापक बालकृष्ण लम्सालको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो ।

 

 

SHARE