नयाँ प्रदेश भवनमा लुम्बिनी प्रदेश साँसदको सपथ ग्रहण

0
182

देउखुरी, पुस १७ गते : लुम्बिनी प्रदेशका नव निर्वार्चित साँसदले सपथ लिएका छन् । नव निर्वाचित साँसदहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले सपपथ दिलाउनु भएको हो । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका ((देउखुरी) दाङको नव निर्मित प्रदेश सभा भवनमा नव निर्वार्चित प्रदेश साँसदलाई सपथ ग्रहण गराइएको हो ।

 

सफथ ग्रहणका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाबाट प्रदेश साँसदहरु आफ्नो जातिय पोशाकमा संसदमा पुगेका थिए । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य हुनुहुन्छ , जस मध्ये ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिकबाट निर्वार्चित साँसद हुन । साँसदहरुले आफ्नो मातृ भाषामा पनि सपथ लिएका छन् ।

 

प्रदेशसभा सचिवालयका अनुसार नेपाली,थारु, मगर ,अवधि सहितका विभिन्न आठवटा भाषमा सपथ लिएका हुन । लुम्बिनी प्रदेशका स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा प्रदेश साँसदको सपथ ग्रहण कार्यक्रममा,लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सहितका मन्त्रीहरु, निवर्तमान प्रदेश साँसद, स्थानीय तहका जनप्रतिनिधी, उद्योग बाणिज्य संघ लगायतलाई समेत आमन्त्रण गरिएको थियो ।

 

स्थायी राजधानीमा पहिलो पटक हुन थालेको साँसदको सपथ ग्रहणलाई थप रोचक बनाउनको लागि स्थानीय संघसस्थाका प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको बताइएको छ । प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बस्नेछ ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार मन्त्रि परिषदको सिफारिसमा नेपालको संविधान १८३ को उपधारा १ बमोजिम पुस १८ गते सोमबार दिउशो १ अबिधेसन आवाहन गर्नुभएको हो । पहिलो बैठकको अध्यक्षता प्रदेश साँसद मध्येका जेष्ठ सदस्य साँसद डिल्लीराज भुसालले गर्नुहुनेछ । नव निर्मित प्रदेशसभामा प्रदेश साँसदहरु आफ्नो जातिय पहिरनमा देखिन्थे ।

SHARE