लुम्बिनी प्रदेशका साँसदको सपथ ग्रहणको तयारी पूरा

0
210

दिवाकर पोख्रेल
पुस १६ ,२०७९ देउखुरी : लुम्बिनी प्रदेशका साँसदको सपथ ग्रहणको तयारी पूरा भएको लुम्बिनी प्रदेश सचिवालयले जनाएको छ । पुस १७ गते आइतबार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका ((देउखुरी) दाङको नव निर्मित प्रदेश सभा भवनमा नव निर्वार्चित प्रदेश साँसदलाई सपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सचिवालयका सचिव दुर्लभ पुनका अनुसार आइतबार दिउशो एक बजेलाई सपथ ग्रहणको कार्यक्रम रहेको छ ।

नव निर्वाचित साँसदहरुलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण ग

राउनुहुनेछ । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा स्थान्तण भएसंगै लुम्बिनी प्रदेश सरकार र संसद सचिवालय लगायतका कार्यालयबाट हुने सबै कामकाज देउखुरीबाटै संचालन भएका छन् ।

 

प्रदेश प्रमुखको कार्यालय स्थान्तरण भइनसकेको र स्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय निर्माण नभएका कारण प्रदेश सभा भवनबाट सपथ ग्रहण गराउन लागिएको हो । यसैविच लुम्बिनी प्रदेशसभको प्रथम अधिधेसन पुस १८ गतेका लागि आव्हान गरिएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा निर्माण भएको नव निर्मित भवनमा प्रदेशको पहिलो अबिधेसन बस्न लागेको हो । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सरकार मन्त्रि परिषदको सिफारिसमा नेपालको संविधान १८३ को उपधारा १ बमोजिम पुस १८ गते सोमबार उिदशो १ अबिधेसन आवाहन गर्नुभएको हो ।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य हुनुहुन्छ , जस मध्ये ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिकबाट निर्वार्चित भएका हुन । पहिलो अबिधेसनमा संसदमा अध्यक्षता प्रदेश साँसद डील्लीराज भुसालले गर्नुहुनेछ । निर्वाचन आयोगले संसद सचिवालयमा पठाएको प्रदेश साँसदको विवरण अनुसार गुल्मीबाट निर्वार्चित प्रदेश साँसद भुसाल जेष्ठ रहेकाले उहाँकै अध्यक्षतामा प्रदेश संसदको पहिलो बैठक बस्नेछ ।

लुम्निी प्रदेशका मुख्यमन्त्र कुलप्रसाद केसीले आइतबार हुने प्रदेश साँसदको सपथको तयारी बारे स्थलगत अवलोकन गर्नुभएको छ । आफै स्वयम खटेर प्रदेश सभा भवन निर्माणमा सक्रियता देखाउनुभएका मुख्यमन्त्री केसीले सपथ ग्रहणको लागि आवश्यक तयारी आफुले पूरा भएको पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद सचिवालयले तयारी पूरा गरेको देखियो, आफ्नै भवनबाट नयाँ माननियहरुलाई सपथ खुवाउने कार्यक्रमले राजधानी स्थान्तरण र कार्यान्वयनमा थप अपनत्व दिलाउनेछ ।’

प्रदेशका १२ वटै जिल्लाबाट नव निर्वार्चित प्रदेश साँसदहरु देउखुरी आउन थालेका छन् । साँसदहरुले नव निर्मित भवन अवलोकन साथै मन्त्रालयको कार्यालय लगायत प्रदेश संरचनाको बारेमा स्थलगत जानकारी लिइरहेका छन् ।

 

SHARE