रुरु एफएम १३ औ बर्षमा प्रवेश

0
883

महेश बोहरा
कार्तिक १३, २०७७ गुल्मी :रुरु मल्ट्रिमिडिया प्रा लि छत्रकोट गाउपालिका ४ श्रृङ्गा गुल्मीद्धारा संचालित रुरु एफएम ९४दशमलव ८ मेगाहर्जले आफ्नो संचार यात्राको १२ बर्ष पुरा गरेको छ । भाषा, कला र संस्कृतिको प्रचार, गाउँ गाउँमा सुचना र संचार भन्ने नाराका साथ स्थापित रुरु एफ।एम, गुल्मी जिल्लासंगै छिमेकी जिल्लाहरु अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्युठान, रोल्पा, स्याङ्गजा, पर्वत, कपिलबस्तु, रुपन्देहीका भाग लगायतका करिव १५ भन्दा धेरै जिल्लाहरुमा सुन्न सकिन्छ ।
२०६५ साल कात्तिक १३ गते लक्ष्मीपूजाको अबसर पारेर स्थापना भएको रेडियो १८ घण्टा प्रसारणमा रहेको रुरु एफ एमले विभिन्न समाचार मुलक, शिक्षामुलक, जनचेतनामुलक र विभिन्न सांगितीक कार्यक्रमहरु प्रसारण र संचालन गर्दै आएको छ । १८ घण्टा निरन्तरको प्रसारण समाचार र कार्यक्रममा बिभिन्न बिषयबस्तुहरुलाई समेटेर तयार पारिने हुँदा एफएमले पहिलो स्थान बनाउन सफल भएको छ ।
गुल्मीको सदरमुकाम भन्दा बाहिर ग्रामिण ठाउँबाट प्रसारणमा आए पनि एफ।एमले सबैको मन जित्न सफल भएको हो । एफएमले पहिलो बर्षदेखि नै सफलता हात पादै आएको छ । श्रोता, तथा बिज्ञापन दाताको पहिलो रोजाईमा परेको छ । प्रविधिको उच्चतम प्रयोगले रुरु एफएम गाउँका कुनाकन्दरामा पनि सजिलै सुन्न सकिन्छ । ग्रामीण ठाउँमा सुचनाको कुनै पंहुच नहुदाँ एफ।एमले आफ्नो प्रसारण सुरु गरेको थियो ।
आफ्नो १३ बर्षसम्मको यात्रामा पनि एफ। एम।को लोकप्रियता उत्तिकै रहेको छ । बालक देखि युवा र बृद्धबृद्धासम्मको लागी एमएमले समाचार तथा कार्यक्रम तयार पार्ने गरेको छ । संचारको कुनै पनि पहुच नपुगेको स्थानमा समेत रुरु एफएम सजिलै सुन्न सकिन्छ । अहिलेको बिसंम परिस्थितिमा कोरोना संक्रमणबाट जोगिने उपाय, स्वास्थ्यमापदण्डका उपाय र बिद्यार्थीहरुको लागी रेडियो कक्षाहरु पनि रेडियो मार्फत प्रसारणमा छन ।
सबैले एमएम मार्फत सजिलै सुन्न र भाषा बुझन सक्नेभएकाले पनि एफएम प्रिय बनेको हो ।
आफ्नो १३ औं बर्ष प्रवेशको अवसरमा रेडियो संचालन समितिका अध्यक्ष एवम रेडियोका व्यवस्थापक युवराज बस्यालले शुभकामना सन्देश व्यक्त गर्दै सम्पुर्ण श्रोता, विज्ञापन दाता, शुभचिन्तक, पत्रकार लगायत सम्पुर्णलाई साथ र सहयोगको लागी धन्यवाद ज्ञापन गर्दै आगामी यात्रामा पनि साथ र सहयोगको अपेक्षा गरेको बताए ।
यस्तै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष तथा रेडियो गुल्मीका स्टेशन म्यानेजर नवराज भुसालले एफएमले सफलतापूर्वक १२ औँ बसन्त पार गरी १३ बर्ष प्रवेशको अवसरमा शुभकामना ब्यक्त गरे । उनले रुरु एफ।एमले संचारको जगतमा खेलेको भुमिकाको प्रशंसा समेत गरे । रेडियोले आफ्नो बार्षिक उत्सव एवम शुभ बिजया दशमी तथा दिपावलिको अवसरमा शुभकामना आदान प्रदान समेत गरेको छ । आफ्ना श्रोता, शुभचिन्तक, विज्ञापन दाता, श्रोता बिचमा शुभकामना आदान प्रदान एफ।एम कार्यक्रम मार्फत गरेको हो ।

SHARE