उखुबारीमा आगो लाग्दा अढाई लाखको क्षति

0
340

कात्तिक १२,२०७७ कपिलवस्तु : कृष्णनगर नगरपालिका–६ भिल्मीमा मंगलबार उखुबारीमा आगलागी करिब दुई लाख ५० हजार रुपैयाँ क्षति भएको छ।

धान काटेपछि खेतमा आगो लगाउँदा उखुमा आगो लागेर तीन बिघा जग्गामा लगाइएको उखु नष्ट भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

दिउसो ४ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको थियो। आगलागीले मोबिन मुसलमान, दरबारी यादव, बनाहै कोरी, निव्वर यादव र किशोर यादवको उखुमा क्षति पुगेको प्रहरीले बताएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयहरूले सहायताले आगो नियन्त्रणमा लिएका थिए। उखुबारी नजिकै रहेको काटेर सुकाएको धानलाई समेत आगोले नष्ट गरेको छ।

SHARE