कात्तिक ८,२०७७ : कपिलवस्तुको बाणगंगा नगरपालिकामा थप ११ जना कोरोना संक्रमित थपिएका छन ।
कार्तिक ४ गते गरिएको ५६ जनाको स्वाव परिक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएका हो । शुक्रबार थपिएका वडा नं १ का ३२ वर्षिया महिला र २४ वर्षिय पुरुष गरि २ जना , वडा नम्बर ४ का २३ र २१ बर्षिया २ महिला, वडा नम्बर ५ का २८ वर्षिया एक महिला, वडा नम्बर ८ का ३८ वर्षिया एक महिला र ४७ वर्षका २ पुरुष गरि ३ जना , ९ नम्बर वडाका ३२ वर्षिया महिला र २४ वर्षका पुरुष गरि २ जना र वडा नम्बर ११ मा २ वर्षिया बालक गरि नगरमा ११ जनामा सक्रंमण पुष्टि भएको हो ।
यता कोरोना सङ्क्रमणका कारण दाङमा शुक्रबार एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत ५३ वर्षीय पुरुष रहेका छन् ।