दाङ ७ कार्तिक : तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ दूधरास ५३ वर्षीय निजामती कर्मचारीहिराबहादुर डाँगीको बिहीबार राति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
उनी जिल्ला मालपोत कार्यालय घोराहीमा नायव सुब्बा थिए। डाँगी घोराहीमा घरभाडामा बस्दै आएका थिए। उनीमाकोरोना संक्रमण पुष्टि भएपछि उनी कोठामैआइसोलेसनमा बस्दै आएका थिए।
तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य संयोजक विमल केसीका अनुसार बिहीबार राति ११ बजेतिर सास फेर्न गाह्रो भएपछि उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो। डाँगी सुगरको पनि औषधी खाइरहेका थिए। कोरोना अस्पतालमा आइसियू बेड खाली नभएपछि उनलाई बाँके रिफर गरिएको थियो।