दशैंँमा विद्युत् सेवा प्रभावकारी बनाउन प्राधिकरणलाई मन्त्री पुनको निर्देशन

0
284

कात्तिक ७,२०७७ काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालीको महान् चाड बडादशैंँका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिएका छन् ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, सोही निर्देशनालयका दीर्घकुमार श्रेष्ठ र भारप्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईसँग बिहीबार बैठक आयोजना गरी मन्त्री पुनले उक्त निर्देशन दिएका हुन्।

SHARE