
कात्तिक ७,२०७७ नवलपरासी : नवपलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आफूसँगै बस्दै आएका परिवारका एक जना सदस्यमा कोरोना भाइरस पुष्टि भएपछि पिसिआर परीक्षण गर्दा प्रमुख जिल्ला अधिकारी पंगेनीलाई कोरोना भाइरस पुष्टि भएको हो ।
पंगेनीको ४ दिन अघि स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएको थियो । विहीबार आएको रिपोर्टमा प्रमुख जिल्ला अधिकारी पंगेनीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी पंगेनी आफ्नै निवासमा विगत ४ दिनदेखि होम क्वारेन्टाइनमा रहेकी थिइन ।








