अर्जुन आवासिय माविले जित्यो अन्तराष्ट्रिय अवार्ड

0
857

हुमाकान्त पोखरेल
कात्तिक ५,२०७७ गुल्मी :जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ मा रहेको अर्जुन आवासिय माध्यमिक विद्यालयले अन्तराष्ट्रिय स्तरको अवार्ड जितेको छ ।
ब्रिटिश काउन्सिलले प्रदान गर्ने अन्तराष्ट्रिय स्तरको अवार्ड उक्त विद्यालयले जित्न सफल भएको हो । बेलायती संस्था ब्रिटिश काउन्सिलसँगको सहकार्यमा विश्वव्यापी रुपमा संचालित विद्यालय स्तरिय विविध शैक्षिक क्रियाकलापमार्फत अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धाबाट उत्कृष्ठ हुन सफल भएको विद्यालयका प्रन्सिपल रविचन्द्र विष्टले जानकारी दिए ।
उक्त प्रतिस्पर्धामा विश्वभरबाट एकलाखभन्दा बढी तथा नेपालबाट १९९ विद्यालय सहभागि भएका थिए । नेपालबाट सहभागि विद्यालयमध्ये २३ वटाले अवार्ड जितेका छन् । जसमध्ये लुम्बिनी प्रदेशबाट दुईवटा र गुल्मीबाट अर्जुन आवासिय माविले मात्र अवार्ड जितेको प्रिन्सिपल विष्टको दाबी छ ।
ब्रिटिश काउन्सिलले विभिन्न मापदण्डहरुमा रही शैक्षिक सत्र २०७६ मा विद्यार्थीहरुलाई विविध शैक्षिक परियोजनामा समावेश गराएको थियो । जसमध्ये अर्जुन आवासिय माविले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न शैक्षिक गतिविधिहरु संचालन गरेको थियो । त्यसरी संचालन भएका क्रियाकलाप अनलाइनमार्फत बेलायत पठाइएको थियो । त्यसैको आधारमा विद्यालयले अन्तराष्ट्रिय स्तरको अवार्ड जितेको हो ।
उक्त कार्यमा पूर्व प्राथमिक कक्षादेखि १२ सम्मका विद्यार्थीहरु सहभागि भएका थिए । अवार्ड प्राप्त गरेसँगै विद्यालय अन्तराष्ट्रिय मापदण्डमा पुग्न सफल भएको भन्दै प्रिन्सिपल बिष्टले सहयोग गर्ने सबैलाई धन्यवाद् दिएका छन् ।

SHARE